Showing posts with label Treaty. Show all posts
Showing posts with label Treaty. Show all posts

2015-07-29

लिपुलेकबारे योगेश भट्टराईलाई खुला पत्र - कृष्ण महरा

यसका वास्तविक लेखक कृष्ण महरा जी
अनलाइन खबरमा साउन ९ मा प्रकाशित यो लेख मैले हुबहु यहाँ साभार गरेको छु, यसो गर्नु सहि हो वा गलत मलाइ जानकारी भएन । यदी सम्बन्धितलाइ आपत्ती भए जानकारी गराउनु भएमा कृतज्ञ हुने छु ।

लिपुलेकबारे योगेश भट्टराईलाई खुला पत्र
- कृष्ण महरा
आदरणीय कमरेड योगेश भट्टराई,
अभिवादन
पछिल्लो राजनैतिक परिवर्तन पश्चात व्यग्र प्रतिक्षित संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा नेपाली भूमी लिपुलेक माथि भएको अघोषित प्रहारले जोसुकै नेपालीको पनि मुटु भतभति पोलिएको हुनुपर्छ । यहीबेला लिपुलेकसँग दार्जिलिङ साट्न सकिने यहाँको अभिव्यक्ति पढ्न पाइयो । शीर्षक मात्रै पढ्दा विश्वासै लागेन । तर, जब प्रतिष्ठित पत्रिका ‘अनलाइनखबर’ ले नै प्रकाशित गरेको रहेछ तब थाहा पाएँ र भक्कानिए ।
कमरेड,
यसरी सार्वभौमसत्ता माथि दिनदहाडै प्रहार भएका बेला खुसी हुनुहुन्छ भनेर त भन्दिँन म तर यति चाँहि भन्छु लिपुलेकको सट्टा दार्जिलिङ पाउनुभयो भने हाँसीहाँसी स्वीकार गर्नुहुन्छ, है ?


2015-06-09

जेष्ठ २५ मा बालुवाटारमा भएको १६ बुँदेमा भित्र के के छन् ?

जेठ २५ गते साेमबार बालुवाटारमा भएको सहमतिको पूर्णपाठ :

पहिचान र सामर्थ्यका आधारहरू
संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरुबीच भएको सहमति

संविधानसभाबाट संविधान जारी गर्ने संबन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशिघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौं ।
संघीयता र प्रदेश रचना                
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका ५  र सामथ्र्यका ४ आधारमा आठ (८) प्रदेश निर्माण गरिनेछ ।