Showing posts with label Hello !. Show all posts
Showing posts with label Hello !. Show all posts

2015-09-10

एयरपोर्ट भन्सारमा बृद्धि भएको छैन्ः एआइजी बिज्ञानराज शर्मा

काठमाडौं, २३ भदौ– विभिन्न सामाजिक सञ्जालहरुमा आएको एयरपोर्ट भन्सार महशुल बृद्धि भयो भन्ने समाचार पूर्ण रुपमा गलत भएको प्रहरीले जनाएको छ ।

विदेशबाट फर्कने नेपाली हुन वा विदेशीहरु सबैलाई भन्सार कर समान रहेको र भन्सार महशुलमा कुनै परिवर्तन नभएको एआइजी शर्माले बताउनुभयो ।

‘विभिन्न सामाजीक सञ्जाल तथा साइटहरुमा एयपोर्टमा भन्सार महशुलमा बृद्धि गरेको भन्ने समाचार आएको छ’–उहाँले भन्नुभयो–‘ त्यो पुर्ण रुपमा गलत छ, भन्सार महशुलमा कुनै बृद्धि भएको छैन्, जे छ पहिलेकै अवस्थामा भन्सार महशुलको नीति प्रयोग भइरहेको छ ।’

केही अनलाइन पोर्टल तथा फेसबुकमा एयरपोर्ट भन्सार महशुलमा बृद्धि गरिएको भन्ने समाचार आएपछि प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो ।
एआइजी थापाले भन्सार महशुल सम्बन्धमा कुनै परिवर्तन नगरिएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 
Original Source: DCNepal

प्याज महङ्गो भो ? लु नचिन्ता गर्नुस,

प्याज महङ्गो भो ? लु नचिन्ता गर्नुस,

१.प्याजमा प्याजे स्वाइन फ्लू आको छ,
२. प्याजको पिरोले आखा धमिलो र अनुहारमा पोतो आउने नया किसिमको रोग सुरु भा छ,
३. चाइनिज ठुलाखाले प्याज खेतां नभै फ्याक्ट्रीमा उत्पादन हुने रहेछ, यसले आयु घटाउने रहेछ,
४. सानाखाले खेतां फल्ने प्याजमा रशायनिस मल धेर हाल्ने गरेको पायेछन यसले मुलायम हातहरु खश्रा, फुश्रा र फुट्ने जस्त रोगहरु निम्त्याउने रहेछ
२-४ वटा तपाईं आफै थप्नुस, भोलिबाट प्याज बहिस्कार । अन्त माडे बेपारी हरुले तिन्का प्याज निकालेनछन भने त के र । यो सब दक्षिणी बेपारिकै कमाल हो ।
(माथिका बुदाहरु भने कपोल कल्पित हुन है)
आब आउनुस यस्का अवगुणहरु खोतल्न तिर । भोलि पल्टैबाट तपाईं प्याज बहिश्कार गर्न सुरु गर्नु होस र भन्नुस:

2015-09-09

निजी गुण्टा, झिटी भारी अादेश सम्वन्धी सूचना २०७१

केही दिन यता सामाजिक सञ्जालहरूमा ४-५ वर्ष पूराना कुराहरूलाइ ताजा समाचार भन्दै जथाभावी गलत सूचना प्रवाह भइरहेकोले यो पोष्ट गरेको छु । 
गलत सूचनालाइ आधार बनाउँदै, सरकार र भन्सार कार्यालयलाइ जथाभावी कागको पछि लागेर गाली गलाैच गरेको ठिक हुन्न । त्यस्ता ब्लगहरूलाइ, पेजहरूलाइ अनलाइक गर्दै गएमा अर्को पटक झुक्याउन पाउँदैनन् ।
तलको सूचना वा जानकारी हेर्नका लागी नेपाल सरकारको भन्सार विभाग, त्रिभुव विमान स्थलको आधिकारिक वेभ पेजमा जानको लागी यहाँ क्लिक गर्नुहोस् र निजी गुण्टा, झिटी भारी अादेश सम्वन्धी सूचना २०७१ डाउनलोड गरि आफै पनि हेर्न सक्नु हुने छ । त्यही भएका सूचना तथा जाकारीहरूको केही अंश तल साभार गरेको छु । 
नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा लगेको
(एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको (अनएकम्पनिड) माल
सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०७१ साल श्रावण १ गतेदेखि लागू हुने गरी देहाय बमोजिमको “निजी गुण्टा, झिटी भारी” सम्बन्धी यो सूचना प्रकाशित गरेको छ ।

परिच्छेद–१ नेपाली यात्रुका लागि

१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः

(क)    लुगाफाटा, बरबिछ्यानै, घर गृहस्थीका पुराना सामान,

(ख)    औषधि उपचार गराई फर्केका विरामीले ल्याएका औषधी,

(ग)    शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,

(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,

(ङ)     ट्यावलेट वा ल्यापटप वा कम्प्यूटर,   घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक एक थान,

