2010-10-31

लुतो बोकेका नेताहरू

फोटो स्रोतः Telegraphnepali.com
लुतो बोकेका नेताहरू

हाम्रा राष्ट्रवादी नेताहरू,
सत्ता बाहिरमात्र छिमेकीको मिचाइ देख्छन्,
विदेशीको विस्तारवादी सोच सुन्छन्
अनि राष्ट्रियता कुन दुलोबाट
फुत्त बाहिर निस्कन्छ र
भन्छन् -
छिमेकीले नेपालमा प्रम बन्नै दिएन ।
लाज पचेका नकचराहरू
मुलुकको स्वाभिमान र स्वाधीनतालाई
दासताको साङ्लोमा बाँधेकाहरू
निजी स्वार्थका बन्धकहरू
किन पटक-पटक मातृभूमी को
बलात्कारमा उद्धत छन् ?
र भन्छन् विदेशीले प्रम बन्नै दिएन ।
सरकारवादीहरू,
अ-सरकारवादीहरू
जसो तसो दिन कटाउन अभ्यस्त
सभासदहरू
सत्ता, भत्ता र भ्रमणमा मुलुक बोक्ने
नेताहरू, मन्त्रीहरू, र सरकारहरू,
संविधानलाई लुतो बनाएर
मुलुकभरि संविधान कन्याउँदै हिँडनेहरू
धिक्कार छ ! तिमीहरू जस्ता धूर्त नालायकलाई
धिक्कार छ ! तिमीहरू जस्ता कपूत सभासदहरूलाई
१४-१४ पटक प्रम छान्न नसक्ने
नपुंसकताको ट्याग भिरेका हरू
अझै कति राष्ट्रलाई
अनिर्णयको बन्दी बनाउ छौं ?

-विष्णु प्याकुरेल, उदयपुर

साताका सात दलालीहरूः (विस्तृत पढ्नका लागी तलका हेडलाइनमा क्लिक गर्न सक्नु हुनेछ ।)
  1. ठेक्काको कमिसन विवादमा माओवादीबीच कुटाकुट
  2. 'तीन दलका कारण संविधान लेखनमा अवरोध'
  3. न्यायाधीश नियुक्ति संयन्त्रमा सहमति हुन सकेन
  4. १४ औं चरणको निर्वाचनमा पनि देशले नयाँ प्रधानमन्त्री पाएन
  5. माओवादीद्वारा कामचलाउ सरकारले नीति तथा कार्यक्रमविनाको पूर्ण बजेट ल्याउन नपाउने भन्दै विरोध
  6. सेना कव्जा गर्न माओवादी तल्लिन छः शान्त्रिमन्त्री चेम्जोङ्

  7. कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नगर्ने 

 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।