विकासका नाराहरू जताततै छरिएका छन् ।
संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै'छन् ।
कामरेडहरू मृतसंस्था (राज संस्था) बेला बेला ब्युँताउँछन् ।
कस्ले बुझ्ने नुन लिन कालिकोटे दुइदिन अझै धाउदैछन् ।।
कोही छैन बुझी दिने नेपालीको दुःख-मर्म ।
जन्मेनछन् नेता यहाँ मात्र जान्ने कर्म गर्न ।
कार भित्र बेकारमा जान्ने रै छौ कुरा गर्न ।
बुझिदेउन हे नेता हो कस्तो हुन्छ देश प्रेम ।।
नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ ,
थोत्रा भाषण अति भो , गर्ने हात चाहिएको छ ।
नेता मात्र होइन अब राष्ट्र सेवक चहिएको छ,
हेपाहा छिमेकी टुङ्गो लाउन नेपाली लादेन चाहिएको छ ।
कसरी बन्छ नयाँ नेपाल अनुहार त त्यही पुरानै छ ?
बाग्मतीमा ढल छ , भित्र पशुपतिनाथमा विदेशी छ ।
सरकार विनाको शासनमा देश चलेको छ ।
कुर्सी ताना तान छ , देश भरी हानाहान छ ,
............शायद नयाँ नेपाल यस्तै हुन्छ ।।।
विष्णु प्याकुरेल, उदयपुर
2009-12-12
संविधान लेख्नेहरू मसाज सेन्टर धाउँदा रै छन्
Subscribe to:
Post Comments (Atom)
बोलीमा मात्रै हुने "नयाँ नेपाल मलाइ पनि चाहिएन।
ReplyDeleteनयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ
यसमा मेरो पनि समर्थन ।
नयाँ नेपाल हैन हाम्लार्इ , विकसित नेपाल चाहिएको छ ,
ReplyDeleteथोत्रा भाषण अति भो , गर्ने हात चाहिएको छ ।
नेता मात्र होइन अब राष्ट्र सेवक चहिएको छ,
हेपाहा छिमेकी टुङ्गो लाउन नेपाली लादेन चाहिएको छ ।
राम्रो विचार !!