Showing posts with label Muktak. Show all posts
Showing posts with label Muktak. Show all posts

2023-04-06

गजल - बेहोसी


गजल - बेहोसी

बिताएका हर एक पल, हिजै जस्तो लाग्छ,
तिम्रै मात्र झझल्कोले सताइ रहोस सदा लाग्छ,

एकान्तमा मात्र होइन, भिड वीच तिमी छाउँछाै,
यसैगरी आइ रहाै, हिजो भन्दा बेसी लाग्छ ।

चाहनामा अल्झिएको, बल्झिएको दुइटै मुटु,
कित्ताकाट नगरी नै, नामसारी गराै लाग्छ ।

रोमान्चित हुन्छ मन, तन पनि तिमी संगै,
बेहोसीमा मदमत्त, नसापान भए लाग्छ ।

खाली, शून्य सबैतीर कुनै पल तिमी नदेख्दा,
तिम्रै मनको मझेरीमा, रातदिन रहुँ लाग्छ,

एकान्तमा मात्र होइन, सबैतीरै तिमी छाउँछाै,
तिम्रै नाम मन मुटुमा, हिजो भन्दा बेसी लाग्छ ।
चैत्र २१, २०७९ (2023.04.04)

2013-06-01

दुइ टुक्रा - मन र नेता जी

मन...
अलिकति नक्सा , खुम्चिएर रोएँ म,
सगरमाथा र बुद्द , निहुरिएर रोएँ म,
अत्ति भो गाली , भन्छन् मलाइ साथीहरू
विकल्पका आधारहरू, भासिएर रोएँ म ।


नेता जी .......
अलि कति नेता जी बहुलाएर बिग्रयो,
दिमाग उत्तर, मन दक्षिण बुझएर बिग्रयो,
कस्तो दिनमा गणतन्त्र ल्यायो नेता जी ?
बाँदर जस्तो बेबहारले मेरो देश बिग्रयो ।।।

2013-05-20

मान्छेहरू

बेफुर्सदिलाहरूले यस्तो हेक्कै राख्न छोडिसके,
पैसाको जो भोक छ, मान्छे चिन्न छोडिसके,
बिर्सिदैछन् मान्छेहरू, अमान्छे बन्ने होडमा,
मानवता त परै जावोस, दानव पछि पारिसके ।