ऋषि पंचमी बिशेष
*****************
आत्म शुद्धि , ज्ञान शुद्धि र अहम शुद्धिकोलागि ऋषि पंचमी !
======================================
नेपालमा जन्मिएका तमाम ऋषि बृन्दहरुलाई हार्दिक नमन ! ऋषि मुनिहरुले फैलाएको ज्ञान भित्र हामी छिरेर पल्लवित र पोषित भएका हौ वा हाम्रो बोक्रे धाकले उनीहरु द्वारा प्रतिस्थापित मूल्य र मान्यताहरु बिस्थापित गरिएका हुन् ! आउनोस एकछिन मनन गरौँ !
ऋषि मूनिहरुको मानव मात्रलाई आध्यात्मिक देन :
************************************************
विश्वको प्राचिन ग्रन्थ ऋग्वेदमा भेटिएका ४१४ ऋषिहरु तथा ३० जाना ऋषिकाहरुको ज्ञान प्राप्तिस्थल पौराणिक नेपाल थियो ! अझ विशेषगरी भन्नु पर्दा प्राचिन हिमवत खण्ड भित्रको माहाकाली (सरयु नदि ) ,गण्डकी ,कौशिकी (कोशी) नदि बिचको प्रदेशनै प्राचिन ऋषि मूनिहरुको क्रिडास्थल र ज्ञान प्राप्तिस्थल थियो ! आज बैबश्वत मन्वन्तर मात्रका ऋषि मूनिहरुको मात्र होइन हाम्रो ऋग्वेदको समस्त मन्त्र द्र्श्टार ऋषिहरुको पूजा गरिनु पर्दछ र ती ऋषिहरुको पूजा अर्थपूर्ण रुपमा लिइनु पर्दछ ! ऋषिहरु मन्त्रद्रष्टा, मन्त्रस्रष्टा र युगसृजेता वा सर्जक पनि हुन् ! हाम्रो समाजमा चलेका , चलाइएका प्रचलन, प्रथा-परम्पराहरुको श्रोत बिन्दु ऋषिगण नै हुन् ! उनीहरुले विभिन्न विषयहरुमा सोध गरे ! महर्षि वेद व्यासले गहन वेदज्ञानलाइ सुबोध्य पुराणको रुपमा रूपान्तरित गरेर मानव मात्रकोलागि ज्ञानार्जन मार्ग फराकिलो पारिदिए ! चरक, सुश्रुतादिले आयुर्विज्ञानमा अनुसन्धान गरेर मानव मात्रलाई पूनर्जीवन दिए ! जमदग्नि -याज्ञबल्क्यले यज्ञ विज्ञानमा शोध गरे ! वशिष्ठ ऋषिले ब्रह्मविद्या तथा राजनीति विज्ञान तथा विश्वामित्रले गायत्री महाविद्याको रहस्योद्घाटन गरे !
देवर्षि नारदले भक्ति साधना सूत्र दिए ! पर्शुरामले ऊंच-नीचादि जातिगत भेद-वैषम्य निराकरण गरे ! भगीरथले
पानी विज्ञानको महत्व सम्झेर यस पृथ्वीमा गंगावतरण गराउने पुनीत पुरुषार्थ गरेर देखाए ! पतंजलिले योग विज्ञानको विविध साधना मार्ग बताए ! अरु ऋषिहरुले पनि व्यापक सामाजिक हितका काम गरेका हुन् ! यी समस्त गुणकालागि मानव जाति उनीहरु प्रति सँधै ऋणी रहनेछन ! हाम्रा नेपाली संस्कृतिको उन्नायक, युग सृजेता, मूक्ति मार्गको पथ प्रदर्शक, राष्ट्रधर्मका संरक्षक, व्यष्टि-समष्टिको समस्त गति, प्रगति र सद्गतिको उद्गाता ऋषिमूनिहरुनै हुन् ! यस संसारका तमाम रहस्यमय विद्याहरुको खोज, त्यसमाथिको प्रयोग, समाजमा सत्पात्रहरुको शिक्षा दीक्षा, उनीहरुकै सहायताले सम्भव भएको हो ! आजको सामाजिक उन्नति , प्रगति ,अभिमुखीकरण , आधुनिक समाज निर्माण जस्ता महत्त्वपूर्ण कामहरु यीनै महान ऋषिहरुले पहिल्याई दिएको सूत्रको देन हो !
