बैदिक र पौराणिक कृत्य
प्रेत ,पितृ , श्राद्ध , सोह्र श्राद्ध
जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका अकाट्य सत्य हुन् ! यही अकाट्य सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ उसको मृत्यु र जसको मृत्यु हुन्छ उसको जन्म पनि निश्चित भएर सांसारिक प्रक्रिया निरन्तर चलीरहन्छ भन्ने मान्यता राख्दछ ! यस जगतमा त्यस्ता धेरै थोरै भाग्यमानी पनि हुन्छन जो यो पूनर्जन्म र मृत्युको चक्रमा नछिरी मोक्ष प्राप्त गर्न पुग्दछन ! सनातनी हिन्दू परीवारले कसैको मृत्यु भएमा ती मृत आत्माहरुको बैदिक तरिकाले श्राद्धादी दश गात्र कर्म नगर्ने , पूर्वजहरुलाई न संझिने , वार्षिक श्राद्ध आदि कर्म नगर्नेका घरमा अशांति , वंश - वृद्धिमा रूकावट , रोग - ब्याध आकस्मिक बीमारी, संकट, परिवारमा आइरहन्छन भन्ने मान्यता बोक्दछ र शास्त्रले पनि यहिकुरोलाई पुष्टि गर्दछ !
प्रेत :
पौराणिक मान्यता अनुसार दाह संस्कार गरिसके पछि मृतात्माले वायुको स्वरुप धारण गर्दछ ! त्यो बायु ततकालकोलागि प्रेत कहलिन्छ ! "प्रेत" भनेको आत्माको त्यो अवस्था हो जो मृत्यु पछि गरिने दश गात्रादी कर्महरु अर्थात प्रथम षोडशी देखि सपिंडीकरण सम्म प्रथमतः ११/१२ दिन रहने गर्दछ ! त्यसैले मृत आत्माले सूक्ष्म शरीर धारण गरी सके पछी पनि उ भित्र मोह, माया , भोक , प्यास रही रहन पुग्छ र त्यो प्रेत स्वरुप आत्मा पितृहरुसंगको सम्मिलन भएपछी तथा एक बर्षको और्द्धदैहिक क्रिया सकिएपछि मात्र अन्य पितृहरुको थान्कोमा रहन पुग्दछ वा चक्रिय व्यवस्था अनुरुप अन्य योनीमा जन्म लिन जान्छ भन्ने बिश्वास सनातनी हिन्दू समाज र ग्रन्थहरुले गर्दछ !
पितृ र श्राद्ध :
स्थूल शरीरबाट आत्मा उडनु , त्यस शरीरको अन्त्येष्टि संस्कार गरिनु र दाह संस्कार गरि सकेपछि मृत आत्माको तृप्तिकोलागि और्द्धदैहिक क्रिया कर्म श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो तथा जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरि सकीएको हुन्छ ति पितृ हुन् ! श्राद्ध सम्बन्धमा भनिएको छ - " श्रद्धया इदं श्राद्धम् "(जे कुरा मृत व्यक्तिलाई श्र्द्धाले दिइन्छ त्यो श्राद्ध