Showing posts with label Hinduism. Show all posts
Showing posts with label Hinduism. Show all posts

2015-09-26

बैदिक र पौराणिक कृत्य (प्रेत ,पितृ , श्राद्ध , सोह्र श्राद्ध) - प्रवीण अधिकारी

बैदिक र पौराणिक कृत्य  

प्रेत ,पितृ , श्राद्ध , सोह्र श्राद्ध 
जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका अकाट्य सत्य हुन् ! यही अकाट्य सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ उसको मृत्यु र जसको मृत्यु हुन्छ उसको जन्म पनि निश्चित भएर सांसारिक प्रक्रिया निरन्तर चलीरहन्छ भन्ने मान्यता राख्दछ ! यस जगतमा त्यस्ता धेरै थोरै भाग्यमानी पनि हुन्छन जो यो पूनर्जन्म र मृत्युको चक्रमा नछिरी मोक्ष प्राप्त गर्न पुग्दछन ! सनातनी हिन्दू परीवारले कसैको मृत्यु भएमा ती मृत आत्माहरुको बैदिक तरिकाले श्राद्धादी दश गात्र कर्म नगर्ने , पूर्वजहरुलाई न संझिने , वार्षिक श्राद्ध आदि कर्म नगर्नेका घरमा अशांति , वंश - वृद्धिमा रूकावट , रोग - ब्याध आकस्मिक बीमारी, संकट, परिवारमा आइरहन्छन भन्ने मान्यता बोक्दछ र शास्त्रले पनि यहिकुरोलाई पुष्टि गर्दछ !

प्रेत :
पौराणिक मान्यता अनुसार दाह संस्कार गरिसके पछि मृतात्माले वायुको स्वरुप धारण गर्दछ ! त्यो बायु ततकालकोलागि प्रेत कहलिन्छ ! "प्रेत" भनेको आत्माको त्यो अवस्था हो जो मृत्यु पछि गरिने दश गात्रादी कर्महरु अर्थात प्रथम षोडशी देखि सपिंडीकरण सम्म प्रथमतः ११/१२ दिन रहने गर्दछ ! त्यसैले मृत आत्माले सूक्ष्म शरीर धारण गरी सके पछी पनि उ भित्र मोह, माया , भोक , प्यास रही रहन पुग्छ र त्यो प्रेत स्वरुप आत्मा पितृहरुसंगको सम्मिलन भएपछी तथा एक बर्षको और्द्धदैहिक क्रिया सकिएपछि मात्र अन्य पितृहरुको थान्कोमा रहन पुग्दछ वा चक्रिय व्यवस्था अनुरुप अन्य योनीमा जन्म लिन जान्छ भन्ने बिश्वास सनातनी हिन्दू समाज र ग्रन्थहरुले गर्दछ !

पितृ र श्राद्ध :
स्थूल शरीरबाट आत्मा उडनु , त्यस शरीरको अन्त्येष्टि संस्कार गरिनु र दाह संस्कार गरि सकेपछि मृत आत्माको तृप्तिकोलागि और्द्धदैहिक क्रिया कर्म श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो तथा जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरि सकीएको हुन्छ ति पितृ हुन् ! श्राद्ध सम्बन्धमा भनिएको छ - " श्रद्धया इदं श्राद्धम्‌ "(जे कुरा मृत व्यक्तिलाई श्र्द्धाले दिइन्छ त्यो श्राद्ध

2015-09-20

ऋषि पंचमी बिशेष - प्रवीण अधिकारी

ऋषि पंचमी बिशेष
*****************
आत्म शुद्धि , ज्ञान शुद्धि र अहम शुद्धिकोलागि ऋषि पंचमी ! 
======================================
नेपालमा जन्मिएका तमाम ऋषि बृन्दहरुलाई हार्दिक नमन ! ऋषि मुनिहरुले फैलाएको ज्ञान भित्र हामी छिरेर पल्लवित र पोषित भएका हौ वा हाम्रो बोक्रे धाकले उनीहरु द्वारा प्रतिस्थापित मूल्य र मान्यताहरु बिस्थापित गरिएका हुन् ! आउनोस एकछिन मनन गरौँ !

