अशांक उपाध्यायः गजल
थुकेर गयौ मायाको बगर छाडेर बालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा
खोजिन मैले अशल खराब तिमीमा नियाली
बितेर गयो यौवन प्रहर भएछु डुलुवा
सोचिन किन मिलन बिछोड नियति ठानेर
नयन बाट उर्लियो नहर बनेर "पिलुवा"
ज्योतिष हैन देखिन आउला दिन यो भनेर
के यस्तो भयो? जीवन यो मेरो डढेको हलुवा
मिलेरै हिड्ने बाचा र कसम भुलेछौ तिमीले
'आशांक' धाउँदा फाटेछ उसको जुत्ताको तलुवा
(नोट: - "पिलुवा" खोलाको नाम )
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।