Showing posts with label Nepal. Show all posts
Showing posts with label Nepal. Show all posts

2015-07-29

लिपुलेकबारे योगेश भट्टराईलाई खुला पत्र - कृष्ण महरा

यसका वास्तविक लेखक कृष्ण महरा जी
अनलाइन खबरमा साउन ९ मा प्रकाशित यो लेख मैले हुबहु यहाँ साभार गरेको छु, यसो गर्नु सहि हो वा गलत मलाइ जानकारी भएन । यदी सम्बन्धितलाइ आपत्ती भए जानकारी गराउनु भएमा कृतज्ञ हुने छु ।

लिपुलेकबारे योगेश भट्टराईलाई खुला पत्र
- कृष्ण महरा
आदरणीय कमरेड योगेश भट्टराई,
अभिवादन
पछिल्लो राजनैतिक परिवर्तन पश्चात व्यग्र प्रतिक्षित संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा नेपाली भूमी लिपुलेक माथि भएको अघोषित प्रहारले जोसुकै नेपालीको पनि मुटु भतभति पोलिएको हुनुपर्छ । यहीबेला लिपुलेकसँग दार्जिलिङ साट्न सकिने यहाँको अभिव्यक्ति पढ्न पाइयो । शीर्षक मात्रै पढ्दा विश्वासै लागेन । तर, जब प्रतिष्ठित पत्रिका ‘अनलाइनखबर’ ले नै प्रकाशित गरेको रहेछ तब थाहा पाएँ र भक्कानिए ।
कमरेड,
यसरी सार्वभौमसत्ता माथि दिनदहाडै प्रहार भएका बेला खुसी हुनुहुन्छ भनेर त भन्दिँन म तर यति चाँहि भन्छु लिपुलेकको सट्टा दार्जिलिङ पाउनुभयो भने हाँसीहाँसी स्वीकार गर्नुहुन्छ, है ?


2015-07-16

नेपालका केही एतीहासिक महत्व झल्किने दृष्यहरू (फोटो)

नेपालका केही एतीहासिक महत्व झल्किने दृष्यहरू (फोटो)
यहाँ भएका फोटोहरू गुगल सर्च मार्फत लिइएका हुन् ।
नारायणहिटी दरबार मार्ग वि.सं. २००२ तीर

2011-02-17

नागरिक न्युज, फागुन ३


नागरिक न्युज, फागुन ३
Tuesday, 15 February 2011 11:27 प्रकाश आस्था
कसरी भन्ने र जनयुद्ध?.
नेपाली जनताले विक्रम सम्वत् २०५२ देखि २०६३ सालसम्म भोगेको अवधि एउटा कष्टकर र अरुचीकर क्षण थियो। त्यो एक आन्तरिक द्वन्द्व या गृहयुद्ध थियो। अशिक्षा, गरिबी र भोकमरीमा उम्रेको विद्रोह थियो। बेरोजगारी, तल्लो तहका जनताप्रति शासकको बेवास्ता र सत्तामा र्‍याल काढ्नेहरूको लहड र सनकको प्रतिफल थियो तर जनयुद्धथिएन । 'जनयुद्धको महान बाटो'मा गोल्डस्टार जुत्ता लगाएर भिर, पाखा र जंगलको कठिन यात्रामा ऊर्जा र जोवन खर्चेका, जीवन जोखिममा पारेकाहरूको चित्त नबुझ्नसक्छ तर धरातलीय यथार्थ र समयमलाई पहिचान गर्न नसकी अल्मलिएको त्यो विद्रोह चिनिया क्रान्ति र विश्वका अन्य भागका कम्युनिस्ट विद्रोहको नक्कलमात्र

2011-02-07

दलाल र दलालहरू वीच नेपाली जनता

दलाल र दलालहरू वीच नेपाली जनता

वास्तव मै नेपालका नेताहरूको सत्ता लिप्सा र लुछाचुँडीमा अड्किएको नेपाली राजनीतिले भूत र वर्तमानमा नेपालीहरू कतिसम्म पिडित बन्दै गएका छन् भन्ने कुरो बुझ्न शायद तपाइहामीलाइ कसैले भनी रहनु नपर्ला । सुस्ता, कालापानी र यस्ता कैयोँ नेपाली भू-भागहरूका विषयमा कहिल्यै चासो न त कुनै कम्युनिष्ट दलहरू ले नै लिए, न त कुनै काँग्रेसी वा अन्य दलकै नेपाल खै ?

2011-01-14

राष्ट्रिय-झण्डा

राष्ट्रिय-झण्डा - प्रा.श्रीकृष्ण आचार्य
सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र (छाता), ध्वज (ध्वजा वा झ्ण्डा), चामर (चमर वा पङ्खा) र कार्मुक (धनु) सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन्। राजाहरू आ-आफ्ना राष्ट्र वा राज्यका प्रतीक वा चिह्न लिएर राजकीय यात्रामा निस्कन्थे। लडाइँका मैदानमा पनि कुनै राजाको छत्र, ध्वज, चामर वा कार्मुक भाँचिदिन सफल हुनुको अर्थ हुन्थ्यो, त्यस राज्य उपर विजय। राजा पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेश मा म जसै अर्काको छत्र-भङ्ग गर्न भनी जान्छु, त्यसैवेला मेरो छत्रलाई भङ्ग गर्न यहाँ अर्को राजा आयो भने के-कसो होला?” भन्ने प्रश्न उठाएका छन्। यिनको यस भनाइबाट त्यतिवेला राष्ट्रध्वज वा राष्ट्रिय-झ्ण्डाको भन्दा राजछत्रको बढी महत्व हुने गरेको छनक पाइन्छ।
नेपालमा राष्ट्रिय-ध्वजा वा राष्ट्रिय-झ्ण्डाको चलन कहिलेदेखि शुरु भयो, निश्चित भन्न सकिँदैन। लिच्छवि राजाहरूले आफूलाई