2010-11-14

गजल - सन्तोष पौडेल,


झलमल घाम सँग वर्षा पनि आको बेला
कस्तो होला तिमी र म संग संगै भाको बेला ।
एकलासमा प्रकृतिमा मेरो साथमा तिमी हुँदा


इन्द्रेणीको सप्तरंगी प्रकृतिले पाको बेला ।
आफन्तको आँखा छली घुम्न पाउँदा साह्रै मजा


क्याम्पस जान्छु भनी-भनी तिम्लाइ भेट्न धाको बेला ।
तिमीसंग गफ चुट्दा जीन्दगीको मजै बेग्लै
आकासको जूनतारा झार्ने कसम खाको बेला ।


कुरा मिलाइ तिम्रो हात पाउने पक्का भएपछि
तिम्रो सिउँदो रङ्ग्याउन यज्ञमण्डप गाको बेला ।


सन्तोष पडेल, काठमाण्डु

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।