2013-03-02

बिबेक खै ?

विदेशीले बिसेस गरेर गोराहरु, गएर नेपालीको गाउँमा स्कुल र स्वास्थ्य चौकीमा सहयोग गर्छ, तर हाम्लाई भने कुरौटे र चुरौटे बन्दै फुर्सद नहुने ? विदेशमा होस् अथवा स्वदेश मै किन नहोस, यस्तै तेस्तै मै बित्छ हाम्रो दैनिकी । विश्वविध्यालयले समेत कुरा काट्नै मात्रै डिग्री देको जस्तो । हामीले डिग्री लेको नि, कित ढुंगा हान्न, कि त कुरा काट्न । कुरा काट्नमा माहिर हामी नेपाली, हिसाबै गर्ने हो भने पनि १ नम्बर मै पर्छम होला । 
बन्द, हड्ताल, बिरोध, र छाडा हुन अथवा बन्न हाम्लाई कल्ले भेटोस ? हाम्रो दिमाग नै तोड-फोड युक्त छ । कहिल्लै जोड-जाड युक्त बन्ने । तोड-फोडको एक बहाना मात्रै भए पुग्छ । राजनैतिक स्थीरता संसारमै धेरै कम मात्रै देशहरुमा होला । तर हाम्रो मात्रै मुलुक यस्तो हो जहाँ तपाई हामी जम्मै एक-से-एक नेता ।  व्यवस्था परिवर्तन भयो, तर  आम नेपालीको व्यहोरा परिवर्तन खै त ? सोच परिवर्तन खै त ? 

पहिले केहि गरेर देखाउनु पो ठुलो कुरो हो त , गफै त चिया दोकानमा (अचेलको फेसबुक) जत्ति नि गर्दा भैगो नि । साराका सारा नेपाली एक-से-एक नेता बन्दैमा देश बन्ने भए उहिले नै बनि सक्थ्यो । वाहियात गफ्फ दिन बाहेक हाम्ले कहिले सहि सोच्न नसक्ने भएम । 
जदौ !!! 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।