Showing posts with label Greeting. Show all posts
Showing posts with label Greeting. Show all posts

2014-05-01

मे १, २०१४

मे १, २०१४
यसो निकै पो भए छ, ब्लग तीरको बाटो बिर्सेको । धेरै पछि प्रबेश गर्दै छु आज ।
आज मे १, अर्थात् अन्तर्राष्ट्रिय मे दिवस । हामी कहाँ यो दिवस मनाइरहँदा, एकाथरी हरू सस्तोमा आफ्नो श्रम बेचेर सँसार भर छरिएका छउँ उसैगरी हामी कहाँ भएका उद्दोग कल कारखनामा झन्डावालहरूले आफ्नो डन्डा र आ-आफ्ना झन्डाको आडमा निरंकुश राजनीति गर्दै हामीलाइ बैदेशीक रोजगारमा बाध्य बनाएका छन् । 
मे १, अर्थात् मे दिवस, मुट्ठी भरका श्रमिकले बाँकी श्रमिकहरूको नुन खोस्ने दिवस नबनोस् । हक र अधिकारका नाममा झन्डेह श्रमिकहरूले झन्डाबिहिन श्रमिकहरूको भोको पेटमा लात हान्ने काम बन्द गरून् । श्रमिकहरू श्रमिककै सउता नबनुन् । 
एक श्रमिकका नाताले सबै श्रमिकहरूमा मे दिवसको हार्दिक शुभकामना । 



2013-05-01

मे १, शुभकामना छ श्रमिकहरूलाइ

मे १ , अर्थात् विश्व मजदुर दिवस । यो ब्लगर एक मजदुरको नातोले संसारभर छरिएर रहनुभएका सम्पूर्ण श्रमिक वर्गहरूमा हार्दिक शुभकामना दिन्छ । 

------------------------------------------
श्रमिकको अधिकार खोज्ने बहानामा,
मजदुरको रोजीरोटी अंशबन्डा गर्नेहरू,
राजनीतिमा श्रम मुछेर,
श्रमिकका श्रम चुस्नेहरू,
अधिकार खोज्न कलकारना बन्द गर्दैमा
भोको पेट भरिन्न कमरेड ।

2013-03-22

बिबिधतामा नै रास्ट्रिय एकता ...

By Pasang Sherpa
एउटा बाहुनको छोरो दुख गर्छ
मिहेनत गर्छ
टुप्पी कसेर पढ्छ
अनि
लोक सेवा आयोग पास गरेर प्रशानिक नेतृत्वमा पुग्छ......
अब उनले देश हाक्यो भनेर रिस गरेर हुन्छ......
नेवार समुदायको शाक्यहरु सुन चादी व्यापार गर्छ .....
करोडौ कमाऊछ ......
अब उसको सम्पति माग्न जाने त.....
गुरुङ मगर र राइ लिम्बुका छोरा ब्रिटिश आर्मीमा जान्छ......
ज्यानको बाजी थापेर काबुल , बग्दाद बसेर धन कमाउछ ....
के अब उसको धन लुट्न जाने...........­.
क्षत्रीको छोरो पल्टनमा जागिर खान्छ .......
अब उ जर्नेल भयो भनेर मुर्मुरिएर हुन्छ......
सोलुको शेर्पा र रसुवाको तामांगलाई खैरेले sponsor गर्छ,विदेश लग्छ.....
अब डडेल्धुरा र इलामको जनताले डाह गरेर हुन्छ......

2012-04-09

शुभकामना - नयाँ वर्ष वि सं २०६९

सबै नेपाली एक हौ भन्ने भावना प्रस्फुटित होस्!
औचित्यहीन बहसहरु बन्ध भई देशमा औचित्यहिन्ताको तगारो टुटोस!
नेतामा एकता, कर्म निष्ठता र राष्ट्रप्रेम जागोस्,
कर्मचारीहरू कर्मनिष्ठ र उत्तरदायी बन्न सकुन् ,
मुलुकबाट अन्योलताका काला बादलहरू फाटुन्,
हामी जनतामा - हिमाल-पहाड-तराइ हामी मात्र नेपाली,
भन्ने भावनाको विकास होस् ,
जातीयता, विभेद, छुवाछुत जस्ता असामाजिक कूसंस्कारहरू उन्मूलन हुन्,
नेपालीले अनेपाली हुन नपरोस्,
द्वन्द हटोस्, कलह हटोस्, मति विग्र्या नेताहरूमा सद्बुद्भी पसोस् ,
हामी सबै नेपालीमा मातृप्रेम जागोस् .......
२०६९ ले हामी लाइ शान्ति र सु-ब्यबस्था सहितको नयाँ संभिधान दिन सकोस्,
नव बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना!