ऋषि मूनिहरुको मानव मात्रलाई आध्यात्मिक देन :
************************************************
विश्वको प्राचिन ग्रन्थ ऋग्वेदमा भेटिएका ४१४ ऋषिहरु तथा ३० जाना ऋषिकाहरुको ज्ञान प्राप्तिस्थल पौराणिक नेपाल थियो ! अझ विशेषगरी भन्नु पर्दा प्राचिन हिमवत खण्ड भित्रको माहाकाली (सरयु नदि ) ,गण्डकी ,कौशिकी (कोशी) नदि बिचको प्रदेशनै प्राचिन ऋषि मूनिहरुको क्रिडास्थल र ज्ञान प्राप्तिस्थल थियो ! आज बैबश्वत मन्वन्तर मात्रका ऋषि मूनिहरुको मात्र होइन हाम्रो ऋग्वेदको समस्त मन्त्र द्र्श्टार ऋषिहरुको पूजा गरिनु पर्दछ र ती ऋषिहरुको पूजा अर्थपूर्ण रुपमा लिइनु पर्दछ ! ऋषिहरु मन्त्रद्रष्टा, मन्त्रस्रष्टा र युगसृजेता वा सर्जक पनि हुन् ! हाम्रो समाजमा चलेका , चलाइएका प्रचलन, प्रथा-परम्पराहरुको श्रोत बिन्दु ऋषिगण नै हुन् ! उनीहरुले विभिन्न विषयहरुमा सोध गरे ! महर्षि वेद व्यासले गहन वेदज्ञानलाइ सुबोध्य पुराणको रुपमा रूपान्तरित गरेर मानव मात्रकोलागि ज्ञानार्जन मार्ग फराकिलो पारिदिए ! चरक, सुश्रुतादिले आयुर्विज्ञानमा अनुसन्धान गरेर मानव मात्रलाई पूनर्जीवन दिए ! जमदग्नि -याज्ञबल्क्यले यज्ञ विज्ञानमा शोध गरे ! वशिष्ठ ऋषिले ब्रह्मविद्या तथा राजनीति विज्ञान तथा विश्वामित्रले गायत्री महाविद्याको रहस्योद्घाटन गरे !
देवर्षि नारदले भक्ति साधना सूत्र दिए ! पर्शुरामले ऊंच-नीचादि जातिगत भेद-वैषम्य निराकरण गरे ! भगीरथले

2015-09-17

ऋषि पंचमी - के हो र किन मनाइन्छ - प्रवीण अधिकारी

के हो ऋषि पंचमी ? किन मनाइयो ऋषि पंचमी पर्व ?

ऋषि पंचमी सम्बन्धमा साश्त्रीय व्यवस्था :
ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ ! पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीकोलागि ग्राह्य मानिन्छ ! नाग पंचमी जस्तो षष्ठीयुक्त पंचमी यो पर्वकोलागि स्विकारिन्न ! भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाइ मारे पछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ! जस अनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा , दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा ,तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा ! यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत स्वास्निमान्छेहरु द्वारा गर्ने चलन बसेर गयो ! यो पौराणिक कर्म हो ! यसका उप द्रष्टा ऋषि सबरतमा हुन् ! उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो ! मध्यान्ह कालको स्नान , रेशमी कपडा को पहिरन , शाकाहारी बिशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन ,ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ! सात घडा , सात ब्राह्मण जसलाई अन्तमा ऋषिहरुको सातै प्रतिमा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ ! यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्राह्मणलाइ तथा अन्यलाइ ऋषि प्रतिमा सहित बस्त्रहरु दक्षिणाको रुपमा दिनु पर्दछ !

