2010-09-19

व्यथा - कृष्णचन्द्र घिमिरे (निष्पाप)

व्यथा
-कृष्णचन्द्र घिमिरे (निष्पाप)
दुख्नु सम्म दुख्यो मुटु अझै सहन सम्छु म
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म ।
तिमै निम्ती भत्कीए भ तिमै निम्ती मरे
कयैं रात रुदै काँटे अझै अझै हाँस्न सक्छु म ।
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म

सगै हाँस्दा फुल फुल्यो रुदा हिमाल रुन्थ्यो
जिउँदो लाश भए पनि अझै हिड्न सक्छु म ।
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म
झझल्को र बाडुलीले झस्की हिडे पनि
मृत्यु कुर्दै आर्य घाटमा अझै बस्न सक्छु म ।
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म
तिम्रो मुहार हेरी मर्ने मेरो अन्तिमर् इच्छा
कालो रातको आँध्यारो मै प्राण त्याग्न सक्छु म
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म ।
खरानी मै भए पनि फुल चढाउ विदाईको
अतितको माया प्रिती युगौ साच्न सक्छु म
आफ्नै आत्मा जलाई जलाई अझै वाँच्न सक्छु म ।

कृष्णचन्द्र घिमिरे (निष्पाप)

No comments:

Post a Comment

आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।