2011-04-14

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

सबै नेपाली एक हौ भन्ने भावना प्रस्फुटित होस्!
औचित्यहीन बहसहरु बन्ध भई देशमा औचित्यहिन्ताको तगारो टुटोस!
नेतामा एकता, कर्म निष्ठता र राष्ट्रप्रेम जागोस्,
कर्मचारीहरू कर्मनिष्ठ र उत्तरदायी बन्न सकुन् ,
मुलुकबाट अन्योलताका काला बादलहरू फाटुन्,
हामी जनतामा - हिमाल-पहाड-तराइ हामी मात्र नेपाली,
भन्ने भावनाको विकास होस् ,
जातीयता, विभेद, छुवाछुत जस्ता असामाजिक कूसंस्कारहरू उन्मूलन हुन्,
नेपालीले अनेपाली हुन नपरोस्,
द्वन्द हटोस्, कलह हटोस्, मति विग्र्या नेताहरूमा सद्बुद्भी पसोस् ,
हामी सबै नेपालीमा मातृप्रेम जागोस् .......
२०६८ ले हामी लाइ शान्ति  र सु-ब्यबस्था सहितको नयाँ संभिधान दिन सकोस्,
नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

- विष्णु प्याकुरेल

2011-04-04

२०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली - भव्यरुपमा सपफल पाराै

- सुबोध राज प्याकुरेल 

२०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली - भव्यरुपमा सपफल पाराै 

ध्वंस र हिंसाको बिरुद्ध, निर्माण र स्वतन्त्रता का लागि शान्ति.

निर्धक्क भन्न- सुनाउन, सुन्न र ग्रहण गर्न शान्ति.

माथि उल्लेखित दुइ मूल नारा र स्थानीय अन्य नाराका प्ला- कार्ड सहित ५६ जिल्लाका सदर मुकाम मा ०६८ बैसाख -०१ गते बिहान शान्ति य्राली निक्लिंदै छ. अरु पनि थपिंदै छन् ।
राजनीतिक दलका केहि नेताले हामी पनि साथ् मा हिड्छौं, साथ् दिन्छौं भन्नु भएको छ


2010-11-03

शुभकामना तीहारको

नेपालमा छिट्टै भयँकर विद्रोहको बाढी पसोस्, 
हरेक नेपालीका हातमा 
अधिकारका लागि खुँडा र लाठी हुन्, 
नालायक, भ्रष्ट तथा गद्दारहरू 
मुलुक विरोधीहरू नासियुन्, 
अन्तिम क्रान्तिको विगुल फुकियोस् 
तस्कर, नालायक, खलपात्र जस्ता नेताहरू
घुस्याहा र भ्रष्ट सरकारी कर्मचारीहरू
मुलुक र मुलुकबासीलाइ
अन्योलको भुमरीमा जाक्नेहरू
सबका सब नासियून ....।।।
यस पटकको तीहार र छठ को यही हार्दिक मंगलमय शुभकामना

एवं न्हुँ दया भिन्तुना ।

गरिब, असहाय, दुखी, निर्धनहरुका घरमा जबसम्म चुल्हो नबले, प्रत्येक सामान्य नेपालीले आफ्ना अधिकारहरू नपाए सम्म यस्ता पर्वहरूको कुनै महत्व छैन । नेताहरू तस्करीमा ब्यस्त छन् । एउटा प्रमको लागि १६-१६ पटक निर्वाचन हुँदासम्म पनि ६०१ लठेतहरू एउटा निर्णय गर्न असक्षम छन् । राजधानीमा दिउँसै गुन्डा लाग्छन्, गोली चल्छ, जनता लुटिन्छन्, जनता भुटिएका छन् । यी भ्रष्टहरू सँधै चोखो । यीनका रखैल बनेका घुस्याहा र भ्रष्ट सरकारी कर्मचारीहरू जनताकै करतिरोको तलब खाएर जनताकै काम गर्न घुस खान्छन् । यी सबका सब ननासिए सम्म, यीनका चरित्र नसुद्धीएसम्म यस्तै शुभकामना ।

 

2010-10-15

लु दशैँ बहिस्कार गरोँ, लु दशैँ स्वीकार गरोँ

सबै नोटंकीहरू नातटक गर्छन् , 
कोही स्वीकार्छन त कोही बहिस्कार गर्छन् । 
नेताले त बर्बाद मात्रे पारे यहाँ । 
जातीका कुरा गर्छन् कोही, 

नेपाली हु नी भन्छन् तीनै 
समाज समाज टुक्रयाएर, 
मान्छे मान्छे छुट्याएर, 
नेपाली नेपाली लडाएर 


2010-10-10

शुभकामना


या देवी सर्वभुतेषू विष्णु मायेती शब्दिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभुतेषु चेतनेत्यभिधियते
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभुतेषु बुद्धिरुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभुतेषु निद्रारुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभुतेषु क्षुधारुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

नेपाली हिन्दुहरु को महान चाड,  विजया दशमी २०६७ को सुभ अवशरमा
 देश-विदेशमा छरिएर रहनुभएका
संपूर्ण नेपालीहरुमा उत्तरोत्तर प्रगति को कामना 
साथै
नवदुर्गा भवानीले यहाँहरुको मनोकामना पूर्ण गरिदिउन् 
हार्दिक मंगलमय शुभकामना

2010-02-28

होली सबैको HOLY बनोस्




सम्पूर्ण हिन्दुहरूको रंगिन एवं भाइचाराको पर्व होली अर्थात दुष्ट प्रवित्ती माथी सत्यको विजय सदा बनिरहोस्हामी एक अर्कामा सदाचार, स्नेह, भातृत्व, र प्रेम बनीरहोस् हार्दिक शुभकामना

-विष्णु प्याकुरेल