2010-01-04

झण्डा अपमानको दृष्य भारत पुग्यो

झण्डा अपमानको दृष्य भारत पुग्यो 
Posted on 04/01/2010 by Bikram Thapa 



एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहेको एक कार्यक्रममा भारतीय झण्डालाई अपमान गर्दै फालिएको विषयलाई भारतले गम्भीरताका साथ लिएको छ । नागरिक सर्बोच्चताका लागि माओवादीले घोषणा गरेको तेस्रो चरणको आन्दोलनअन्तर्गत नेवाः स्वायत्त गणराज्य घोषणा गर्न बसन्तपुरमा आयोजित कार्यक्रममा भारतीय झण्डालाई अपमानपूर्वक फालिएको थियो । भारतीय झण्डाको
अपमान गरिएको भिडियो यतिबेला दिल्ली पुगीसकेको छ । यस विषयमा भारत सरकारले नेपालका लागि राजदूत राकेश सुदसँग यस विषयमा जानकारी माग गरेको छ । कार्यक्रममा प्रस्तुत गरिएको एक गतिमा भारतीयले नेपाली भूमीमा भारतीय झण्डा गाड्ने र त्यसलाई कम्ब्याट पोशाकमा भएका माओवादी लडाकुले उखेलेर फालेको दृश्य थियो । आफू प्रमुख अतिथि भएको कार्यक्रममा मित्रराष्ट्रको झण्डाको अपमान भएको विषय माओवादी अध्यक्ष प्रचण्डलाई पनि यतिबेला आत्मग्लानी भएको र सो घटनालाई प्रचण्डले आफूमाथि पार्टीभित्रैबाट भएको षडयन्त्रका रुपमा व्याख्या गर्न थाल्नु भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।
Source: समाचारपत्र

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।