2010-01-01

नेपाली काँग्रेसको चुनाव घोषणापत्र महानिर्वाचन २०५१





नेपाली काँग्रेसको चुनाव घोषणापत्र महानिर्वाचन २०५१

आदरणीय दिदी बहिनीहरू तथा दाजुभाइहरू,
नेपाली जनताको ठूलो त्याग, तपस्या एवम् बलिदानको परिणाम र संघर्षपूर्ण प्रतीक्षापछि २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना भएको हो । यसरी प्राप्त प्रजातन्त्रलाई निरन्तरको अभ्यासद्वारा संस्थागत रूपमा विकसित गर्ने र प्रजातन्त्रका लाभहरूलाई जनता समक्ष पुर्याउने अभियानकै क्रममा हामी प्रजातन्त्र पुनःस्थापना पछिको दोस्रो आमनिर्वाचनमा आइपुगेका छौं । आमनिर्वाचनको यस महान् प्रजातान्त्रिक अभ्यासका अवसरमा देशका सम्पर्ण् किसान र श्रमिकहरू, विद्यार्थी र तरुणहरू, शिक्षक र बुद्धिजीवीहरू, महिला, उद्योगी र व्यापारीहरू, भूतपर्ूव सैनिकहरू एवम् राष्ट्रसेवक कर्मचारी, प्रहरी र सेनाहरू लगायत विभिन्न पेशा र कार्यमा लागेका सम्पर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा नेपाली कांग्रेस हृदयदेखि नै आनो अभिवादन प्रकट गर्दछ । निर्वाचनको माध्यमबाट जनताको सर्वोच्च शक्ति र चाहना प्रकट हुने यस निर्णायक अवसरमा नेपाली कांग्रेस अत्यधिक उत्साहका साथ सहभागी हुन सम्पर्ण नेपाली जनतालाई हार्दिक अपिल गर्दछ ।
आमनिर्वाचनको यस महान् अवसरमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि वलिदान हुने वि.सं. १९९७ देखि २०४६ सम्मका सम्पर्ूण्ा ज्ञात अज्ञात शहीदहरूप्रति नेपाली कांग्रेस हार्दिक श्रद्धा र सम्मान प्रकट गर्दछ । यस अवसरमा नेपाली कांग्रेस नेपाली जनतालाई स्वाभिमान र आत्मगौरवका साथ उभिन सक्ने उद्यमशील जातिका रूपमा स्थापित गर्ने प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व जननायक श्री विश्वेश्वरप्रसाद कोइरालालाई गहिरो श्रद्धाका साथ सम्झना गर्दछ । त्यस्तै प्रजातन्त्रलाई संकट परेका बखत दमनको चुनौती स्वीकार गर्ने हाम्रा श्रद्धेय नेता सुवर्ण्र्ाामशेरका साथै मुलुकमा प्रजातन्त्र स्थापनाका निम्ति भएको लामो र कठिन संर्घष्ाका क्रममा अनेकौं कष्ट, यातना र दुःख भोगेर पनि प्रजातन्त्रको बत्ति बाली राख्न सहयोग गर्ने प्रजातान्त्रिक आन्दोलनका सम्पर्ूण्ा सहयोद्धाहरू र विशेष गरी वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनलाई सफलतापर्ूवक नेतृत्व गर्ने प्रजातन्त्रका सेनानी सर्वोच्च नेता श्री गणेशमान सिंहप्रति नेपाली कांग्रेस हार्दिक सम्मान र आभार व्यक्त गर्दछ ।
जनताको सर्वोच्चता ः नेपाली कांग्रेसको प्रतिबद्धता





