Showing posts with label From Others. Show all posts
Showing posts with label From Others. Show all posts
2011-11-27
2010-12-07
दुइ कविता - कृष्ण चन्द्र घिमिरे (निष्पाप)
कस्ती छौं तिमी
भित्री मनकी कस्ती छौ बाहिर हल्का काली
सिउँदो तिम्रो रङगीयोकी अझै छ खाली ।
माया प्रेम बाडी सक्यौ की संगालेकी छौं ?
कुर्दै छु म आउँछौ भनी मनको दियो बाली ।
मलाई जस्तै अरुलाई नी झुलाएकी छौं की ?
सपनाहरु फुलाउँदै छु तिमिलाई बनाई माली
यता पनि तिम्रै चर्चा उता पनि तिमै ।
2010-11-13
मादल मेरा फुटे क्यारे बज्नै पनि छाडे अचेल
मादल मेरा
फुटे क्यारे बज्नै पनि छाडे अचेल
दमाहा र
ट्याम्कोहरु कल्ले कता फाडे अचेल!
हाम्रो भाषा
साहित्य र पन्चै बाजा जिर्ण भए
पश्चिमीको
सिको गर्दे बेन्ड बाजा साँडे अचेल!
नेपालीलाई
पच्नै छाड्यो सारङ्गीका धुनहरु
झ्याली,सनही,मुरचुङ्गा र
लोक गित कांडे अचेल!
2010-11-09
अंश बन्डा
(यो कविता मेरा फेस बुकका एक मित्रको हो, तिनै मित्रको अनुमति लिएर यहाँ टाँस्ने सहास गरेको छु । मलाइ अती मन पर्यो जो समय सान्दर्भिक पनि लाग्यो । समाज भित्रको एक पाटोको रूपमा मैले यसलाइ लिएको छु - Speak Freely)
कविः George B Sha फेसबुक मित्र, प्रोफाइल आइडीः http://www.facebook.com/GBsha
जिबन भरी को मेरो कमाइ,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
हाम्रा भाई भतिजा छोरा अनी नाती पनाती हरु लाई
जिबन भरी तिनिहरु ले
दु:ख गर्नु नपरोस
तीनका पनि नाती पनाती सम्म लाई
बसी बसी खान पुगोस्
2010-10-23
कविता "आरम्भ" - मधुश्री
कविता "आरम्भ" - मधुश्री
हावाको वेग सरी नदीको ताल जस्तै
उठ्दैछ सुनामी जनताको माझबाट
छेक्न सक्ने छैन कोही रोक्न सक्नै छैन
ब्युझँदैछ गाउँबस्ति अब साँझबाट
भत्किएर बाँध मन्को आक्रोसको आँधि
तुहिएर बिस्वास त्यो घृणा पोको बाँधी
हृदयमा देशप्रेम निधारमा माटो
खोज्दैछन नेपाली बदलाको बाटो
देशघाती अत्याचारी शासक हो सुन
भ्रष्टाचारी दुराचारी दलाल हो सुन
बिदेशीका मतियार हतियार सुन
रगतको होली खेल्ने भूमिपति सुन
2010-09-19
व्यथा - कृष्णचन्द्र घिमिरे (निष्पाप)
व्यथा
-कृष्णचन्द्र घिमिरे (निष्पाप)
दुख्नु सम्म दुख्यो मुटु अझै सहन सम्छु म
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म ।
तिमै निम्ती भत्कीए भ तिमै निम्ती मरे
कयैं रात रुदै काँटे अझै अझै हाँस्न सक्छु म ।
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म
विवशता - सम्झना श्रेष्ठ, काठमाण्डु
विवशता
सम्झना श्रेष्ठ, आम्पीपल-८ , गोर्खा
फुलमाथी नपरे हुन्थयो असिनाका चोटहरु
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।
हाँस्ने खेल्ने उमेर त्यो कसले किन खोस्यो
हाँस्दै जाँदा खस्न पुगे उनका ताता आँशुहरु ।
सौर्न्दर्य गहनाहरु उनकै लागि शत्रु भए
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।
बेहोसी मै कराउँदै थिईन काट्दा सग्ला अंगहरु
नआईदिए हुन्थ्यो लागछ अध्याँरा ती रातहरु ।
2010-09-17
उपहार - सम्झना श्रेष्ठ, काठमाण्डु
रुने हाँस्ने मेरो लागि कोही छैनन भने हुन्छ
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ ।
समयलाई दोष दिन्न भाग्य मेरै खोटी रहेछ
कुहिइएको सिनो सम्झी नाक थुनी हिडे हुन्छ ।
झुक्याएर विष दिई बरु मलाई मारे हुन्छ
