2015-08-19

नाग पंचमी - प्रवीण अधिकारी

सर्बे नागाःप्रियन्ताम मे ये केचित पृथिवीतले !
ये च हेलिमरिचिस्था येन्तरे दिवी संस्थिता: !!
ये नदिशु महानागा ये सरस्वतिगामिन:!
ये च वापीतडागेशु तेशु सर्वेशु वै नमः !!
- भविष्य पुराण ,ब्राह्म पर्व ३२/३३
प्रत्येक पंचमी तिथिका अधिपति नाग देवता हुन् ! त्यसकारण श्रवण शुक्ल पंचमीमा नागको बिशेष रुपमा पुजा गर्ने बिधान र परम्परा चलेर
गयो ! हिन्दु चन्द्र मास अनुसार श्रावन शुक्ल पूर्णिमाको दिन श्रवण नक्षत्र
पर्ने भएको हुँदा यो महिनालाई श्रावण महिना भनिएको हो ! प्राचीन पूर्वीय संस्कृतिमा शिवले सर्प आफ्नो गलामा र भगवान विष्णुले शेष नाग माथि आराम गर्नु , गीतामा भगवान कृष्णले आफुलाई नागहरुमा म अनंत (शेष नाग) हूँ भन्नु तथा देव-दानव मिलेर समुद्र मंथन गरिंदा वासुकी नागले जनहितको लागि गरेका काम पूर्वीय समाजले बिर्सेको छैन ! पुराणहरु अनुसार यो पृथ्वी शेषनाग को फणामा अडेको छ !
हिन्दु धर्मावलम्बी महिला ब्रतालुहरुले दुवै पक्षको पंचमी तिथिलाई उत्तिकै महत्व दीइ ब्रत बस्द्छन ! नाग पंचामिको दिन गाइको गोबर ढोकामा लगाई त्यसमाथि सर्पको आकृति टाँसी उक्त आकृतिलाई दूध, दही, दुवो , फूल , अक्षता , कुश , अवीर र नैवेद्द राखी पूजा गर्ने चलन छ ! नाग देवताको लागि श्री खण्ड चन्दन विशेष प्रिय मानिन्छ ! त्यसैले श्री खण्ड चंदन को प्रयोग अनिबार्यतः गर्नै पर्दछ ! "कालसर्प योग' दोष शान्तिकोलागि पनि नागपूजा जरुरी ठानिन्छ !
- प्रवीण अधिकारी ज्युको फेसबुक वालबाट

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।