2010-10-15

लु दशैँ बहिस्कार गरोँ, लु दशैँ स्वीकार गरोँ

सबै नोटंकीहरू नातटक गर्छन् , 
कोही स्वीकार्छन त कोही बहिस्कार गर्छन् । 
नेताले त बर्बाद मात्रे पारे यहाँ । 
जातीका कुरा गर्छन् कोही, 

नेपाली हु नी भन्छन् तीनै 
समाज समाज टुक्रयाएर, 
मान्छे मान्छे छुट्याएर, 
नेपाली नेपाली लडाएर 




खुब राष्ट्रवादको गाना गाउँछन् यहाँ ।
 
लु दशैँ बहिस्कार गरोँ, 
लु दशैँ स्वीकार गरोँ । 

कुनै जातीका नाममा, कुनै वर्गका नाममा राजनीति गर्नु शायद, कदाचित मुलुकको हितमा देख्नु दूर्भाग्य शिवाय अरू केही हुन सक्दैन । 
हुन त नेपाली कर्मचारीलाइ काम भन्दा चार्ड-पर्व धेरै भाछन् । वर्षमा जम्मा एक दिन मात्रै चार्ड मनाए हुन्छ । गरिबका घरमा चुलो बल्न छोडेका बेला यस्ता चार्डको कुनै महत्व हुन्न । यो अर्थमा ठिकै छ । 
तर खाली बाहुन बाहुन बाहुन वा हिन्दु भनेर हेय दृष्टीले हेरिनु भनेको चैँ पढेलेखेका विद्वान मूर्ख भन्दा अनुचित नहोला । यहाँ जात होइन अाचरण र प्रवितृको तिरस्कार जरूरी छ । सबै मिली एक भएर जनहितका कुरा गरे, जन उत्थानका कुरा गरे कती राम्रो हुन्थ्यो होला । 
को जनजाती ? कस्तो जनजाती ? के नेपाली मात्र भन्न मिल्दैन र ?

2 comments:

  1. कुनै जाती वा बर्गको नाम मा राजनीति गर्नु अवस्य पनि अनचित कार्य होइन एक अर्का बीच झै झगडा को बिज मात्र हो आफ्नो देशलाई अधोगतितिर धकेल्ने कु-प्रयास हो । जबसम्म नारी र पुरुष दुई जात अनि हाम्रो नेपाल र हामी नेपाली हौ भन्ने भावनाको बिकसित् हुँदैन तब सम्म नेपाल र नेपालीको बिकास उत्थानको कुरा सम्भव छैन । (युवा आवाज)हजुरको सारपूर्ण समय सान्दर्भिक लेख बेलाको बोली अत्यन्तै मन पर्‍यो !!

    ReplyDelete
  2. ekdam ramro lagyo....keep on writing
    Fulmaya
    America

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।