2013-05-01

मे १, शुभकामना छ श्रमिकहरूलाइ

मे १ , अर्थात् विश्व मजदुर दिवस । यो ब्लगर एक मजदुरको नातोले संसारभर छरिएर रहनुभएका सम्पूर्ण श्रमिक वर्गहरूमा हार्दिक शुभकामना दिन्छ । 

------------------------------------------
श्रमिकको अधिकार खोज्ने बहानामा,
मजदुरको रोजीरोटी अंशबन्डा गर्नेहरू,
राजनीतिमा श्रम मुछेर,
श्रमिकका श्रम चुस्नेहरू,
अधिकार खोज्न कलकारना बन्द गर्दैमा
भोको पेट भरिन्न कमरेड ।

व्यक्तिगत राजनैतिक स्वार्थका लागी
आम मजदुरलाइ प्रयोग गर्नेहरूले
खुल्ला मञ्चमा भाषण गर्न छाडे भो,
हातमा दलको झण्डा होइन, 
हामीलाइ काम चाहिएको छ,
राजनीति बिहिन श्रम चाहिएको छ,
राजनीतिको श्रम धेर भो कमरेड
अब कुटो र कोदालोले 
श्रमिकको बेग्लै पहिचान बनाउनु छ । 

-मे १, २०१३


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।