आजभन्दा करिब आधा शताब्दीपर्ूव मुलुकमा विद्यमान जहाँनिया हुकुमी शासनका विरुद्ध नेपाली जनतालाई जनक्रान्तिको आव्हान गर्न नेपाली कांग्रेसको स्थापना भएदेखि नै यस पार्टर्ीी जनतालाई मुलुकको सर्वोच्च र निर्ण्ाायक शक्तिका रूपमा स्वीकार गर्दै आएको हो । यसपछि पनि प्रजातन्त्र स्थापनाका लागि चलाइएका हरेक आन्दोलन र अभियानमा नेपाली कांग्रेस आनो यही आदर्श र सिद्धान्तलाई व्यावहारिक रूपमा रूपान्तरित गर्ने कार्यमा पर्ूण्ानिष्ठा र र्समर्पणका साथ क्रियाशील रहँदै आएको छ । जनता र जनशक्तिमाथि नेपाली कांग्रेसले राख्दै आएको यही दह्रो विश्वासको कारण नेपालको राजनीतिमा आइपर्ने हरेक उथलपुथल र निर्ण्ाायक घडीमा नेपाली जनताले नेपाली कांग्रेसमाथि नै आनो गहिरो विश्वास र र्समर्थन प्रकट गर्दै आएका छन् । नेपाली कांग्रेस आनो सफलता र शक्ति मात्रै होइन असफलता र कमजोरी पनि जनता सामु खुल्ला रूपमा राख्न सधैं तत्पर रहँदै आएको छ । त्यसैले नेपाली कांग्रेस मुलुकमा प्रजातन्त्र स्थापना गरेर मात्र सन्तुष्ट हुन सकेको छैन । यतिखेर हामी चारैतिरबाट आइपरेका अनेकौं व्यवधान र कठिनाईका बीच पनि प्रजातान्त्रिक संस्था एवम् नवस्थापित प्रजातान्त्रिक संस्कार र संस्कृतिलाई बलियो बनाउने र त्यसको अभ्यास गर्दै मुलुकको राष्ट्रिय स्वाभिमानको रक्षा र गरीवीको मारमा परेका बहुसंख्यक नेपाली जनताको जीवनस्तर उठाउने कार्यमा लागेका छौं ।
मध्यावधि निर्वाचन किन -
नेपाली कांग्रेसलाई प्रजातन्त्र पुनःस्थापना पछिको वि.सं. २०४८ सालको पहिलो महानिर्वाचनमा नेपाली जनताको ठोस र्समर्थन र विश्वास प्राप्त भएको हो । यो र्समर्थन नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले खेलेको अग्रणी भूमिका, प्रजातन्त्र प्रतिको पर्ूण्ानिष्ठा र प्रतिबद्धता र सैद्धान्तिक स्पष्टताका कारणसमेत प्राप्त भएको हो भन्ने कुरा निश्चित छ । निर्वाचनमा अभिव्यक्त जनताको निर्ण्र्ाााई विनम्रताका साथ स्वीकार गर्दै नेपाली कांग्रेसको सरकारले अत्यन्त जटिल राजनीतिक, आर्थिक परिस्थितिका बीच पनि मुलुकका सम्पर्ूण्ा प्रजातान्त्रिक संस्थाहरूलाई संवैधानिक प्रक्रियाद्वारा गतिशील बनाउने र आर्थिक विकासका ठोस आधारहरू निर्माण गर्ने दिशामा सकारात्मक र र्सार्थक उपलब्धिहरू हासिल गरेको छ ।

निश्चय नै नेपाली जनताले नेपाली कांग्रेसलाई पाँच वर्षा निम्ति जनादेश दिएको हो । तर नेपाली कांग्रेसको सरकार बनेदेखि नै प्रमुख प्रतिपक्षी दलका रूपमा रहेका कतिपय राजनीतिक दलहरूको व्यवहार अत्यन्त असहिष्णु र संसदीय मर्यादा विपरीत बन्नपुग्यो । नेपाली जनताले ने..पा.-एमाले)लाई ऐतिहासिक जनआन्दोलनको सहयोगी शक्तिका रूपमा जुन विश्वास गरेर गहकिलो अल्पमतमा स्थापित गरेको थियो त्यसको मर्यादा कायम हुन सकेन । परिणामस्वरूप संक्रमणशील र संवेदनशील अवस्थामा रहेको हाम्रो प्रजातान्त्रिक प्रक्रिया सहज ढंगबाट अघि बढ्न ज्यादै कठिन हुनपुग्यो । हरेक सानातिना असहमति र विवादलाई तुरून्तै सडक संर्घष्ाका रूपमा बढाउने र परिस्थितिलाई निरन्तर अराजक र हिंसात्मक हिसाबले चर्काउने काममा आफूलाई जिम्मेवार ठान्नुपर्ने प्रतिपक्षीहरू समेत उद्धत रहे । बहुमतको निर्ण्र्ाााई सधैं अस्वीकार गर्ने र अल्पमतको अराजकतालाई उकास्ने प्रवृत्ति प्रोत्साहित भयो । यी सबै कारणले मुलुकको राजनीतिक परिस्थितिलाई शान्त र स्थिर हुन दिएन ।

