2010-01-06

Abiral Yatri: गजल



नयाँ बर्ष २०१०को अबसरमा सम्पूर्ण फेसबूकमा मित्रहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्न चाहन्छु। साथै यो वर्षले देशलाई जती नै नोक्सान गरे पनि तपाईंहरुलाई साथ् देओस यही कामना गर्दछु। -Abiral Yatri

यथावत छ, मनमा पीडा, हाँस्नु कसरी? 
नयाँ सालको, भित्तेपात्रो, टाँस्नु कसरी?

नव बर्षको, उमङ्गले, छायो संसार
सगरमाथा, झुकाएर, नाँच्नु कसरी?



जातियतामा, छुट्टीदैछ, हाम्रो मुलुक
समाजलाई, वैरी सम्झी, बाँच्नु कसरी?

राजनीतिमा, भित्रिएको, हावाहुरिले
फूलको थुङ्गा, च्यातिने भो, गाँस्नु कसरी?

भर्खर मात्रै, रोपिएको, बीउ नऊम्रिदै
गणतन्त्रको, नयाँ लहर, माँस्नु कसरी?

अविरल अधिकारी चितवन

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।