केही दिन यता सामाजिक सञ्जालहरूमा ४-५ वर्ष पूराना कुराहरूलाइ ताजा समाचार भन्दै जथाभावी गलत सूचना प्रवाह भइरहेकोले यो पोष्ट गरेको छु ।
गलत सूचनालाइ आधार बनाउँदै, सरकार र भन्सार कार्यालयलाइ जथाभावी कागको पछि लागेर गाली गलाैच गरेको ठिक हुन्न । त्यस्ता ब्लगहरूलाइ, पेजहरूलाइ अनलाइक गर्दै गएमा अर्को पटक झुक्याउन पाउँदैनन् ।
तलको सूचना वा जानकारी हेर्नका लागी नेपाल सरकारको भन्सार विभाग, त्रिभुव विमान स्थलको आधिकारिक वेभ पेजमा जानको लागी यहाँ क्लिक गर्नुहोस् र निजी गुण्टा, झिटी भारी अादेश सम्वन्धी सूचना २०७१ डाउनलोड गरि आफै पनि हेर्न सक्नु हुने छ । त्यही भएका सूचना तथा जाकारीहरूको केही अंश तल साभार गरेको छु ।
नेपाल सरकारले भन्सार ऐन, २०६४ को दफा ९ को
उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कुनै यात्रुले आफ्नो निजी गुण्टा, झिटी भारीमा आफूसँग ल्याएको वा
लगेको
(एकम्पनिड) वा आफू आउनुभन्दा अघि वा पछि ल्याएको वा पठाएको
(अनएकम्पनिड) माल
सामानमा लाग्ने भन्सार महसुल सम्वन्धमा मिति २०७१ साल
श्रावण १ गतेदेखि लागू हुने गरी देहाय बमोजिमको “निजी गुण्टा, झिटी भारी”
सम्बन्धी यो सूचना प्रकाशित गरेको छ ।
परिच्छेद–१ नेपाली यात्रुका लागि
१. बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः (१) नेपालमा
स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका
देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा,
बरबिछ्यानै,
घर गृहस्थीका
पुराना सामान,
(ख) औषधि उपचार
गराई फर्केका विरामीले ल्याएका औषधी,
(ग) शारीरिक रूपमा
अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको
गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको
गहना गुरिया,
(ङ) ट्यावलेट वा
ल्यापटप वा कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा,
सेलुलर मोवाइल फोन
र पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने
पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत
यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान
(जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र,
स्टेथेस्कोप,
खेलाडीको खेलकुद
सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा
जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु) ।
(ज) सात किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५
लिटरसम्मको बोतल एक ।