(यो कविता मेरा फेस बुकका एक मित्रको हो, तिनै मित्रको अनुमति लिएर यहाँ टाँस्ने सहास गरेको छु । मलाइ अती मन पर्यो जो समय सान्दर्भिक पनि लाग्यो । समाज भित्रको एक पाटोको रूपमा मैले यसलाइ लिएको छु - Speak Freely)
कविः George B Sha फेसबुक मित्र, प्रोफाइल आइडीः http://www.facebook.com/GBsha
जिबन भरी को मेरो कमाइ,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
हाम्रा भाई भतिजा छोरा अनी नाती पनाती हरु लाई
जिबन भरी तिनिहरु ले
दु:ख गर्नु नपरोस
तीनका पनि नाती पनाती सम्म लाई
बसी बसी खान पुगोस्
आउ अब अँस बन्डा गरौ
कस्ले कुन भाग लिन्छ
हात उठाउनु
कस्लाई कुन कुरो चाहिन्छ
पोल्टो थापऔ
काठमाडौं खाल्डो को हरिया फाट् हरु
मेरा बाजे का थिए
संख मुल, धापासी, गोंगबु मनहरा
१०० मुरी अन्न फल्ने ति मिठा गर्हा
सबै मैले बेच्दै सिध्ह्यए
संसार भर कै ठुलो काउली फल्ने
टुकुचा र मैति देवी फाँट
केही बाँकी नराखी,
सबै जुवा तास मा पुर्याए
बागमती मा मेरा बा, बिहान बिहानै नुहाउथे
लान्थे चिसो पानी मा मलाई पनि सगै तानेर
म मन मनै सराप्थे,
कहिले नुहाउनु नपरेनी हुन्थ्यो भनेर
अब त ढल् भको छ्,
जाति नै भो
बस्या छु नुहाउन नपाको दिन गनेर
खेत बारी त बेचेर सकिए
सबै भाई लाई गाडी कीन्दया छु
फुच्चे केटा हरु लाई साईकल भएनी हुन्थ्यो
तैपनी उनी हरु लाई मोटरसाइकल नै झिक दया छु
फराकिलो बाटो एउटै बनाइन मैले
तर सान्दाइ लाई पेट्रोल दिनु है भन् द्या छु
१२ छोरा १३ नाती को कथा हैन
२२ भाई ६०१ भतिजा हरु लाई
मनग्गे पेट भर् द्या छु
अब त सबै सकी नै सक्यो
म पनि बुढो भै गए
अन्सबन्डा गरिदिम् कि भनेर
तिमीहरु लाई आज बोला छु
बितेका गएका त के कुरा भो र
अब बाँकी को बन्डा गरम्ला
सबै कुरो तिमीहरु लाई जिम्मा लगाए पछी
म बुढो मृत्युहलोक झरम्ला
अब भन भाई हो
धान का फाट् मा त घर बनिसके
त्यहा बाट फल्ने फोहोर कस्ले लिन्छ
फोहोरै भए पनि पैसै हुन्थ्यो
तर डुम्पिङ् साईट को politics कस्ले चिन्छ ?
धारा र मन्दिर को देश हो मेरो
पानी को हाहा कार कस्लाई चाहिन्छ ?
बागमती इक्छुमती बिष्णुमती तिर्थ थिए कुनैबेला
ढल् बनेका खोला हरु कस्ले लिन्छ ?
खेतिपाति गर्न छोडेको धेरै नै भयो
हर दिन बढ्ने यो महंगी भित्र
तोला मा बिकने दाल चामल कस्ले किन्छ ?
कुलो र गोरेटो मा बनेको बाटो यो हाम्रो
दिन दिन को ट्राफिक जाम कस्लाई चाहिन्छ ?
खेत बेची बेची तिमीहरु लाई गाडी त दिएकै छु
दिन दिनै बसनु पर्ने पेट्रोल को लाइन कस्ले लिन्छ ?
सबै भाई येहि मिलिजुली बस्योउ त्यो राम्रै हो
तिमीहरुका बेरोज्गरी कस्ले लिन्छ ?
सबै आफ्ना हुन्, तर पराइ भैइगए
लुट्पाट, डकैति र अपहरण कस्लाई चाहिन्छ?
२२ भाई र ६०० भतिजा पोसेको छु मैले
चक्काजाम् आन्दोलन र बन्द कस्लाई चाहिनछ?
हाम्रै सन्तान हैनन र यिनी
नयाँ देख्यो कि तोड्फोड् गर्ने
बाँदर प्रव्रित्ती कस्लाई चाहिन्छ?
देश मेरो हरियो बन नेपाल को धन
उजाड पाखा पखेरा कस्ले लिन्छ?
सुन का बाला फल्ने तराइ हाम्रो
कर्णाली को भोक
जाजरकोट गरिबी कस्लाई चाहिन्छ?
बुद्ध जन्मेको देश हाम्रो
युद्ध र आतंक कस्ले लिन्छ?
संसार कै सुन्दर र सोझा चेली हाम्रा
बमबै को कोठी मा को को बेचिन्छ?
सन्स्कृति र धर्म को सम्मिश्रन हाम्रो
साम्प्रदाइकता, जिहाद , क्रुसेड र धर्म युद्ध कस कस्ले लिन्छ?
आँखा त यिनिहरुको को अरु नै थोक मा
प्रदेशै प्रदेस बनाउने तिमीहरुको आफ्नै धुन छ्
स्वार्थ मा अती नै लपेटिएका हामीहरु
ईराक र अफ्गनिस्तान को दुर्दशा नेपाल मा कहिले हुन्छ?
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
जिबन भरी को कमाइ मेरो,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
भनन
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
पुल्चोक,
कार्तिक १३, २०६६
30 oct 200
Thank you for liking my poem and posting it here. its really appreciating.
ReplyDeleteसहि हो..
ReplyDeleteराजनीतिले बिगारेको व्यवस्थाप्रति आक्रोश रहेछ कवितामा ।
ReplyDelete