मानव मात्रलाई जीवन र जगत चिन्हाउन ऋषि मूनिहरुले दिएको ज्ञान :
*******************************************************************
आजको जीवन जगत चिन्न षड दर्शनको सूत्रपात ऋषि मूनिहरुलेनै गरिदिएका हुन् ! न्याय (प्रत्यक्ष नै सत्य हो /जे देखिन्छ त्यै साँचो हो - विज्ञानवाद), वैशेषिक (अणुनै सत्य हो ), मीमांसा (बहुदेववाद), सांख्य (द्वैतवाद), वेदांत (अद्वैतवाद) र योग (प्रयोगवाद)। सनातन हिन्दु दर्शन नपढी षड् दर्शन बुझ्न सकिन्न ! हिन्दुहरुको षड्दर्शन मध्ये वैशेषिक दर्शन भौतिक विज्ञानवादी दर्शन हो । यसले आत्मालाइ पनि पदार्थ मान्दछ ! न्याय शास्त्र महर्षि अक्षपाद गौतमले , वैशेषिक शास्त्र लेखे महर्षि कणादले , मीमांसा लेखे आद्याचार्य जैमिनिले , सांख्य शास्त्र लेखे महर्षि कपिलले , वेदांत लेखे महर्षि वादरायणले र योग लेखे महर्षि पतंजलीले ! यहिनै आजसम्म हामी हिन्दू धर्मावलम्बीहरुको अतुलनिय सम्पतिको रुपमा रहीरहेको छ !
यो संसारमा न्याय सिद्धान्त प्रतिपादन गर्ने महर्षि अक्षपाद गौतम , वैशेषिक अणु र परमाणुको पहिचान दिने महर्षि कणाद , मीमांसा सूत्र लेख्ने आद्य आचार्य महर्षि जैमिनि , सांख्य दर्शनका प्रणेता महर्षि कपिल , वेदांत लेख्ने महर्षि वादरायण , योगका सूत्रधार महर्षि पतंजलि , प्रकाशको गति पत्ता लाइदिने महर्षि सायण, बिद्द्युतका आविष्कारक महर्षि अगस्ती , पृथ्वीको आकार पत्तालाउने ऋषि वेदव्यास , योग सिद्धान्त प्रतिपादन गर्ने पतंजली , बिमान शास्त्रका प्रतिपादक र बिमान बैज्ञानिक महर्षि भारद्वाज , पाइथागोरस अघिका गणितका सूत्रधार बौधायन , बैदिक गणित र गुरुत्वाकर्षणका सूत्रधार महर्षि भाष्कराचार्य , औषधि बिज्ञानका प्रणेता महर्षि चरक , आधुनिक सर्जरी चिकित्साका सूत्रधार महर्षि सुश्रुत , रसायन शास्त्र र धातु विज्ञानका प्रणेता महर्षि नागार्जुन , दुनियाँको पहिलो व्याकरण लेख्ने महर्षि पाणिनी र प्राकृतिक चिकित्साका प्रणेता महर्षि बागभट्ट हुन् !
नेपालमा ऋषि मूनिहरुद्वारा संरक्षित स्थान :
******************************************
नेपालको अस्मिता ,अस्तित्व र बर्चस्वमाथि परधर्मिले प्रहार गरिरहेको परिप्रेक्ष्यमा प्रत्येक नेपालीले राष्ट्र र राष्ट्रियता , बैदिक सनातन धर्म , हिन्दू राष्ट्र , राष्ट्रिय एकता सम्बन्धमा छलफल र चिन्तन गर्न सकेनन भने नेपाल र नेपालीहरुको अस्तित्व सदाकोलागि मेटिनेछ ! नेपाल भित्र हामी छौ , हामी भित्र नेपाल बसोस ! नेपालीहरु मात्र बसुन ! नेपालको अस्तित्व र अस्मिता माथि खेलाइएको नाङ्गो नाच समय क्रमले पाखा लागोस !
महर्षि बाल्मीकि (नवलपरासी) , महर्षि पाणिनि (अर्घाखाँची) ,महर्षि श्रृंगी (गुल्मी) , महायोगी गोरखनाथ (गोरखा) का हुन् ! महर्षि कपिल नेपालको कपिलवस्तुको बाणगंगा र विश्वलाई सांख्यदर्शन नेपालले नै दिएको हो ! मीमांसाका प्रणेता प्रसिद्ध ऋषि जैमिनीको जन्म भूमि र तपोभूमि जैमिनिघाट काली र ठेउलेखोलाको दोभान म्याग्दी हो ! महाभारतका रचयिता महर्षि बेदव्यास नेपालको तनहुँ , लमजुङमा जन्मेका हुन् ! लमजुङको मर्स्याङ्दी नदी किनारमा माझी परिवारमा मत्स्यगन्धा बस्थिन् ! नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वसिष्ठ र वामदेव तपस्या गर्थे ! ॐ अक्षरको प्रयोग र विश्वलाईनै शान्तिको मार्ग देखाउने गौतम बुद्ध ज्ञानभूमि, पुण्यभूमि, तपोभूमि, शान्तिभूमि नेपालनै हो ! महर्षि वेदव्यासले तपस्या गरेको व्यासगुफा, पाँचपाण्डव पर्वत, नाग–नागिनीपर्वत, ब्रह्मापर्वत, पाण्डव कुटी आदि पवित्र हिन्दू तीर्थस्थलहरु दार्चुलामा रहेका छन् ! वेदव्यासको तपोभूमि भएकै कारण यस क्षेत्रलाई व्यास उपत्यका भन्ने गरिन्छ ! पौराणिक कालमा माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपोभूमि अर्गली, अत्रि ऋषिका पुत्र दुर्वाशाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिले महादेवबाट १४ वटा सूत्रहरू (अइउण, ऋलृक, ...) प्राप्तगरेको क्षेत्र पणेना दह, महर्षि बिश्वामित्रको तपोभूमि भएर बग्ने नदि भएकीले कोशी नदि ,, कौशिकी तटमै ध्यानमा बस्दा बिश्वामित्रले गायत्री मन्त्र भेटेका थिए ! ॐकार र त्रिव्याहृति (भूर् भुवः स्वः)कौशिकीको मुहानमा आविर्भूत भएको थियो ! कश्यपकै नाम बाट काश्यपी पर्वत चिनिएको थियो र तेहि काश्यपी पर्वतले कालान्तरमा काश्की (जिल्ला) नाम पाएको थियो ! महात्मा कश्यप (विभाण्डक)को आश्रम पनि त्यहि थियो ! जसलाई पुष्याश्रम भनिन्थ्यो ! महर्षि कुशिकले कुश नामक वनस्पतिको खोजी गरेको र तेसलाई धार्मिक कृत्यहरुमा प्रयोग गर्ने चलन चलाएको र कुशिक ऋषि महर्षि विश्वामित्रकै हजूरबा हुनाले र हिमवत्खण्डमा दामोदर उपत्यका नगीचै कुशावर्त भन्ने भूभाग इनको कर्मभूमि भएकाले ई पनि नेपालकै निवासी महान् पूर्खा थिए !
