जीन्दगीमा ढोकाहरू खुल्लै राख्नु पर्छ,
पूर्व पश्चिम राजमार्ग झैँ, बनीहरनु पर्छ,
अलिकता आशा दियो जलाइ राखे राम्रो
के था भोलि कतै नयाँ दियो बाल्नै पर्ने हुन्छ ।
आशाहरू यस्तै न हुन्, ब्युँताइ रहनु पर्छ,
तिम्रा मेरा सपनाका, त्यान्द्रा साँची रहनु पर्छ,
आशै रहे, जीवन हुन्छ, मरे एउटा लास न हो,
के था भोलि कतै नयाँ बाटो कोर्नै पर्नु हुन्छ ?
भरोसाको एटा दियो, बालेकी छाै त्यतै कतै,
बिस्वासको गाग्रो भित्र मुट्ठीभरको आश कतै,
मन भनेको मनै त हो, माैसम सँगै बगी जाने,कोरिएका बाटा कतै फेरिन पो सक्छ ।।