यही श्रृंखलामा नेपाली कांग्रेसभित्र पनि मतमतान्तर र असामञ्जस्यपर्ूण्ा परिस्थिति उत्पन्न भयो । यो अवस्था बढ्दै गएर सदनमा धन्यवादको प्रस्ताव उपर मतदान हुँदा केही सदस्यहरू अनुपस्थित हुने स्थिति समेत आइपुग्यो । त्यसबेला प्रतिपक्षले पनि सुझवुझ कायम गर्न सकेन । परिणामस्वरूप सरकारको नीति र कार्यक्रम नै अस्वीकृत भएर उत्पन्न अस्थिरताको अन्त गर्नको लागि र्सार्वभौम जनतालाई नै गुहार्नुपर्ने बाध्यता सृजना भयो ।
कुनै पनि व्यवस्थालाई परिपक्व बन्न केही समय लाग्नु अस्वाभाविक हैन । त्यसमा पनि प्रजातन्त्र एक अत्यन्त परिमार्जित सभ्यता र परिष्कृत जीवन पद्धति भएकाले तदनुकूल हाम्रो संस्कार बन्न समय लाग्ने स्थिति छ । त्यसैले यसका शुरूका दिनहरू उतारचढावको परिस्थितिबाट गज्रनु स्वाभाविकै हो । प्रजातन्त्रमा देशको राजनीति र शासनपद्धतिलाई बेलाबखतमा जन निर्ण्र्ााो कसौटीमा लगेर खार्नुपर्ने पनि हुन्छ । प्रजातन्त्रमा केही समस्या आए भने तिनको समाधान जनताकै माझमा लगेर गर्न खोज्नु स्वस्थ प्रवृत्ति पनि हो ।

जनशक्ति माथिको आनो अटल विश्वासका कारण हरेक कठिनाई एवम् अन्यौल र अनिर्ण्र्ााो परिस्थितिलाई जनताकै बीच पुगेर टुंगो लगाउने परिपाटीमा नेपाली कांग्रेस गहिरो विश्वास राख्दछ । यसैले आज हाम्रा प्रजातान्त्रिक संस्था र प्रक्रियामा देखिएका सबैखाले त्रुटि कमजोरीहरूलाई सच्याउने, सुधार्ने र टुंगो लगाउने उद्देश्यले नै निर्धारित समयपर्ूव जनता माझ हामी आएका छौं । जनता नै एउटा यस्तो अपराजेय शक्ति हो जसले सबै राजनीतिक शक्तिलाई आना सबै प्रकारका शक्ति र कमजोरीको मूल्याङ्कन गर्न बाध्य बनाउँछ ।

नेपाली कांग्रेसलाई नै किन रोज्ने -
. स्वस्थ राष्ट्रियता ः हाम्रो प्रतिबद्धता
नेपाली कांग्रेस राष्ट्रको स्वतन्त्रता, जनताको स्वाभिमान र प्रजातन्त्रको रक्षा गरेर राष्ट्रियताको सर्ंवर्द्धन गर्न चाहन्छ । प्रत्येक नेपालीको निम्ति समान राजनैतिक अधिकार, सामाजिक न्याय र आर्थिक संवृद्धिको खोजी गर्दै संर्घष्ा गरिराखेको नेपाली कांग्रेस नेपाली जनताको पार्टर्ीीो । हिमालदेखि तर्राईसम्म मेचीदेखि महाकालीसम्म नेपालका सम्पर्ूण्ा भूभागमा बस्ने विभिन्न धर्म, जाति-प्रजाति, सम्प्रदाय र संस्कृतिका समस्त नेपाली किसान, मजदूर, उद्यमी, व्यापारी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, भूतपर्ूव सैनिक, राष्ट्रसेवक कर्मचारी लगायत समस्त नरनारीको स्वतन्त्र अस्तित्व र प्रगतिशील भावनालाई प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस अघि बढ्न चाहन्छ ।