राजा परिक्षितलाइ श्राप दिने शमिक ऋषिको आश्रम बराहक्षेत्रमा थियो ! ब्यासका छोरा शुकदेवले राजा परिक्षितलाइ ज्ञान मार्गको उपदेश बराह क्षेत्र कौशिकी तटमै दिएका थिए ! नेपालको मुस्ताङ्ग जिल्लामा शालिग्राम नामको बिशाल पर्वत छ त्यहीं बाट काली गण्डकी शालिग्राम ओसार्दै प्रवाहित भएकी हुन् ! ऋग वेदमा उल्लेख गरिएको ९० % वनस्पति हाम्रै मुलुक नेपालमा भेटिन्छ ! ब्रह्माजीले गरेको प्रथम बैदिक यज्ञ काली र सेतीको दोभान अर्थात " यत्र सितासिते सरिते संगते " देबघाटमा भएको थियो ! ऋग्वेदले भन्छ " सितासिते सरिच्छेष्ठे देवानाम अपि दूर्लभे " !
बशिष्ठ ऋषि र अष्टाबक्र ऋषिको पहिलो वेदान्त प्रवचन जनकपुरमा भएको थियो ! जनकपुरकै सारंगा नदीमा नुहाएर अष्टाबक्र सोझो भएका थिए ! पुलह ऋषिको पुलाहाश्रम कृष्ण गण्डकीको तटमा थियो ! ‘गण्डकीतटको पुलहाश्रम र मिथिलाञ्चलको जनकपुर ई दुवै उपनिषद् युगका प्रवर्तकनै थिए । प्रातः स्मरणीय महर्षिहरु क्रमशः पुलह, क्रतु, पुलस्त्य, याज्ञवल्क्य, पराशर, विदुषी गार्गी, वेदवादिनी ऋतम्भरा, परमहंस शुकदेव, राजर्षि जनक र महर्षि अष्टावक्र आदिको आध्यात्मिक चिन्तन एसै पवित्र भूमिमा भएको थियो ।
शैव, वोन, मुन्धुम र बुद्धधर्म नेपालमानै जन्मेका धर्महरु हुन् ! वेद, महाभारत र आदिमहाकाव्य रामायण पनि नेपालमै लेखिएका ऐतिहासिक ग्रन्थहरु हुन् ! वैदिक ज्ञानका कतिपय रहस्यहरु नेपालमा मात्र जीवित छन् ! नेपालको राष्ट्रिय झण्डा पनि विश्वको प्राचीन हो ! हिन्दू संस्कृति र दर्शनका महत्वपूर्ण कुराहरु यस हिमवत खण्डको कोशी - गण्डकी प्रदेश भित्र भएका थिए !
यिनै महर्षिहरुका सन्तती हौं हामी ! तर हामीले हाम्रा पूर्खाले प्राप्त गरेको विद्या जान्न र रक्षा गर्न सकेनौं ! दलीय कित्ताबाट माथि उठ्न सकेनौ ! हामीले नेपाललाई राजनीतिक अराजकतामुक्त राख्न सकेको खण्डमा नेपाल विश्वको शिक्षाकेन्द्रकै आँखाको नानी बन्न सक्छ !
प्रवीण अधिकारी ज्यूको फेसबुक वालबाट हुबहु साभार गरिएको ।
सर्वाधिकार लेखक प्रवीण अधिकारी ज्यूमा निहित छ ।

"Después de leer varios artículos técnicos, puedo decir que este análisis sobre el Sustanon 250 es uno de los más completos. Me gusta cómo explican la mezcla de los cuatro ésteres de testosterona y su liberación gradual en el organismo. Es vital entender estos tiempos para evitar picos hormonales innecesarios. ¡Gran trabajo de investigación!"
ReplyDelete