2010-11-03

शुभकामना तीहारको

नेपालमा छिट्टै भयँकर विद्रोहको बाढी पसोस्, 
हरेक नेपालीका हातमा 
अधिकारका लागि खुँडा र लाठी हुन्, 
नालायक, भ्रष्ट तथा गद्दारहरू 
मुलुक विरोधीहरू नासियुन्, 
अन्तिम क्रान्तिको विगुल फुकियोस् 
तस्कर, नालायक, खलपात्र जस्ता नेताहरू
घुस्याहा र भ्रष्ट सरकारी कर्मचारीहरू
मुलुक र मुलुकबासीलाइ
अन्योलको भुमरीमा जाक्नेहरू
सबका सब नासियून ....।।।
यस पटकको तीहार र छठ को यही हार्दिक मंगलमय शुभकामना

एवं न्हुँ दया भिन्तुना ।

गरिब, असहाय, दुखी, निर्धनहरुका घरमा जबसम्म चुल्हो नबले, प्रत्येक सामान्य नेपालीले आफ्ना अधिकारहरू नपाए सम्म यस्ता पर्वहरूको कुनै महत्व छैन । नेताहरू तस्करीमा ब्यस्त छन् । एउटा प्रमको लागि १६-१६ पटक निर्वाचन हुँदासम्म पनि ६०१ लठेतहरू एउटा निर्णय गर्न असक्षम छन् । राजधानीमा दिउँसै गुन्डा लाग्छन्, गोली चल्छ, जनता लुटिन्छन्, जनता भुटिएका छन् । यी भ्रष्टहरू सँधै चोखो । यीनका रखैल बनेका घुस्याहा र भ्रष्ट सरकारी कर्मचारीहरू जनताकै करतिरोको तलब खाएर जनताकै काम गर्न घुस खान्छन् । यी सबका सब ननासिए सम्म, यीनका चरित्र नसुद्धीएसम्म यस्तै शुभकामना ।

 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।