फोल्डर हाइलाइट
एउटा सानो तर कम्प्युटरका फाइल-फोल्डहरूलाइ रंगिन बनाउन निकै उपयोगी टुल हो । यसले
जस्तो सुकै फोल्डरको पनि रंग परिवर्तन गर्न सक्छ ।
यद्यपि,
विन्डोजमा यसका लागि पूर्ववत् नै फोल्डरका आइकन लाइ कस्टमाइज गर्न सकिने सुविधाहरू उपलब्ध नभएका भने
होइनन् । तर विन्डोजमा भएको भन्दा छोटो अनि सबैका लागी सहज र सरल छ यो प्रोग्राम ।
तपाइ, आफूले रंग
परिवर्तन गर्न चाहेको फोल्डरलाइ right-click गरेर चाहे अनुरूपको रँग विना अन्य
झन्झट नै परिवर्तन सक्नुहुनेछ । यसबाट, तपाइले चाहेको रँग परिवर्तन गर्दा स्मरण
गर्न सजिलो त हुन्छ नै साथै विभिन्न रँगका कारण फोल्डर पत्ता लगाउन पनि सहज हुन
जान्छ ।
आशा छ तपाइहरूलाइ यो प्रोग्राम मन पर्ने
छ । यो तलको लिङ्कमा क्लिक गरि डाउनलोड गर्नुहोस् र तपाइको कम्प्युटरमा यसलाइ इन्सटल गरेर यसको फाइदा
उठाउनुहोस् ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् वा यहाँ क्लिक गर्नुहोस्।
सार्है उपयोगी जानकारी पस्कनुभयो तपाईले । मेलै पनि डाउलोड गरी हाले है । धन्यवाद है जानकारीका लागि ।
ReplyDelete