नेपाली कांग्रेसको काँधमा इतिहासले एउटा विशिष्ट जिम्मेवारी प्रदान गरेको छ । त्यो जिम्मेवारी भनेको सबै प्रकारका अतिवादबाट आफू पनि जोगिने र देशलाई पनि जोगाउने हो । हामी राजनीतिक र आर्थिक समानताका पक्षपाती मात्रै होइनौ, विविध विचारधारा र दृष्टिकोणलाई समन्वय र सन्तुलन गरेर अघि बढ्न सकिन्छ भन्ने धारणामा समेत विश्वास राख्दछौं ।

नेपाली कांग्रेसले आनो स्थापनाकालदेखि नै नेपालको स्वतन्त्र राष्ट्रिय व्यक्तित्वलाई बढाउने काममा आफूलाई पर्ूण्ातः समर्पित गर्दै आएको छ । नेपालको भूभाग, प्राकृतिक स्रोत र जनताको स्वतन्त्रता र सुरक्षा एवम् नेपालको र्सार्वभौमिकताको रक्षा नेपाली कांग्रेसको आधारभूत राष्ट्रिय मान्यता हो । हामी सबै मित्रराष्ट्रहरूसंग समानता र पारस्परिक सम्मानको मैत्रीलाई विकसित गर्न चाहन्छौं । कुनै देश विशेषको अन्धविरोध वा र्समर्थनलाई राष्ट्रियताको आधार बनाउने र उत्तेजक एवम् आत्मघाती नाराका आधारमा राष्ट्रियताको परिभाषा गर्ने प्रवृत्तिको नेपाली कांग्रेसले सधैं विरोध गर्दै आएको छ । नेपाली कांग्रेसले नेपालको भाषा, संस्कृति र परम्पराहरूको विविधतालाई नै नेपाली राष्ट्रियताको मूलधाराको रूपमा मान्दै आएको छ । नेपाल अधिराज्यको एकात्मक संरचनालाई स्वीकार गरे पनि हामी एकाङ्गी राष्ट्रिय चरित्रको पक्षमा छैनौं । वास्तवमा नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टर्ीीएकाले प्रजातान्त्रिक मूल्यका आधारमा नै नेपाली राष्ट्रियताको विकास गर्नु पर्दछ भन्ने कुरामा आप\mनो दृढ विश्वास प्रकट गर्दछ ।
. प्रजातान्त्रिक समाजवाद ः आजको सर्न्दर्भ
समाजवादको आदर्शअनुरूप पिछडिएका क्षेत्र र वर्गको उत्थान, गरीवी उत्मूलन र ग्रामीण विकासको लागि सरकारी क्षेत्रबाट अधिकाधिक बजेट प्रयुक्त गर्दै देशलाई आर्थिक रूपले दरो पार्न र उत्पादन बढाउने कार्यमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने तथा सामाजिक न्याय कायम गर्ने नीति नै नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादी नीति हो । प्रजातान्त्रिक समाजवादलाई परम्परागत रूपमा "उत्पादनका साधनमा स्वामित्वको आधारमा परिभाषित गर्न सकिंदैन" "सरकारको र्सवव्यापी हस्तक्षेप र नियन्त्रणले मात्र समाजवाद आउँदैन" भन्ने विगत चुनाव घोषणापत्रको मर्म अनुरूप विश्वव्यापी रूपमा आएको परिवर्तनको लहरको आधारमा मात्र होइन नेपालको आनै अनुभवको आधारमा समयसापेक्ष ढंगले हामी अगाडि बढेका छौं । समाजवादको आधारभूत अवधारणा भनेको सामाजिक र आर्थिक न्याय हो । यसैका आधारमा मात्र हामी समाजबाट भोक, रोग, अशिक्षा, अन्याय र शोषणलाई समाप्त गर्न र्समर्थ हुनेछौं ।
. जननिर्वाचित सरकारको तीन वर्षः हाम्रो प्रयत्न हाम्रो प्रयास
