Showing posts with label My Saying. Show all posts
Showing posts with label My Saying. Show all posts

2009-12-22

राष्ट्रियताको नाममा - कान्तीपुरको स्लोगन ‘रेडियो राष्ट्रको’

संघियताको कुरो उठ्छ तर राष्ट्रमा विकेन्द्रीकरणको खाँचो छ । जल्दा बल्दा अप्ठ्यारा र समस्याले देश आक्रान्त छ । आक्रान्ताहरूले देश भद्रगोल बनाएको यो घडीमा हरेक नेपालीमा राष्ट्र प्रेमको भावना उजागर गर्न सक्नुमा नै हरेक नेपालीको आवश्यकता हो । संघियताको नाममा देश टुक्रा टुक्रा पार्न लालायित छन् तथाकथित राष्ट्रवादी नेता भनाउँदाहरू । दुःख लाग्छ यि जाली फाटाहा वेश्या प्रबृत्तीका सत्ता रूपेण मनोदशामा ग्रस्त नालायक खलपात्रहरूलाइ नेपाली नेता भन्नु पर्दा । पार्टी पार्टी र मात्र पार्टी अनि यस्कै औरे भौरेहरूको पालन पोषणमा व्यस्त बाँदर जस्ता नेताहरूको हातमा गएको यो मुलुक कति दिन यथास्थितिवाद मै टिक्ने हो ?