2013-04-20

केहि टुक्राहरू:

केहि टुक्राहरू:
१.  
मैले फलानो किताब पढें भन्छन साथीहरु 
फेसबुकमा बिज्ञापन गर्छन साथीहरु 
त्यो दिन नयाँ लाग्दैन मलाई,
पत्रिका पढेको स्ट्याटस लेख्छन साथीहरु । 
२. 
देशको कानून गोठालोले बनाउँछ,
जनता हत्याराले चलाउँछ,



सहरहरुमा गुन्दराज छ अचेल,
सरकार त हाम्रो तस्करले चलाउँछ । 
३. 
कहिले "मंचको" गठन भो भन्छन 
कहिले "पन्च"को गठन भो भन्छन 
गठनमै सिमित यी गठन गोठालाहरु 
कहिले आफ़्नै बिघठन गरेम भन्छन 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।