2011-04-14

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

सबै नेपाली एक हौ भन्ने भावना प्रस्फुटित होस्!
औचित्यहीन बहसहरु बन्ध भई देशमा औचित्यहिन्ताको तगारो टुटोस!
नेतामा एकता, कर्म निष्ठता र राष्ट्रप्रेम जागोस्,
कर्मचारीहरू कर्मनिष्ठ र उत्तरदायी बन्न सकुन् ,
मुलुकबाट अन्योलताका काला बादलहरू फाटुन्,
हामी जनतामा - हिमाल-पहाड-तराइ हामी मात्र नेपाली,
भन्ने भावनाको विकास होस् ,
जातीयता, विभेद, छुवाछुत जस्ता असामाजिक कूसंस्कारहरू उन्मूलन हुन्,
नेपालीले अनेपाली हुन नपरोस्,
द्वन्द हटोस्, कलह हटोस्, मति विग्र्या नेताहरूमा सद्बुद्भी पसोस् ,
हामी सबै नेपालीमा मातृप्रेम जागोस् .......
२०६८ ले हामी लाइ शान्ति  र सु-ब्यबस्था सहितको नयाँ संभिधान दिन सकोस्,
नव बर्ष २०६८ को हार्दिक मंगलमय शुभकामना!

- विष्णु प्याकुरेल

1 comment:

  1. नव वर्ष २०६८ को उपलक्ष्यमा विष्णु जी यहाँको सु-स्वास्थ्य,दिर्घायु, शान्ति, समृद्री र विकास तथा प्रगतिको कामना गर्दछु !

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।