नेपाल सरकारको सय दिन यसरी वित्यो रे ...! (साभारः गोर्खापत्रको वेव साइटमार्फत)
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठित संयुक्त सरकारका सय दिनका प्रमुख काम र उपलब्धिहरु
(जेठ ११ - भाद्र १६, २०६६)
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठित संयुक्त सरकारको सय दिनमा भएका प्रमुख काम र उपलब्धिहरू
परराष्ट्र
· प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले मिति २०६६
साल असार ३१ देखि साउन १ गतेसम्म इजिप्टको क्जबrm भ् क्िजभष्पज
शहरमा आयोजना भएको असंलग्न आन्दोलन ९ल्यल-ब्ष्निलभम ःयखझभलत,
ल्ब्ः० को १५औं शिखर सम्मेलनमा भाग लिएको छ । सो अवसरमा विभिन्न मित्रराष्ट्रका
समकक्षीहरुसँग द्विपक्षीय सम्बन्धका बारेमा वार्तालाप भएको छ
।
· भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको मैत्रीपर्ूण्ा
निमन्त्रणामा प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले यही
२०६६ साल भाद्र २ देखि ६ गतेसम्म गणतन्त्र भारतको औपचारिक भ्रमण गरेको छ । भ्रमण दर्ुइ-पक्षीय समझदारी
वृद्धि गर्न, आपसी विश्वास बलियो बनाउन र नेपालको विकासमा सहयोग
बृद्धि गर्न पर्ूण्ा रुपले सफल भएको छ ।
· परराष्ट्रमन्त्रीको श्रावण २६ देखि ३० गतेसम्म भएको भारतको औपचारिक भ्रमणका
अवसरमा द्विपक्षीय सम्बन्धका सबै विषयमा विस्तृत कुराकानी भएको छ ।
· विश्वका विभिन्न मित्रराष्ट्रहरुसँग द्विपक्षीय सम्बन्ध विस्तार गरी नेपालको
हित पर््रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई अघि बढाउँंदै लैजान क्यानडा, ब्राजिल, दक्षिण अप्रिmका र कुवेतमा
नेपाली राजदूतावास स्थापना गर्ने निर्ण्र्ाागरी त्यससम्बन्धी कार्य अघि बढाइएको छ ।
त्यसैगरी श्रीलंका, भारत, संयुक्त राज्य
अमेरिका, क्यानडा, ब्राजिल, दक्षिण अप्रिmका र कुवेतका साथै संयुक्त राष्ट्र संघका
लागि नयाँ राजदूतहरु सिफारिस गरिएको छ ।
· प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकासँग सचिवस्तरीय द्विपक्षीय परामर्श
बैठक सम्पन्न भएको छ ।
· विदेशस्थित नेपाली राजदूतावासहरुबाट आर्थिक कूटनीति कार्यान्वयनसम्बन्धमा भए
गरेका कार्यक्रमहरूको प्रतिवेदन तयार भएको छ ।
· आगामी अक्टोबर १३ देखि १५, २००९ मा आयोजना हुने गैरआवासिय
नेपालीहरुको चौथो विश्व सम्मेलन आयोजना गर्ने सम्बन्धमा गृहकार्य सुरु गरिएको छ । गैरआवासीय
नेपालीसम्बन्धी नियमावली २०६६, पारित गरिएको छ ।
· नेपालस्थित संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्तको कार्यालय ९इज्ऋज्च्-ल्भउब० िको म्याद जुन ९, २०१० सम्म थप गरिएको छ ।
· नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउन स्थापित
संयुक्त राष्ट्रसंघको मिसनको म्याद जुलाई २३, २००९ मा समाप्त
भएपश्चात् नेपाल सरकारको अनुरोधमा सो मितिदेखि अर्को ६ महिनाका लागि संयुक्त राष्ट्रसंघ
सुरक्षा परिषद्द्वारा ग्लष्तभम ल्बतष्यलक ःष्ककष्यल ष्ल ल्भउब ९िग्ल्ःक्ष्ल्० को म्याद
थप भएको छ ।
र्
पर्यटन तथा नागरिक उड्डयन
· चीन, हङकङ, संयुक्त अधिराज्य,
जर्मनी र थाइल्याण्डमा पर्यटन पर््रवर्द्धनसम्बन्धी कार्यक्रम तयार भएको
छ ।
