2012-01-04

नयाँ नेपाल


नयाँ नेपाल

नयाँ नेपालको बहानामा
परापूर्व संरचनाहरू भत्काउँदै
राजधानी सिगारेर, 
क्रान्त सिंगो मुलुक 
बेवास्ता गर्दै,
हामी टायर र पुत्लाको धुवामा
गणतन्त्रको स्वाद लिइरहेका छोँ ।

नयाँ नेपालको बहाना हामी

राष्ट्रियता छिमेकीलाइ अर्पिदै
फ्ना विभूतिहरू तथानाम गिज्याउँदै
हामी देशभक्तका नाममा
फ्नै माको छाती टेकेर
ताण्डब नृत्यमा मस्त
गडतन्त्रको डिस्को नाची रहेका छँ ।

नयाँ नेपालको बहानामा हामी
गुण्डालाइ शहिद र शहिदलाइ दाहसंस्कार गर्दै
लासमाथी सास थपेर, मूर्दाको बेपारमा तल्लिन
राजनीतिको उद्धोग गर्दै छँ,
अर्थात्, घाटा र नाफाको बेपारमा
व्यापारिक राजनीतिले ग्रस्त
असहमत सहमती अनि निकासहिन गन्तव्यमा
मुलुक र मुलुकबासीलाइ थाङ्नामा सुताउँदै
देशभक्तीको अलाप जपेर
मान्छे मार्ने लाइसेन्स बाँड्दैछ गाणतन्त्र
क्रान्तिकारी छलाङ मार्ने बहानामा ।
अधिनायकवादको हाली मुहालिमा
क्रान्तिकारी कहलिएका हाम्रा लेन्डुप-दोर्जेहरु
वादैवादको घेराभित्र 
गुटबन्दीको  राजनीतिले 
बन्दकीमा देश राखेर
तपाइँ हाम्रै नाम बेचेर
राष्ट्रियता र स्वाभिमानको धज्जी उडाउँदै
कहिले नलेखिने संविधानको नाममा
पटक - पटक फिरौतीको म्याद आफै थप्दै
हाम्रा ६०१ नकचरा हरु
सर्वोच्च नेपाल र नेपालीको 
निरन्तर अपराहरणमा छन्
हाम्रा लठेत नेताहरु ।।। 


- विष्णु प्याकुरेल , हाल: अरब , २०६८ पौष २० बुधबार

2 comments:

  1. Hummmmm!! its really represent to current situation and pain of nepal....Awesome poem..keep it up my dear bro..

    ReplyDelete
  2. ati ramra sughav haru rahe chhan

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।