(च)    बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,

(छ)    पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।

 (ज)    सात किलोग्रामसम्म खाद्य परिकार ।

(झ)    मदिरा १.१५ लिटरसम्मको बोतल एक ।

2015-08-02

Unit Conversion in Nepal

श्रोतः विकिपिडियाः
1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा)
1 Bigha (बिघा) = 6772.63 m²
1 Bigha (बिघा) = 72900 sq.ft.
1 Bigha (बिघा) = 13.31 Ropani
1 Kattha (कठ्ठा) = 20 Dhur (धुर)
1 Kattha (कठ्ठा) = 338.63 m²
1 Kattha (कठ्ठा) = 3645 sq.ft.
1 Dhur (धुर) = 16.93 m²
1 Dhur (धुर) = 182.25 sq.ft.
1 Ropani (रोपनी)= 16 aana (आना)
1 Ropani (रोपनी)= 64 Paisa (पैसा)
1 Ropani (रोपनी)= 508.72 m²
1 Ropani (रोपनी)= 5476 sq.ft.
1 Ropani (रोपनी)= 256 Daam (दाम)

2014-09-15

हर साँझ बिहान (एक टुक्रा)

तामा र बोडीको झोल होस्,
आलो गुन्द्रुकको चटनी होस्,
एक अम्खोरा मोही होस्,
अलिकति गाइको घिउ होस्,
पुरानो चामलको भात होस्,
साढे तीन करोडको थालमा 
हर साँझ बिहान सदैब होस्। 

2013-05-18

केही टुक्राहरू - संविधान सभा भाग २ माउवादी

माउवादी अर्थात् कमाउवादी---
हिरोइन नचाएर चुनाव लडिन्छ कामरेड,
हेरोइन ख्वाएर चुनाउ जितिन्छ कामरेड,
जनता त सँधैका उही उल्लु नै हुन् ,
संविधान सभा भाग २ बनाइन्छ कामरेड ।
=============
ढुँगेल साथमा छन्, डराउनु बेकार हो,
परिआए गिँड्नलाइ सँधैँ ढुँगेल तयार हो,
कसाइ जति माउवादी, यिनलाइ के को डर ?
काउँरेस इमाले निउ खोजे, अब तह लाउने हो । 

2013-05-17

केही मुक्तकहरू

केही मुक्तकहरू
१. जता गए नी शान्ति छैन ,
मन बुझाउने ठाउँ छैन
,

हामी जनता नेपालीले

राम्रो बाँच्न पाकै हैन ।
२. ज्ञान, बुद्भी, विवेकको सागर चाहिएको छ
समानता र सम्वृद्धीको लहर चाहिएको छ 
रिस, राग, वैमनस्य, हिंसा, अहम् लत्याएर
शिक्षा, विकास, उन्नतिको नहर चाहिएको छ ।



2013-05-08

दुइ टुक्रा - लोकमान / नेता


टुक्रा टाक्री हरु
लोकमान-
यो देशलाइ लोक शब्दै ठिक छैन साथी हो,
तन्त्रअघि लोक, अलोक बन्यो साथी हो,
कति गर्नु यस्ता कुरा, फेसबुकमा टाँस्सीएर,

2013-05-03

अल्छि मान्छेहरू

टुक्रा टाक्रीहरु
मान्छेहरूः

बर्बाद भएँ भन्छन् मान्छे,बेहोस बनी हिन्छन् मान्छे,जब होस खुल्छ तिनकोअनि छक्क पर्छन् मान्छे । 
अल्छिहरूः
सोचे जस्तो हुने भए, के के हुन्थ्यो जीन्दगीमा,

2013-05-02

दुइ टुक्रा

टुक्रा टाक्री हरु

एक

अलिकति मैले नजानेरै पिएँ,
दुइ
मौनतामा तिम्रो स्विकृती थियो,

बेकारमा हात नधोएरै जिएँ,
थुप्रै बल्ड्याङ खाइसक्दा  मैले,
बेहोसी मै जीन्दगी बाँचेर जिएँ ।।।

2013-05-01

मे १, शुभकामना छ श्रमिकहरूलाइ

मे १ , अर्थात् विश्व मजदुर दिवस । यो ब्लगर एक मजदुरको नातोले संसारभर छरिएर रहनुभएका सम्पूर्ण श्रमिक वर्गहरूमा हार्दिक शुभकामना दिन्छ । 

------------------------------------------
श्रमिकको अधिकार खोज्ने बहानामा,
मजदुरको रोजीरोटी अंशबन्डा गर्नेहरू,
राजनीतिमा श्रम मुछेर,
श्रमिकका श्रम चुस्नेहरू,
अधिकार खोज्न कलकारना बन्द गर्दैमा
भोको पेट भरिन्न कमरेड ।

2013-04-20

केहि टुक्राहरू:

केहि टुक्राहरू:
१.  
मैले फलानो किताब पढें भन्छन साथीहरु 
फेसबुकमा बिज्ञापन गर्छन साथीहरु 
त्यो दिन नयाँ लाग्दैन मलाई,
पत्रिका पढेको स्ट्याटस लेख्छन साथीहरु । 
२. 
देशको कानून गोठालोले बनाउँछ,
जनता हत्याराले चलाउँछ,


2013-03-08

छिमेक भर्सन -२

छिमेक भर्सन -२
मलाइ मेरा कटु प्रिय छिमेकमा 
तिनको मातृ प्रेम देख्दा औधी इर्ष्या जागेर आउँछ,
उनीहरुले कम्तिमा माटो चिनेका छन्,
आफ्नो भूगोल प्रेम छ,
माटोको विरुद्दमा कसैले एक शब्द बोलोस्,
ठाडै जाइलाग्छन्,
मेरो छिमेकको राष्ट्र गानको प्यारोडी 
मलाइ था'छैन,
राष्ट्रियता चिनेका छन्,
राष्ट्रिय प्रतिक चिन्हहरुको सम्मान गर्छन्,
हामीले जस्तो जोक बनाउदैनन् ।
क्रमश: ...

2013-03-07

छिमेक भर्सन - १

कुरो कन्थो 
मलाई छिमेकीको न भाषाले तान्यो,
मलाई छिमेकीको न त संगीतले तान्यो,
मलाई तिनको सिनिमाले छोएन,
थुप्रै छुट्टी मनाइ सकेँ,
धन्न पशुपतिनाथ, 
न त मलाइ तिनको हवाइजाज्ले तान्यो । 
जीवनभर तिनको माटोमा 
मेरो मेरो पाइलो नपरोस् । 

2013-03-02

बिबेक खै ?

विदेशीले बिसेस गरेर गोराहरु, गएर नेपालीको गाउँमा स्कुल र स्वास्थ्य चौकीमा सहयोग गर्छ, तर हाम्लाई भने कुरौटे र चुरौटे बन्दै फुर्सद नहुने ? विदेशमा होस् अथवा स्वदेश मै किन नहोस, यस्तै तेस्तै मै बित्छ हाम्रो दैनिकी । विश्वविध्यालयले समेत कुरा काट्नै मात्रै डिग्री देको जस्तो । हामीले डिग्री लेको नि, कित ढुंगा हान्न, कि त कुरा काट्न । कुरा काट्नमा माहिर हामी नेपाली, हिसाबै गर्ने हो भने पनि १ नम्बर मै पर्छम होला । 
बन्द, हड्ताल, बिरोध, र छाडा हुन अथवा बन्न हाम्लाई कल्ले भेटोस ? हाम्रो दिमाग नै तोड-फोड युक्त छ । कहिल्लै जोड-जाड युक्त बन्ने । तोड-फोडको एक बहाना मात्रै भए पुग्छ । राजनैतिक स्थीरता संसारमै धेरै कम मात्रै देशहरुमा होला । तर हाम्रो मात्रै मुलुक यस्तो हो जहाँ तपाई हामी जम्मै एक-से-एक नेता ।  व्यवस्था परिवर्तन भयो, तर  आम नेपालीको व्यहोरा परिवर्तन खै त ? सोच परिवर्तन खै त ? 

2013-01-19

कलम उसले चाल्दछ


कि शोकमा कि भोकमा कलम उसले चाल्दछ 
गर्छन भूल मान्छेहरु , पछि उसले सोच्दछ ,
चक्र हो रे जीवनको , घुमी रहन्छ बाचुन्जेल,
काडे काडा पाइला बीच, उसले कलम चाल्दछ  । 

2013-01-13

मुसा राजनीति

मुसा राजनीति 


अब आउने चुनाबमा (भए त हो नी ?) मुसालाई जिताउनु पर्छ । मुसाले धेरैकुरो गर्न सक्दो रहेछ  भन्ने अचेलको राजनैतिक तरो ताजो घटनाले देखाउन्दै छ । चुनाब अघिनै एउटा भरपर्दो मुसा आयोग गठन गरेर यस बिसयलाई जोडदार रुपमा अघि सार्नै पर्छ । 


2013-01-07

मानिसहरु

मानिसहरु
आकाशका ताराजस्तै अनेक छन् सोच यहाँ
एउटा कुरा बोल्छ तर गर्छ अर्कै मान्छे यहाँ ।

बनको बाघ भन्दा ठुलो मनको बाघले डराको  छ

स्याल दरबारमा थरि-थरि  स्याल छिरेको छ ।




2012-09-28

बसी बियालो - मेरी ठुली


=======
के हो ठुली तिमी अचेल, खुशी छौ रे सुन्दै छु म
तिम्रा जति सबै पिर भागेछ रे डाँडा पारी
मुहारभरी उजेलिको रङ्ग छ रे सुन्दै छु म

काडेई-काँडा बिझेका थे मनभरी-तनभरी
तिम्लाई पनि फेस्बुक्ले जीवन द्यो रे सुन्दै छु म