·र् पर्यटन क्षेत्रमा पर्ूवाधार विकास गर्ने प्रयोजनको लागि
विभिन्न स्थानमा ५ वटा केवुलकारको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन तयार भइरहेको
छ ।
· काठमाडौँ र नगरकोटको सौन्दर्यीकरण कार्य भइरहेको छ । नगरकोटलाई पर्यटकीय केन्द्र
बनाउन सो क्षेत्रको गुरु योजनाको मस्यौदा तयार भै सकेको छ ।
· बाराको नीजगढ -डुम्मरवाना गाउँ विकास समिति) मा प्रस्तावित दोश्रो अन्तर्रर्ााट्रय विमानस्थल निर्माण गर्नका लागि विस्तृत
सम्भाव्यता अध्ययन गर्न दोश्रो चरणको वार्ताको लागि सम्बन्धित पक्षलाई आमन्त्रण गरिएको
छ ।
· पोखराको छिन्नेडाँडामा प्रस्तावित क्षेत्रीय अन्तर्रर्ााट्रय विमानस्थलमा फेन्सिङ
कार्य भैरहेको छ । भैरहवाको
गौतमबुद्ध विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्न दातृ निकायसँग छलफल गरी बजेट
विनियोजनसमेत गरिएको छ ।
· नेपाल वायुसेवाको आन्तरिक उडानतर्फरहेका ट्वीन अटरको संख्या चारवटा पुर्याइ आन्तरिक हवाई उडान नियमित बनाईएको छ ।
भूमिसुधार तथा व्यवस्था
· उच्चस्तरीय भूमिसुधार आयोग तथा सुकुम्वासी समस्या समाधान सुझाव आयोगको प्रतिवेदन
तयार गर्ने प्रयोजनको लागि अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिइएको छ ।
· जमिनमा रहेको द्वैध स्वामित्व अन्त्यका लागि मोही र जग्गाधनीबीच जग्गाको बाँडफाँडको
लागि निवेदन दिने र कारवाहीको टुंगो लगाउने थप म्यादको व्यवस्थाको निम्ति भूमिसम्बन्धी
ऐन, २०२१ मा संशोधनको क्रममा रहेको छ ।
· मुक्त कमैया पुनर्स्थापन तथा वृत्ति विकाससम्बन्धी प्रतिवेदन २०६४ लाई अद्यावधिक
गरी प्रकाशित गरिएको छ ।
· १० वटा मालपोत कार्यालयहरुको सरकारी, र्सार्वजनिक जग्गाको
लगत पुस्तिका प्रकाशन भएको छ ।
· सेवा प्रवाहलाई सरल र व्यवस्थित तुल्याउन जिल्लास्थित मालपोत कार्यालयहरुमा
टोकन प्रणाली लागू गरिएको छ ।
· विभिन्न जिल्लाका २७ वटा मालपोत कार्यालयहरुमा रहेको भू-स्वामित्वसम्बन्धी लगत कम्प्युटरिकृत गरिएको छ ।
· मुक्त कमैया पुनर्स्थापन समस्या समाधान आयोग गठन आदेश २०६६ स्वीकृतिको अन्तिम
चरणमा रहेको छ ।
· २,८१२ मुक्त कमैया परिवारलाई पुनःस्थापन गरी जग्गाधनी
प्रमाण पर्ूजा वितरण गरिएकोछ ।
· २,४७३ मुक्त कमैया परिवारलाई घर निर्माणको लागि आर्थिक
अनृुदान रकम उपलब्ध गराइएको छ ।
· अन्तर्रर्ााट्रय श्रम संगठनको सहयोगमा मुक्त कमैयालाई प्रदान गरिने तालिम -सिकर्मी, डकर्मी, विद्युत जडान, आधारभूत
कम्प्युटर तालिम, मोटर ड्राइभिङ्ग गरी २६ प्रकारका) कार्यक्रमको छनौट भई कार्यान्वयनको चरणमा रहेको छ ।
भौतिक योजना तथा निर्माण
· विगत समयदेखि निर्माणको क्रममा रहेका १७ वटा पुलहरुको निर्माण कार्य सम्पन्न
भएको छ ।
· ३०० किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गर्नुका साथै १५० किलोमिटर सडक खण्डास्मितमा र
२३५ किलोमिटर सडक कालोपत्रेमा स्तरोन्नति गरिएको छ ।
· ५० वटा पुलहरुको डिजाइन सम्पन्न भएको छ ।
· विभिन्न प्रकारका ३५५ किलोमिटर सडकहरुको विस्तृत डिजाइन भएको छ ।
· जिल्लास्तरका क्रमागत कार्यक्रममध्ये १०० वटा र सामुदायिक खानेपानी तथा सरसफाइ