नेपाली कांग्रेसले वि.सं. २०४८ को महानिर्वाचनको माध्यमबाट नेपाली जनताको विश्वास र र्समर्थन प्राप्त गरेर मुलुकको शासन सञ्चालन गर्न थाल्दा हाम्रो देश धेरै किसिमका चुनौतिले घेरिएको थियो । तीसौं वर्षेखि तानाशाही शासनको चेपुवामा परेर निमुखा बन्न बाध्य नेपाली जनतासंग एक्कासी प्राप्त स्वतन्त्रता र खुला वातावरणका कारण उर्लदो आकाङ्क्षा एकातिर थियो भने अर्कातिर वेरोजगारी, गरीवी, भोक रोग र आर्थिक विपन्नताले मुलुकको अवस्था अत्यन्त कमजोर र जर्जर थियो । यस प्रकारको प्रतिकूल परिस्थितिमा नेपाली कांग्रेसको सरकारले सत्ता सम्हालेको एक महिना पनि नपुग्दै कर्मचारी आन्दोलन प्रारम्भ भयो । झन त्यसलाई जिम्मेवार प्रतिपक्षी दलहरूले पर्ूण्ाराजनीतिक रूप दिई विपक्षीहरूको आन्दोलनका हिसाबले रूपान्तरित गर्नु ठूलो दर्ुभाग्य थियो । यस आन्दोलनले एकातिर कतिपय कर्मचारीहरूलाई पेशागत निष्ठाका दृष्टिबाट थुप्रै अप्टयारो र विचलनको परिस्थितिमा पुर्यायो भने अर्कातिर अनुशासनहीनता र गतिहीनतालाई पनि प्रश्रय दियो । प्रारम्भमा नै व्यहोर्नु परेको यस प्रकारको अत्यन्त कठीन अवस्थाका बीच पनि नेपाली कांग्रेसको सरकारले आप\mना सम्पर्ूण्ा कार्ययोजनाको आधार निर्वाचन घोषणापत्रलाई बनाई विविध कामको थालनी गर्यो । यसबाट सरकारको गन्तव्य स्थानको दिशा निर्देशन हुनाका साथै आना लक्ष्य र प्राथमिकतालाई स्पष्ट पार्न सम्भव भएको थियो । यस परिस्थितिमा जनताका सबै आकाङ्क्षाहरू पूरा गर्न सम्भव थिएन तापनि पर्ूण्ा आत्मविश्वास र कटिबद्धताका साथ निर्वाचनका समयमा जनताका सामुन्ने गरेका वाचा र प्रतिज्ञाहरूलाई विस्तारै तर ठोस ढंगबाट पूरा गर्ने प्रयत्नमा हामी लाग्यौं ।
उत्पादन वृद्धि नभै सरकारको नियन्त्रणमुखी भूमिकाबाट मात्र यो संभव हुन सक्दैन भन्ने कुरा विश्वव्यापी अनुभवले देखाएकाले हाम्रो सरकारले प्राथमिक रूपमा उत्पादन र आयवृद्धिको आधार तैयार पार्नेतर्फ ध्यान दियो । स्वदेशी र विदेशी लगानीको अभिवृद्धिबाट उद्योगधन्दा, कृषि, बैकिङ्ग, यातायात तथा अन्य सेवाका क्षेत्रहरू र गैर सरकारी संस्था र जनसहभागितासमेतलाई प्रोत्साहन दिई उत्पादन र आय वृद्धि गर्ने कार्य अघि बढाइयो । सरकार गठन पश्चात छोटै अवधिमा नयाँ पञ्च वषर्ीय योजना जनसमक्ष ल्याई विकाससम्बन्धी नयाँ धारणा र दर्शनलाई स्पष्ट पारी देश विकासको खाका तैयार पारियो । सरकारका सीमित साधनलाई जनतासंग प्रत्यक्ष सरोकार राख्ने र उनका आधारभूत आवश्यकता पर्ूर्ति गर्ने सडक, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा, ग्रामीण विकास जस्ता क्षेत्रहरूमा लगाई उद्योग, वाणिज्य आदि क्षेत्रमा निजी, सहकारी र गैरसरकारी क्षेत्रलाई प्रोत्साहन दिने नीति अवलम्बन गरियो । सोही नीतिअनुरूप नयाँ आर्थिक उद्योग, वाणिज्य, सहकारी, पर्यटन तथा वैदेशिक लगानीसंबन्धी नीतिहरू घोषणा गरिए । विदेशी मुद्रा संबन्धी अधिकांश नियन्त्रणमुखी प्रावधानहरूलाई हटाएर नेपाली मुद्रालाई चालु खातामा पर्ूण्ा परिवर्त्य बनाइयो । नियन्त्रणमुखी आर्थिक पद्धतिहरू हटाउने क्रममा कतिपय लाइसेन्स र परमिट व्यवस्थाहरू खारेज गरिए । शीप, जाँगर, पूँजी