2015-09-10

एयरपोर्ट भन्सारमा बृद्धि भएको छैन्ः एआइजी बिज्ञानराज शर्मा

काठमाडौं, २३ भदौ– विभिन्न सामाजिक सञ्जालहरुमा आएको एयरपोर्ट भन्सार महशुल बृद्धि भयो भन्ने समाचार पूर्ण रुपमा गलत भएको प्रहरीले जनाएको छ ।

विदेशबाट फर्कने नेपाली हुन वा विदेशीहरु सबैलाई भन्सार कर समान रहेको र भन्सार महशुलमा कुनै परिवर्तन नभएको एआइजी शर्माले बताउनुभयो ।

‘विभिन्न सामाजीक सञ्जाल तथा साइटहरुमा एयपोर्टमा भन्सार महशुलमा बृद्धि गरेको भन्ने समाचार आएको छ’–उहाँले भन्नुभयो–‘ त्यो पुर्ण रुपमा गलत छ, भन्सार महशुलमा कुनै बृद्धि भएको छैन्, जे छ पहिलेकै अवस्थामा भन्सार महशुलको नीति प्रयोग भइरहेको छ ।’

केही अनलाइन पोर्टल तथा फेसबुकमा एयरपोर्ट भन्सार महशुलमा बृद्धि गरिएको भन्ने समाचार आएपछि प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो ।
एआइजी थापाले भन्सार महशुल सम्बन्धमा कुनै परिवर्तन नगरिएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । 
Original Source: DCNepal

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।