2014-05-01

मे १, २०१४

मे १, २०१४
यसो निकै पो भए छ, ब्लग तीरको बाटो बिर्सेको । धेरै पछि प्रबेश गर्दै छु आज ।
आज मे १, अर्थात् अन्तर्राष्ट्रिय मे दिवस । हामी कहाँ यो दिवस मनाइरहँदा, एकाथरी हरू सस्तोमा आफ्नो श्रम बेचेर सँसार भर छरिएका छउँ उसैगरी हामी कहाँ भएका उद्दोग कल कारखनामा झन्डावालहरूले आफ्नो डन्डा र आ-आफ्ना झन्डाको आडमा निरंकुश राजनीति गर्दै हामीलाइ बैदेशीक रोजगारमा बाध्य बनाएका छन् । 
मे १, अर्थात् मे दिवस, मुट्ठी भरका श्रमिकले बाँकी श्रमिकहरूको नुन खोस्ने दिवस नबनोस् । हक र अधिकारका नाममा झन्डेह श्रमिकहरूले झन्डाबिहिन श्रमिकहरूको भोको पेटमा लात हान्ने काम बन्द गरून् । श्रमिकहरू श्रमिककै सउता नबनुन् । 
एक श्रमिकका नाताले सबै श्रमिकहरूमा मे दिवसको हार्दिक शुभकामना । 



No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।