Showing posts with label Pieces. Show all posts
Showing posts with label Pieces. Show all posts

2023-04-06

साेच - तिमी

 👉तिमी 👈

बन्दा जस्तै छु भन्थ्यो उ आफुलाइ,
नियाल्दै गइन्, प्याज झैँ पिरोलिन्थ्यो,
भावुक र सम्बेदनशिलताको मतियार उ,
भावुकतामा भावना च्यापेर,
जिम्मेवारी पैतालाले कुल्चदै,
काधमा भावनाको सप्कोले,
द्रौपधीका चिरहरण भइ रहेको समाज,
तिमी प्याज जस्तै पटक पटक,
उनको अश्रुमोतिको कारक बनेउ

चोटहरु समेटेर बसेकी उ
तिमी बन्दा बन्ने आशामा,
उ प्याज बिर्सेर टोलाइ रहेकी छ ।

2015-09-10

प्याज महङ्गो भो ? लु नचिन्ता गर्नुस,

प्याज महङ्गो भो ? लु नचिन्ता गर्नुस,

१.प्याजमा प्याजे स्वाइन फ्लू आको छ,
२. प्याजको पिरोले आखा धमिलो र अनुहारमा पोतो आउने नया किसिमको रोग सुरु भा छ,
३. चाइनिज ठुलाखाले प्याज खेतां नभै फ्याक्ट्रीमा उत्पादन हुने रहेछ, यसले आयु घटाउने रहेछ,
४. सानाखाले खेतां फल्ने प्याजमा रशायनिस मल धेर हाल्ने गरेको पायेछन यसले मुलायम हातहरु खश्रा, फुश्रा र फुट्ने जस्त रोगहरु निम्त्याउने रहेछ
२-४ वटा तपाईं आफै थप्नुस, भोलिबाट प्याज बहिस्कार । अन्त माडे बेपारी हरुले तिन्का प्याज निकालेनछन भने त के र । यो सब दक्षिणी बेपारिकै कमाल हो ।
(माथिका बुदाहरु भने कपोल कल्पित हुन है)
आब आउनुस यस्का अवगुणहरु खोतल्न तिर । भोलि पल्टैबाट तपाईं प्याज बहिश्कार गर्न सुरु गर्नु होस र भन्नुस:

2013-05-15

दुइ टुक्रा - अलोकमान र छद्मलाल

अलोकमान !!!
राजीतिमा सबै थोक, चल्छ साथी, चल्न देउ,
आफैँ हराइ मान खोज्छ, कति खोज्छ खोज्न देउ,
त्यो लोकको बास होइन, यै लोकमा रमाउँछ ऊ,
ख्वामितको आज्ञकारी, कति मान्छ, मान्न देउ ।।
========================
छद्मलाल !!!
हत्यारालाइ, माफी हाम्रै,
एयर मार्सल, खोज्ने हाम्रै,
सत्ता बाहिर देशभक्ति,
लाजिम्पाटको भक्त हाम्रै ।।।
=======================






2013-05-10

केही टुक्राहरू


केही टुक्राहरूः
१.
शासन मात्रै फाल्छ जनता,
भेँडो शाषक छान्छ जनता,
घात जति गरे पनि,
त्यै फटाहा राख्छ जनता ।

२.
यो मुलुकाँ बिक्ने भन्ने, त्यही एउटा भाषण रैछ,
देशै बेच्ने नेता हजुर, फस्टाएको उद्दोग रैछ,
राजनीतिमा सबै जायज हुन्छ भन्ने सुनेको थेँ,
फटाहाको सासनमा, विद्वान जेल जाने रैछ ।

2012-08-19

एक टुक्रा

एक टुक्रा 
विश्वास हराएको बेला
जीवन थाकेको बेला
म तिमीलाइ सम्झन्छु,
तिम्रा काला करतूतहरू ।
2069 भदौ 3