2010-02-11

काण्डैकाण्डको कुम्भ


बंगलादेशको राजधानी ढाकामा सञ्चालित ११औँ दक्ष्ािण एसियाली खेलकुद -साग)मा सहभागी हुन विमान बंगलाबाट ढाका ओर्लेका नेपाली खेल टोली होटल इम्पेरयिलमा लिफ्ट दुर्घटनामा । 
उद्घाटनको दिन छोपिएको नेपालको राष्ट्रिय झन्डा र मार्चपासमा बजेको पुरानो राष्ट्रगानका कारण नेपाली खेल पदाधिकारीहरूको मुख रातोपिरो । 
कबी संघका अध्यक्ष सुनील राजकणिर्कारले संसारका अगाडि आपmना खेलाडी तथा पदाधिकारीहरूमाथि दुव्र्यवहार गर्दा अन्तर्राष्ट्रिय खेल मण्डलमा केहीबेर हल्लीखल्ली । 
आफ्नै खर्चमा साग हेर्न ढाका आएका नेपालीमध्ये प्रवेशमान प्रधान र हसना श्रेष्ठ विरक्तिँदै भन्छन्, "घरभित्र त यस्तो परििस्
थति देखाउँथे देखाउँथे, बाहिर पनि बेइज्जतीको बिस्कुन सुकाए ।" त्यसो त पर्याप्त प्रशिक्षणको अभाव झेलेका ११औँ सागका सहभागी नेपाली खेलाडी र प्रशिक्षकहरूमा सुरुमै आत्मविश्वासको अभाव थियो । त्यसमाथि व्यवस्थापकीय कमजोरीका कारण खेलाडीहरू आउँदा आउँदै दुर्घटनामा परे । खेल पदाधिकारीहरूको दादागिरी र व्यवस्थापकीय कमजोरी
आपmनो ठाउँमा छँदै थियो  
यस्
तो अवस्थामा नेपाली खेलाडीहरूले कांस्यभन्दा माथिको पदकमा आशा गर्नु दुस्साहस मात्र देखिन्थ्यो । महिला धावक केशरी चौधरी र महिला पौडीबाज करश्िमा कार्की नै अन्ततः यस्तो मनस्िथतिमा थिए । उनीहरूले तालिमको कमी र व्यवस्थापकीय कमजोरीका कारण ढाका पुगेका प्रायः सबै खेलाडी द्विविधामा परेको बताए । भारत्तोलनमा निणर्ायकको भूमिका निर्वाहका लागि ढाका आएका सञ्जय महर्जन भन्छन्, "प्रशिक्षणमा जोड दिएको भए यो अवस्था आउने थिएन ।"
तर, अहिले नै समयमा आश मार्नुपर्नेर् स्
िथत भने छैन । छोटो समयमा यत्तिको प्रगति गरेको नेपाली टोलीका लागि विगतमा भन्दा स्िथति प्रतिकूल भए पनि केही उपलब्धिको सम्भावना अझै देखिन्छ । निराश भए पनि खेलाडीहरूले जोस मारेका छैनन् । यति हुँदाहुँदै पनि खेल पदाधिकारीहरूको ताल आफ्नै प्रकारको छ । लिपmट दुर्घटनाको समयमा होटल परसिरमा भेटिएका राखेप सदस्यसचिव तथा सेभ दी मिसन हरबिाबु चौधरी भन्दै थिए, "अहिले म हतारमा छु, पछि कुरा गरौँला ।" ढाका आउनुअघि नेपालले आपmनो प्रदर्शनीमा कुनै कमी आउन नदिने बताएर नथाक्ने चौधरी खेलाडीहरूको दुःखमा भन्दा पनि मिटिङ्को हतारोमा थिए । उनी आपmनो जम्बो टोली स्वर्ण पदकबिना ढाकाबाट फर्किने कुरामा त्यति चिन्तित थिएनन्  
उता, ब्याडमिन्टनका प्रबन्धक रामजीबहादुर श्रेष्ठ आपmना खेलाडीले एक कांस्य हात पारेकामा निकै खुसी थिए । कमसे कम खाली हात र्फकनु नपरेको भन्दै उनले खुसी व्यक्त गरे । जुडोेका खेलाडीहरूले भने ढाकामा पहिलो दिनदेखि नै परष्िाद्को भूमिकाप्रति सन्तुष्टि जनाइरहे । यही टोलीले ढाका आइपुग्नेबित्तिकै दुर्घटनाको सामना गर्नुपर्‍यो, जसलाई नेपाली खेलकुदमा अर्को कालो दिनको संज्ञा दिइएको छ 
