2023-04-06

गजल - बेहोसी


गजल - बेहोसी

बिताएका हर एक पल, हिजै जस्तो लाग्छ,
तिम्रै मात्र झझल्कोले सताइ रहोस सदा लाग्छ,

एकान्तमा मात्र होइन, भिड वीच तिमी छाउँछाै,
यसैगरी आइ रहाै, हिजो भन्दा बेसी लाग्छ ।

चाहनामा अल्झिएको, बल्झिएको दुइटै मुटु,
कित्ताकाट नगरी नै, नामसारी गराै लाग्छ ।

रोमान्चित हुन्छ मन, तन पनि तिमी संगै,
बेहोसीमा मदमत्त, नसापान भए लाग्छ ।

खाली, शून्य सबैतीर कुनै पल तिमी नदेख्दा,
तिम्रै मनको मझेरीमा, रातदिन रहुँ लाग्छ,

एकान्तमा मात्र होइन, सबैतीरै तिमी छाउँछाै,
तिम्रै नाम मन मुटुमा, हिजो भन्दा बेसी लाग्छ ।
चैत्र २१, २०७९ (2023.04.04)

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।