2011-06-08

हाम्रो संविधान हामीलाइ देउ ।

यो फेसबुकाँ ४२० नै किन भन्छ खै ? अलीकति बढी भो की ४२० भन्दा धेर भो थोरै लेख भनो तेसैले मैले त यतै लेखेँ है ।

आज दश दिन पनि बितेछ, करारमै भए पनि जागीरेहरूले मिति थपेका । १० दिन अगाडीसम्म अब यसो होला, अब उसो होला भन्दै चिया पसल देखि साइँलीका भट्टीसम्म घुस्याहा कर्मचारीदेखि दारीवाल नामका ब्रम्हचारीसम्मको गाँइनेले रटेको उही रटान थियो । क्या ताल पारेरै ६०१ ले हामी मिलेम अब तीन तीन महिनाको सुइलार यो संविधान सभाको म्याद थप्ने भएम । जनता जीहरू पनि लामै सास ताने र भने बल्ल ठूलो दूर्घटना बाट धन्न जोगाए । तात्तो न छारो । हुने चैँ फेरि त्यही हुन्थ्यो जे लैनचोर दर्वारले भन्थ्यो । यसपाली पनि त्यही भयो जे भनिएको थियो । हैन हाम्रा नेता कलाकार हुनु पर्ने हो ।

यो विषयमा मलाइ दिलिप जीको ब्लगमा पढेको कुरो याद आउँछ । रूजवेल्ट, सस्ता नेता र नेपाली राजनीतिको रियालिटी शो ।  साँची कुरो त गज्जबै हो । यी कलाकारहरू हाम्रा हिरो हिरोइन भन्दा त कति माथी माथी । जे होस फिलिममा झैँ सस्पेन्स खुल्न जहिले भालेको कुखुरी काँ नै कुर्नु पर्ने । यो पनि गज्जबै हो के तरिका त ।

जसो तसो प्रिकास्टेड सिनेमाको सस्पेन्स १५ गते बिहान खुलेछ । भालेको डाकसंगै त्यो पनि । हैन तर यो संविधान नबनेर के आकाशै खस्यो त ? खसेन नी । कि पृथ्वी नै उथल पुथल भो त ? त्यो पनि भएन । तर हुन चैँ के भो त ? एउटा नयाँ कुरो भयो त्यो के भने ३ महिना । तर अब भदउमा आउला त संविधान ?


कमरेडहरू सबै तीतरबितर हुँदैछन् खै हुँदैन । बन्दैन यो संविधान । फेरि ३ महिनाको सुइ लारै छाड्छन् नेताले । बरू एकै पटक बन्ध्याकरण नै गर्नु नी ढुक्क ।

एकताका त खुब युवाहरू पनि तातिएकै थिए तर फेरि यो म्याद थपेसी सबै चुपचाप । हैन किन ह जैले नी डेट एक्सपायर हुनै लाग्दा मात्रै कानमा हावा छिर्ने सबैको ? अहिले देखि नै सबैले सबै क्षेत्रबाट झक्झकाइ रहनु नी । हुन त अब के भन्नु, पुलीसले खोजी गरेको, र पुलिसकै रेकर्डमा फरारहरू हाम्रा मन्त्री पदमा एकै रत्ती नी लाजसरम कै नभै हाँसी हाँसी मन्त्रीको जागीराँ विराजमान छन् । खै कस्लाइ पो के भन्नु र ?

चोर र घुस्या भइएन भने त नेपालमा नेता नै हुन असम्भव ।


३ महिना धेरै ठूलो समय हो । सबैले सबैक्षेत्रबाट एउटै स्वरमा संविधान माग - हाम्रो संविधान हामीलाइ देउ । 




2 comments:

  1. गज़ब लाग्यो पोष्ट बिष्णुजी, मेरो ब्लग तिर पनि आउदै जादै गर्नु होला है, ठेगाना यसप्रकार छ । krishnapaksha.blogspot.com

    ReplyDelete
  2. विष्णु जी खै त ....अरु कुनै उपाय पनि त छैन नि ........ !
    विश्वासका पात्र भनाउदा हरु नै ... हुती हारा परे !

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।