यस दुर्घटनाले सबै खेलाडीलाई मनोवैज्ञानिक दबाबमा पार्‍यो । त्यसमाथि राष्ट्रियताको कुरा गरेर नथाक्ने नेपाली खेल पदाधिकारीहरूले रंगशालामा आफ्नो देशको झन्डा कहाँ र कुन रूपमा छ भन्ने भेउ पाएनन् । राष्ट्रगान पनि पुरानै बज्यो । झन्डा र राष्ट्रगानले सारा राष्ट्रको प्रतिनिधित्व गर्छ भन्ने हेक्का खासै राखेनन्, उनीहरूले  
खेलाडीहरूलाई पर्याप्त प्रशिक्षणबिनै मैदानमा उतार्ने मूर्खता पहिल्यै भइसकेको थियो । परण्िााम, हकी र ह्यान्डबलमा नेपाली टोलीको प्रदर्शन निकै दयनीय भयो । तर, हक्कीका अध्यक्ष तथा ओलम्पिक कमिटीका उपाध्यक्ष उमेशलाल श्रेष्ठ भन्छन्, "आउँदा दिनमा हामी टोलीलाई सशक्त बनाउनेछौँ ।" 
सागको आधासम्म आइपुग्दा पुरुष फुटबल टिमको हातमा शून्य लाग्यो भने महिला फुटबल साख जोगाउने प्रयास रह्यो । किन हो निकै हतारोमा देखिएको नेपाली फुटबल टोलीले खेल पनि त्यस्
तै हतारोमा खेल्यो । बंगलादेश र माल्दिभ्ससँग हतारमै पराजित भयो । माल्दिभ्ससँगको खेलमा स्ट्राइकर जुमानु राईमाथि रेप|mीले गरेको दुव्र्यवहारले केही क्षण नेपाली समर्थकहरूलाई पनि तताएको थियो । महिला टोलीले भने आफूलाईर् दरलिो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । खेल प्रबन्धक विमला थापा भन्छिन्, "अन्तर्राष्ट्रिय रूपमा अब हामी दरलिो भएका छौँ ।" 
माघ १५ गते बिहान ढाका महानगर ११आँै सागमय थियो । सार्क राष्ट्रका खेलाडीहरू आ-आफ्नो स्
थानबाट उद्घाटन खेलको तयारीमा जुटेका थिए । तिनै समूहमध्येको नेपाली टोली अचानक चार तल्लाको लिफ्ट चुँडिएर ग्राउन्ड फ्लोरमा बजारयिो । नेपाली खेलाडीहरूलाई रंगशाला पायक स्थानमा राखिएको बताउँछन् डिपुटी सेफ दी मिसन तथा राखेप सदस्य खड्गबहादुर रानाभाट । तर, थोत्रो लिफ्ट दुर्घटनामा जुडो र भारत्तोलनका खेलाडीसहित राखेपका पदाधिकारी डेमबहादुर बस्नेत घाइते भए । दुर्घटनामा जुडोकी देवुु थापामगर र भारत्तोलनका गोपालबहादुर श्रेष्ठ सख्त घाइते भए  
कसरी भयो त दुर्घटना ? यस प्रश्नको सहज जवाफ थिएन, नेपाली खेल पदाधिकारीहरूसँग । डेपुटी सेफ दी मिसन रानाभाट यसलाई आकस्
िमक दुर्घटना बताउँदै भन्छन्, "हामी यसले खेलमा पार्ने नकारात्मक असरलाई चिर्नेमा केन्दि्रत छौँ ।" तर, दुर्घटनापछि स्क्वायर हस्िपटलमा पुर्‍याइएका भारत्तोलक गोपालबहादुर श्रेष्ठले भने, "यसको जिम्मेवारी राखेपले लिनुपर्छ ।"
त्यही बेला शय्यामा रुँदै थिइन् जुडोकी खेलाडी देवु । हुन पनि उनी जुडोकी स्
वर्ण पदककी दावेदार थिइन् । केही दिनको अस्पताल बसाइपछि सोझै खेलमा उत्रिएकी उनले ६३ किलो तौल समूहको कांस्य पदक जित्न सफल भइन् । घटनापछि स्तब्ध नेपाली खेलाडीहरूलाई सान्त्वना दिन अस्पताल जानुको साटो ओलम्पिक बैठकतिर लागेका सदस्य-सचिव चौधरीलाई ११ औँ सागमा नेपालको उपलब्धिबारे सोच्ने फुर्सद अझै छैन । दुर्घटनामा परेका जुडो प्रबन्धक धर्मरत्न पाक्ष्ाी भने एकतमासले खुसी छन्, "यतिका मानिस यत्रो दुर्घटनामा परेर बाँच्नु नै उपलब्धि हो ।"
स्रोतः नेपाल
-सुधीर नेपाल 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।