सगै दुइटा मुटु थिए एउटा फुटि सक्यो ।
2010-02-21
दिगो विकास र फेयर ट्रेड
उत्पादक बजार र उपभोक्ता मिलेर बजार प्रणाली चलेको हुन्छ । यी तीनै सदस्यको
दिगो विकासबिना दिगो बजार प्रणालीको कल्पना गर्न सकिँदैन । लामो समयदेखि हामीले
अखबारमा पढ्दै आएका छौं कहिले किसानका दूधले मूल्य पाएनन् कहिले किसानका अदुवा
कुहिए कहिले किसानका तरकारीले मूल्य पाएन आदि । अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा
नेपालका गलैंचाले बजार पाएन नेपाली गार्मेन्टको निकासी घट्यो पस्मिनाको बजार
डामाडोल भयो । यी घटनाले अवश्य पनि दिगो उत्पादन प्रणाली एवं दिगो विकास
प्रणालीलाई टेवा दिँदैन । यी समस्या नेपालका मात्र निजी समस्या होइनन् यी समस्याले
विश्वबजार विशेष गरी युरोप पहिले नै आव्रुन्त थियो । यही पृष्ठभूमिमा फियर
ट्रेडुको जन्म भएको थियो । विशेषगरी गरिब किसान जसलाई आफ्नो उत्पादन लागत थाहा
हुँदैन परल मूल्यभन्दा धेरै कममा उनीहरु उत्पादन बेच्न बाध्य छन् यदि हामीले बजार
व्यवस्थापन गर्न सकेनौं भने वैज्ञानिक हिसाबले दिगो विकास सम्बन्ध छैन ।
उत्पादकको यो समस्या हल गर्न सकेनौं भने उपभोक्ता एवं बजार यसबाट प्रताडित
हुनुपर्ने अवश्य छ । उत्पादककॊ यो समस्या समाधान
2010-01-26
नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु
लुम्बिनी र कपिलवस्तुको इतिहासमा १ डिसेम्बर १८९६ को दिनले विशेष महत्व राख्दछ। यो दिन डा. ए. फुहरर्ले लुम्बिनीमा अशोक स्तम्भको प्रमाणिकरण गर्नुभएको थियो। यस स्तम्भमा ब्राम्ही लिपि, पाली भाषामा कुँदिएको ‘हिद बुध जाते शाक्यमुनिति’ अर्थात ‘शाक्यमुनी बुद्धको जन्म यहाँ भएको हो’ भन्ने वाक्यांशले तथागत्को जन्म लुम्बिनीमा भएको हो भनी निर्क्यौल गरिएको थियो। अशोकस्तम्भमा कुँदिएको शिलालेखको आधारमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान गरिएको एक शताव्दी भन्दा केही वर्ष भईसकेको छ तापनि भारतीय सञ्चार माध्यम र भारत सरकारबाट बेलाबखत भगवान् बुद्ध भारतमा जन्मिएको हुन भन्ने प्रचार प्रसार रोकिएको छैन। भारतीय प्रचार अभियानको एउटा उदाहरण हेरौं।
2010-01-20
म ब्रह्मपुत्र उकालो बग्छु
म ब्रह्मपुत्र उकालो बग्छु
वापतको भान अन्तरिमले
चिद्वैषम्यताको ज्यानले।
ब्रह्मपुत्र
ब्रह्म पुत्र
ब्रह्म
पुत्र
यसरी एकतामा अनेकता भेट्नु
अनेकतामा एकता भेट्नु
टुक्रा टुक्रा टुकि्रएर विपरित फर्केको म
मूठाबाट बोटतिर
बोटबाट कोशतिर ।
वापतको भान अन्तरिमले
चिद्वैषम्यताको ज्यानले।
ब्रह्मपुत्र
ब्रह्म पुत्र
ब्रह्म
पुत्र
यसरी एकतामा अनेकता भेट्नु
अनेकतामा एकता भेट्नु
टुक्रा टुक्रा टुकि्रएर विपरित फर्केको म
मूठाबाट बोटतिर
बोटबाट कोशतिर ।
2010-01-11
प्रेमपत्र (कवी विक्रम शुब्बा)
प्रेमपत्र -कवी विक्रम शुब्बा
मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ
न्यायाधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्तेकुर्सि बीकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लेखिरहेछ व्यापारी
गायक ठूलो जागीर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्तेकुर्सि बीकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लेखिरहेछ व्यापारी
गायक ठूलो जागीर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !
2010-01-07
2010-01-06
Abiral Yatri: गजल
नयाँ बर्ष २०१०को अबसरमा सम्पूर्ण फेसबूकमा मित्रहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्न चाहन्छु। साथै यो वर्षले देशलाई जती नै नोक्सान गरे पनि तपाईंहरुलाई साथ् देओस यही कामना गर्दछु। -Abiral Yatri
यथावत छ, मनमा पीडा, हाँस्नु कसरी?
नयाँ सालको, भित्तेपात्रो, टाँस्नु कसरी?
नव बर्षको, उमङ्गले, छायो संसार
सगरमाथा, झुकाएर, नाँच्नु कसरी?
2010-01-04
अशांक उपाध्यायः गजल
अशांक उपाध्यायः गजल
थुकेर गयौ मायाको बगर छाडेर बालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा
खोजिन मैले अशल खराब तिमीमा नियाली
बितेर गयो यौवन प्रहर भएछु डुलुवा
2010-01-03
नोष्टाल्जियाको बर्खेझरीभित्र (कवीता) -समदर्शी काइँला
-समदर्शी काइँला (Wednesday, December 23, 2009)
पि्रय एरोस लेकाली फूल !
हिउँ फुस.. फुस.. फुस.. फुस.. परेको रात
हिउँ आँधी आएर उल्का झरेको रात
पृथ्वी अस्थायी डेराबाट-
तिमिले एकाएक बसाइ सरेपछि पो थाहा भो,
माटोको सुन्दर पुतली जिवन!
-लाई ओबानू स्पर्शहरुले सुम्सुम्याएर
पकि्रराख्नु सुन्दर मरीचिका मात्र
या रङ्ग फिका मात्र।
मेरो जिवन-
2009-12-31
उत्तरआधुनिक सम्भोग -समदर्शी काइँला
नयाँ प्रयोग र धारका उदाँउदा कवि
उत्तरआधुनिक सम्भोग -समदर्शी काइँला
कि जिवन साहै भोग्न लायक छ......
सम्भोग गर्नु = कवीता लेख्नु
निख्लम ऐन्द्रिय कला
अर्थात् रङ्गको समारोह वा भेला।
कि जिवन साहै भोग्न लायक छ......
सम्भोग गर्नु = कवीता लेख्नु
निख्लम ऐन्द्रिय कला
अर्थात् रङ्गको समारोह वा भेला।
सिमानाको नेपाली - कवि विक्रम शुब्बा
सिमानाको नेपाली
उसकै पार्टीको सिद्धान्तजस्तो
खिया लागेको ईण्डियन ताल्चा खोल्यो
उसकै गुटको दिमागजस्तो
कलकत्तातिर निर्मित
मक्किएको पुरानो ट्यांका उघार्यो
उसकै अव्यवस्थित चिन्तनजस्ता
घरेलु सामानहरू उल्टायो, पल्टायो
छाम्यो, हेर्यो, खोज्यो
तर कतै भेटेन ।
2009-12-29
गजल- अबिरल अधिकारी
छाडौ द्धन्द, बढौ अघि, सार खोजौ अब ।
रक्षा गरौ, देशको माटो, प्यार खोजौ अब ।।
सधैं भरी, बिदेशीकै, गुलाम बन्ने हैन ।
मात्रिसेवा, गर्ने नै आ'धार खोजौ अब ।।
Subscribe to:
Posts (Atom)

















