2010-01-27

बिमानस्थलमा उच्च सर्तकता




धम्कीपछि त्रिभुवन बिमानस्थलमा उच्च सर्तकता


काठमाण्डौ  । आतंकबादी समुहहरुले भारतीय बिमान कम्पनि एयर इण्डियाका बिमानहरुलाई अपहरण गर्ने धम्की  आएका समाचारहरु प्रकासित भएपछि त्रिभुवन बिमानस्थलमा शुरक्षाब्यवस्था कडा बनाईएको छ । त्रिभुवन बिमानस्थलमा नियमित चेकजाँच अन्र्तगत केहि उच्च सर्तकता अपनाईएको शुरक्षा श्रोतले जनाएको छ । अन्र्तराष्ट्रिय आतंकबादी समुहहरुले दक्षिण एशियाका कुनैपनि मुलुकबाट एयर इण्डियाका बिमान अपहरण गर्ने चेतावनी दिएपछि  त्रिभुवन बिमान स्थलमा पनि उच्च शुरक्षा सर्तकता अपनाईएको हो । सन् १९९९ को डिसेम्बरमा त्रिभुवन बिमान स्थलबाट उडेको भारतीय बिमानलाई आतंकबादी समुहले अपहरण गरेर अफ्गानिस्तान लगेको थियो । त्यसैगरी  अन्य सार्कमुलुकहरुमा पनि बिमानस्थलमा उच्च सर्तकता अपनाईएको बताईएको छ । 

साभारः ABC News


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।