र हौसला भएका उद्यमीहरूलाई अब आनो क्षमता र उद्यमशीलता पर््रदर्शन गर्न र उद्योग व्यवसाय बढाएर उत्पादन तथा रोजगारी बढाउने कार्यमा कुनै बाधा र अड्चन रहेन । घाटामा रहेका, पर्ूण्ा क्षमतामा चल्न नसकेका र अनुत्पादक रूपमा रहेका कतिपय सरकारी उद्योगहरूलाई पर्ूण्ा रूपले पारदर्शी र प्रतिस्पर्धात्मक आधारमा बोलकवोलद्वारा निजी क्षेत्रलाई हस्तान्तरण गरियो । यसरी हस्तान्तरित उद्योगहरूमा त्यसमा काम गर्ने मजदूर र र्सवसाधारण समेतले शेयर खरिद गरी स्वामित्व ग्रहण गर्ने व्यवस्था छ । आर्थिक वृद्धि र नयाँ रोजगारी सृजना गर्न लिइएका यी नीतिहरूको फलस्वरूप देशको समष्टिगत आर्थिक अवस्थामा निकै सुधार आएको छ भन्ने कुरा तथ्याड्ढहरूबाट समेत स्पष्ट हुँदै आएको छ । गत तीन वर्षा सालाखाला वाषिर्क वृद्धि दर करिब पाँच प्रतिशत रहृयो । गत वर्षआर्थिक वृद्धिदर ७.७ प्रतिशत पुगेको छ ।
नेपाली कांग्रेसको सरकार आउनु अघि २०४७/४८ मा कुल राजस्व १०७३ करोड रहेकोमा यो गत आर्थिक वर्षा १९५६ करोड पुगेको छ । आ.. २०४७/४८ मा विकास खर्च १५९७ करोड भएकोमा अब २११४ करोड पुगेको छ । सोही अवधिमा कुल निकासी ७६० करोडबाट अब १९६० करोड पुगेको छ ।
विदेशी मुद्राको संचिती १७८६ करोडबाट ३९५६ करोड पुगेको छ । वाषिर्क मूल्य वृद्धि दर ९.८ भएकोमा यो हाल ९.१ मा झरेको छ । तीन वटा नयाँ बैङ्क र कतिपय फाइनान्स कम्पनीहरू स्थापना भैसकेका छन् भने अन्य कतिपय स्थापनातर्फ उन्मुख छन् ।
.१ विकासका क्षेत्रमा हाम्रा उपलब्धि ः
संपर्ूण्ा आर्थिक विकासको मूल लक्ष्य राष्ट्रिय मूल प्रवाहबाट वञ्चित रहेका शोषित र पीडित जनता हुन् । नेपाली कांग्रेसले अपनाएको विकास प्रक्रियाको केन्द्रविन्दुको रूपमा मात्र होइन विकासको प्रतिफलका प्रमुख हकदार नै कमजोर जनता हुन् भन्ने नेपाली कांग्रेसको घोषित दर्शनलाई साकार रूप दिन निकै प्रयासहरू भएका छन् । तीमध्ये केही प्रमुख उपलब्धिहरू यसप्रकार छन् ः
..१ स्वास्थ्य, खानेपानी र शिक्षा
·      सबै नेपालीहरू रोग र अकाल मृत्युबाट बचाउन दश वर्षभत्र देशभरि स्वास्थ्य सेवा पुर्याउने नेपाली कांग्रेसको घोषणाअनुसार नयाँ स्वास्थ्य नीति, २०४८ लागु गरी गत तीन वर्षा वडास्तरमा २६ हजार महिला स्वास्थ्यसेविका, गाउँ स्तरमा १३ सय स्वास्थ्य चौकी र ४० वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएका छन् । यसै वर्षथप ६ सय स्वास्थ्य उपचौकी र २० वटा प्राथमिक स्वास्थ्य केन्द्र खोलिदैछ । यसले देशका अधिकांश गा.वि..हरूमा प्राथमिक स्वास्थ्य सेवा पुर्याउने काम गरेको छ ।
·      स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने उच्च स्तरीय जनशक्ति देशभित्रै तैयार पार्न धरानमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छभने क्यान्सर रोगको उपचार्रार्थ भरतपुरमा वी.पी. कोइराला क्यान्सर अस्पताल निर्माणाधीन छ । काठमाडौं लगायत विभिन्न जिल्लाहरूमा थप शैघ्याहरूसहित अस्पतालहरूको विस्तार गरिएको छ । निजी क्षेत्रमा पनि मेडिकल कलेजहरू खोल्न सरकारले अनुमति दिने प्रक्रिया चालु गरेको छ ।
