2012-09-28

बसी बियालो - मेरी ठुली


=======
के हो ठुली तिमी अचेल, खुशी छौ रे सुन्दै छु म
तिम्रा जति सबै पिर भागेछ रे डाँडा पारी
मुहारभरी उजेलिको रङ्ग छ रे सुन्दै छु म

काडेई-काँडा बिझेका थे मनभरी-तनभरी
तिम्लाई पनि फेस्बुक्ले जीवन द्यो रे सुन्दै छु म

समयको चक्र पनि अचम्मै छ यो सन्सारमा
इन्टरनेटको जालो नै बेरिध्यो रे सुन्दै छु म

ठुली अचेल इन्टरनेटमा, घुम्दै छौ रे सुन्दै छु म
जुके भाइको घर तिर, डेरा सार्योउ सुन्दै छु म
=====
विष्णु प्याकुरेल 
(हाल अरब )
बसी बियालो - मेरी ठुली 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।