आयोजनामध्ये १०६ गरी २०६ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरु सम्पन्न भई ५,०६,९५१ जनतालाई आधारभूत स्तरको खानेपानी सेवा उपलब्ध
भएको छ । साथै, उक्त परियोजना निर्माणका क्रममा दक्ष २८,०५९ र अदक्ष १,०९,११७ जनाले रोजगारी
पाएका छन् ।
· चितवनका कटार, कविलास र शिवनगर गाउँ विकास समितिहरु,
कास्कीका लाहाचोक, भदौरे तामागी र सल्यान गाउँ
विकास समितिहरु, लम्जुङ्गका भोटे ओडार र धमिली कुवा गाउँ विकास
समितिहरु, सुनसरीको भलुवा गाउँ विकास समिति र अछामको घुङरकोट
गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त गाउँ विकास समिति घोषणा गरिएको छ । साथै २४ वटा विभिन्न विद्यालय
र समुदाय क्षेत्रलाई समेत खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
· वनेपा, पनौती, भद्रपुर,
विराटनगर, धरान, राजविराज,
लाहान, जनकपुर, जलेश्वर,
मलंगवा, गौर, कलैया,
वीरगन्ज, हेटौडा, भरतपुर,
पोखरा, वुटवल, भैरहवा,
तौलिहवा, कृष्णनगर, नेपालगन्ज,
धनगढी र महेन्द्रनगर गरी २३ शहरी क्षेत्रहरुमा ५१४८ मिटर पाइप लाइन विस्तार
एवं सुधार गरी थप १० हजार जनसंख्यालाई ढल सुविधा उपलब्ध गराइएको छ ।
· जनकपुर र धनगढीमा २ वटा डिप ट्युवेल निर्माण कार्य सम्पन्न भई थप ३० लाख लिटर
पानी उत्पादन गरिएको छ ।
· भद्रपुर, विराटनगर, धरान,
राजविराज, लाहान, जनकपुर,
जलेश्वर, मलंगवा, गौर,
कलैया, वीरगन्ज, हेटौडा,
भरतपुर, पोखरा, बुटवल,
भैरहवा, तौलिहवा, कृष्णनगर,
नेपालगन्ज, धनगढी र महेन्द्रनगर गरी २१ वटा शहरी
क्षेत्रको लागि ४६ वटा समरसिवल पम्पसेट खरिद गरी पानी वितरण कार्यमा सुधार ल्याइएको
छ ।
· निर्माणाधीन ८१ वटा स्वास्थ्य भवनहरुको निर्माण कार्य पूरा भएको छ ।
· क्रमागत रूपमा रहेका ८९ महत्वपर्ुण्ा प्रशासनिक भवन तथा ऐतिहासिक संरचनाहरुको
निर्माण तथा सुधार गरिएको छ ।
· आ.व. २०६५/६६ मा कार्यान्वयन सुरु भएकोे लोक सेवा आयोगको भवनको निर्माण कार्य सम्पन्न
गरिएको छ ।
· २० वटा पुलहरुको ठेक्का व्यवस्था भई निर्माण कार्य सुरु भएको छ ।
· २०० किलोमिटर तर्राई सडक निर्माण कार्य सुरु गर्न आवश्यक तयारी भइरहेको छ ।
· हिलेपानी-दिक्तेल सडकको स्तरोन्नति कार्य सुरु भएको र
वसन्तपुर-म्याङलुङ सडकको र्सर्भे डिजाइन कार्य सम्पन्न भई ठेक्का
व्यवस्थाको लागि वोलपत्र आव्हान गरिएको छ ।
· पोखरा खानेपानी सुदृढीकरण आयोजनाको मर्दी मुहानदेखि विन्द्यवासिनी पानीपोखरीसम्म
२० इन्च्ाको डक्टाइल
आइरन -विशेष खालको फलाम) पाइप लाइन विच्छ्याउने
कार्य सुरु भई २५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।
· बुटवल खानेपानी सुदृढीकरण आयोजनाको सिस्ने खोलादेखि रामफेदी पानीपोखरीसम्म
१र्०र् इन्च व्यासको ११ कि.मि. डक्टाइल
आइरन पाइप लाइन जडान कार्य सुरु भइसकेको छ ।
· लामो समयदेखि अघि बढ्न नसकेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणकार्य
प्रधानमन्त्रीबाट २०६६ साउन १९ गते उद्घाटन भई तीव्र रूपमा अघि बढाइएको छ ।
· २०६६ असार १४-१५ गते काठमाडौंमा वषर्ाको पानी संकलन गर्ने
सम्बन्धी र्सार्कक्षेत्र स्तरको गोष्ठी सम्पन्न भएको छ ।
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।