2015-08-23

जनताको सुरक्षा गर्न नसक्ने साशक मृत्युदंडका हकदार हुन : महाभारत

जनताको सुरक्षा गर्न नसक्ने साशक मृत्युदंडका हकदार हुन : महाभारत 
==============================================
वेदव्यास रचित महाकाव्य "महाभारत " एउटा परिचित ग्रंथ हो ! महाभारतमा वर्णित पांडव-कौरवहरुको युद्धको समाप्ति पछि राजा युधिष्ठिर बाण शय्यामा पल्टिएका भीष्म पितामहका सामु राजकार्य संबंधी नीतिवचन प्राप्तिकालागि जान्छन ! राजा युधिष्ठिरले एउटा राजाले गर्नु पर्ने कामका बिषयमा सोध्दा पितामह भीष्म भन्दछन - हेर राजन ! त्यस्ता राजालाई प्रजाले मृत्युदंड दिनु पर्दछ जसले उनीहरुको सुरक्षाको चासोलाई गंभीरता पूर्वक लिंदैन ! मैले याँहा पितामह - युधिष्ठिर सम्बाद सम्बन्धी तीन श्लोकहरु उद्धृत गरेको छु ! यी तिनै श्लोकहरु महाभारतको अनुशासनपर्व (अध्याय ६१) को हो !
क्रोश्यन्त्यो यस्य वै राष्ट्राद्ध्रियन्ते तरसा स्त्रियः ।
क्रोशतां पतिपुत्राणां मृतोऽसौ न च जीवति ॥३१॥
(महाभारत, अनुशासनपर्व, अध्याय ६१)

2015-08-19

दण्ड र सजाय - प्रवीण अधिकारी

मनुस्मृति : साशकले दण्ड सजाय दिनु पर्ने व्यक्तिलाई दण्डित गर्न नसक्ता कालांतरमा ति तिनै दुर्जनहरुको कारण सत्ताच्युत हुन पुग्दछन र मारीन पनि सक्दछन !!!
===================
मनुस्मृति सनातनी हिंदू समाजको निकै प्राचीन र लोकप्रिय ग्रंथ हो ! यसमा एउटा साशकले गर्नु पर्ने काम र कर्तव्यहरुको बर्णन गरिएको छ ! धेरैको दृष्टिमा मनुस्मृति विवादास्पद ग्रंथ मानिन्छ !बिबादास्पद भन्नेले दुइटा कुरा आधार मानेको देखिन्छ ! पहिलो , यस ग्रन्थले वर्ण-व्यवस्थाको पैरवी र दोश्रो ,यसले नारी जातिलाई पुरुष सरह बराबरको दर्जा दिएको छैन भनेर भनिन्छ ! यद्यपि तिनै बद्ख्वाइ गर्नेलेनै यस ग्रन्थले नारी जातिलाई सम्मानको हकदार बनाएको चाहिं स्विकार्द्छन !

" महाभारतमा " शासकीय दण्ड सजायको अबधारणा - प्रवीण अधिकारी

" महाभारतमा " शासकीय दण्ड सजायको अबधारणा
=================================
भनिन्छ जहाँका शासक अन्यायी हुन्छन त्याँहा नुन र चिनीले पनि आफ्नो नैसर्गिक स्वाद त्याग्दछन् ‘ ! यो भनाइ नेपाली साशक बर्गहरुको परिप्रेक्ष्यमा हुबहु मेल खान्छ !
कुनै पनि शासकीय व्यवस्थामा दण्ड -सजायको व्यवस्था अपरिहार्य तत्व हो ! मनुस्मृतिले गरेको व्यवस्था हिंजो उल्लेख गरेको थिएँ ! आज महाभारतमा दण्ड र सजायको सम्बन्धमा भएको चर्चा गर्दैछु !
महाभारतको आदिपर्वको ‘आस्तीक’ प्रकरणमा अर्जुनको पनाति ,

नाग पंचमी - प्रवीण अधिकारी

सर्बे नागाःप्रियन्ताम मे ये केचित पृथिवीतले !
ये च हेलिमरिचिस्था येन्तरे दिवी संस्थिता: !!
ये नदिशु महानागा ये सरस्वतिगामिन:!
ये च वापीतडागेशु तेशु सर्वेशु वै नमः !!
- भविष्य पुराण ,ब्राह्म पर्व ३२/३३
प्रत्येक पंचमी तिथिका अधिपति नाग देवता हुन् ! त्यसकारण श्रवण शुक्ल पंचमीमा नागको बिशेष रुपमा पुजा गर्ने बिधान र परम्परा चलेर