नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!
सबै नेपाली एक हौ भन्ने भावना प्रस्फुटित होस्!
औचित्यहीन बहसहरु बन्ध भई देशमा औचित्यहिन्ताको तगारो टुटोस!
नेतामा एकता, कर्म निष्ठता र राष्ट्रप्रेम जागोस्,
कर्मचारीहरू कर्मनिष्ठ र उत्तरदायी बन्न सकुन् ,
मुलुकबाट अन्योलताका काला बादलहरू फाटुन्,
हामी जनतामा - हिमाल-पहाड-तराइ हामी मात्र नेपाली,
भन्ने भावनाको विकास होस् ,
जातीयता, विभेद, छुवाछुत जस्ता असामाजिक कूसंस्कारहरू उन्मूलन हुन्,
नेपालीले अनेपाली हुन नपरोस्,
द्वन्द हटोस्, कलह हटोस्, मति विग्र्या नेताहरूमा सद्बुद्भी पसोस् ,
हामी सबै नेपालीमा मातृप्रेम जागोस् .......
२०६८ ले हामी लाइ शान्ति र सु-ब्यबस्था सहितको नयाँ संभिधान दिन सकोस्,
नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!
- विष्णु प्याकुरेल
नव वर्ष २०६८ को उपलक्ष्यमा विष्णु जी यहाँको सु-स्वास्थ्य,दिर्घायु, शान्ति, समृद्री र विकास तथा प्रगतिको कामना गर्दछु !
ReplyDelete