2013-04-15

स्वाभिमानमा परेको बेला बेलाको धक्का


टाटा कम्पनीले भन्यो, 'नेपाल भारतको एक राज्य'
सोतः Copy Paste from Nepali Headlines
यसको Original लेखका लागि यहाँ क्लिक गर्नुहोला

भारत नेपाललाई सकेसम्म छुट्टै देश भन्दा पनि भारतको एउटा हिस्सा अर्थात राज्य भन्न रूचाउँछ र यस्ता व्यवहार तथा भनाईहरू पनि बेला-बेलामा सार्वजनिक हुने गरेका छन् । एउटा छुट्टै अस्तित्व बोकेको नेपाललाई भारतले आफ्नो राज्य भन्नु साच्चै पनि नेपाल र नेपालीप्रतिको भारतको हेपाहा प्रवृति हो । सिमा मिच्ने र नेपालका मामला जबरजस्ति प्रत्यक्ष हस्तक्षेप भारतका सरकारले मात्र नभई गर्ने नभई त्यहाँ रहेका कम्पनी तथा ठुलाबडा नाम चलेका मानिसहरूले समेत यस्तै भाषा र व्यवहार गर्ने गरेका छन् । यस्तैक्रममा भारतको चर्चित मोटर कम्पनी टाटा मोटर्सले पनि नेपाललाई एक राज्यका रूपमा विगत लामो समयदेखि इंगित गर्दै आएको छ । 

टाटा मोटर्सले नेपाललाई भारतको एक राज्यका रूपमा लिने गरेको छ । नेपालमा टाटा मोटर्सबाट आउने हरेक सामानमा लाग्ने गरेका ट्यागमा नेपाललाई भारतको एक राज्यको रूपमा इंगित गर्ने गरेको छ । नेपालमा मोटरका पार्टसहरू पठाउँदा उसले काठमाडौलाई एक शहरनेपाललाई भारतको राज्य भनेर इस्टिकर टाँस्ने गरेको छ । विगतका केही वर्ष देखीनै यसरी सामान पठाऊँदा नेपालमा रहेको सिप्रदी कम्पनीले भने यस विषयमा अहिलेसम्म पनि केही बोलेको छैन् । टाटा मोटर्सको आधिकारिक बिक्रेताका रूपमा कम्पनीकै रूपमा काम गर्दै आएको सिप्रदीमा आउने मोटरका हरेक पार्टसका बक्सहरूमा नेपाललाई राज्यको रूपमा इंगित (ट्याग) गरेर नेपाल पठाउने भएपनि अहिलेसम्म नेपालका तर्फबाट अहिलेसम्म यस विषयमा कुनै कुरा उठाइएको छैन् । 
भारतबाट सामान भित्राउने कम्पनीले आफ्नो देशलाई भारतको राज्यको रूपमा स्विकार गर्दै उसका सामानहरू बेचिरहेको छ साथै देशको स्वाभिमानअस्तित्वलाई समेत बेच्न छाडेको छैन् । यसरी देशको अस्तित्व तथा स्वाभिमानलाई नै बेच्ने सिप्रदी र एउटा छुट्टै अस्तित्व बोकेको देशलाई आफ्नो राज्य भएको इंगित गर्ने कम्पनीहरु विरूद्ध न त नेपाल सरकार नै बोलेको छ न त जनताले नै यसलाई बाहिर ल्याउन सकेका छन् । जनताहरू टुलुटुलु नेपाललाई भारतको राज्य बनाइएको ती बक्सहरू हेरेर चुक्कचुक्क गर्ने बाहेक अन्य केहि गर्न सकेका छैनन् र नेपाली मिडियाको पनि यसमा राम्रो आँखा पुगेको देखिएको छैन् । 
यसरी देशको अस्तिस्वलाई नै बेचेर सामान बेच्ने कम्पनी र सामान पठाउने दुवै कम्पनीलाई कारबाही गर्नु सरकारको दायीत्व हो तर सरकारलाई यस बारे थाहा छैन् या थाहा भएर पनि चुपचाप छ त्यो भने नेपालको सरकारलाई नै प्रश्न गर्नुपर्ने बेला आएको छ । यसरी देशलाई अर्काको देशको राज्य भनेर ट्याग लगाइएको यस्तो हेपाहा प्रवृतिको चाडो अन्त्य हुनुपर्छ । यसका लागी सरकारले पहिले उचित कदम चाल्ने र सिप्रदी जस्ता भारतीय दलाललाई कारबाहीको दायरामा ल्याउनु जरूरी छ । देशको अस्तित्वलाई नस्विकार्ने कम्पनीलाई यही देशमा बसेर कमाउने बाटो दिनु नेपालीको आत्मसम्मानस्वाभिमानमा ठेस पुर्याउनु हो । त्यसैले तत्काल यस कार्यलाई रोक्नु आवश्यक छ ।



No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।