2023-04-06

साेच - तिमी

 👉तिमी 👈

बन्दा जस्तै छु भन्थ्यो उ आफुलाइ,
नियाल्दै गइन्, प्याज झैँ पिरोलिन्थ्यो,
भावुक र सम्बेदनशिलताको मतियार उ,
भावुकतामा भावना च्यापेर,
जिम्मेवारी पैतालाले कुल्चदै,
काधमा भावनाको सप्कोले,
द्रौपधीका चिरहरण भइ रहेको समाज,
तिमी प्याज जस्तै पटक पटक,
उनको अश्रुमोतिको कारक बनेउ

चोटहरु समेटेर बसेकी उ
तिमी बन्दा बन्ने आशामा,
उ प्याज बिर्सेर टोलाइ रहेकी छ ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।