·      दश वर्षभत्र सबै नेपालीलाई पिउने पानीको व्यवस्था गर्ने घोषणाअनुसार नेपाली कांग्रेसको कार्यकालको पहिलो ३ वर्षा मात्र थप ३० लाख ५६ हजार जनसंख्यालाई खानेपानीको व्यवस्था गरिएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि सुन्दरीजल मुहान पुनःस्थापन र महाड्ढालचौर जलप्रशोधन केन्द्रको निर्माण गरी थप १ करोड ६० लाख लिटर प्रतिदिन पानी वितरणको व्यवस्था गरिएको छ । साथै बाँसवारीमा जल प्रशोधन निर्माण गरी थप १ करोड लिटर पानी प्रतिदिन वितरण गर्ने व्यवस्था गरिदैछ । यसबाहेक कोड्कु, चाखेल र मेलाम्ची आयोजना सम्पन्न गर्न प्रारम्भिक कार्य भैसकेको छ ।
·      माध्यमिक शिक्षालाई चरणबद्ध रूपमा निःशुल्क गराउने नीतिअनुरूप कक्षा ८ सम्म निःशुल्क गराउने व्यवस्था भैसकेको छ ।
·      उच्च माध्यमिक शिक्षा सुलभ गराउन अधिराज्यभर १०ं२ कार्यक्रम शुरू गरिएको छ । यस कार्यक्रमअर्न्तर्गत हालसम्म एक सयभन्दा बढी उच्च माध्यमिक विद्यालय सञ्चालन हुने भएका छन् ।
·      जनताले खोलेका विद्यालयहरूलाई क्रमशः स्थायी स्वीकृति दिने नीतिअनुरूप वर्षोनी गत तीन वर्षा मात्रै विद्यालयहरूलाई १२ हजार ८ सय ६० नयाँ शिक्षक कोटा उपलब्ध गराइएको छ ।
·      पर्ूवाञ्चल विश्व विद्यालय स्थापनार्थ प्रारम्भिक कारवाई शुरू भैसकेको छ भने पश्चिमाञ्चल विश्वविद्यालय स्थापना गर्न विधेयकको मसौदा तयार भइसकेको छ र निजी क्षेत्रमा काठमाण्डू विश्व विद्यालय सञ्चालन भैसकेको छ ।
·      निरक्षरता उन्मूलनको लागि व्यापक रूपमा कार्यक्रम शुरू गरिएको छ जसबाट १ वर्षा करिब ४ लाख व्यक्ति पढ्न लेख्न जान्ने हिसाबले साक्षरता अभियान सञ्चालन गरिएको छ ।
·      प्राथमिक स्तरसम्म आ-आनै मातृभाषामा शिक्षाप्रदान गर्न आवश्यक पर्ूवाधार तयार गर्ने प्रतिज्ञाअनुसार "राष्ट्रिय भाषा नीति सुझाउ आयोग" गठन भई सो आयोगले प्रतिवेदन बुझाएको छ र यसबारे आवश्यक नीति र कार्यक्रम तयार गर्ने प्रक्रिया प्रारम्भ भएको छ ।
·      छात्राहरू र पिछडिएका वर्गका बालबालिकाहरूका लागि विभिन्न सुविधा र छात्रवृत्तिहरूको यथेष्ट मात्रामा प्रवन्ध गरिने वचनबद्धताअनुसार प्रतिवर्षकरिब ४१ हजार छात्राहरूले छात्रवृत्ति र अन्य शैक्षिक सुविधा प्राप्त गर्दै आएका छन् ।
·      विद्यालयभित्र अनुकूल वातावरण सृजना गरी नारी शिक्षालाई प्रोत्साहित गर्न नेपाली कांग्रेसको सरकारले लिएको प्रत्येक प्राथमिक विद्यालयमा अनिवार्य रूपले १ जना शिक्षिका हुनुपर्ने नीतिअनुरूप विगत २ वर्षभत्र १४ सय शिक्षिकाहरूको नयाँ नियुक्ति गरिससकिएको छ र यसवर्षमात्रै थप १३ सय शिक्षिकाहरू नियुक्त हुँदैछन् ।
·      शिक्षक वर्गको पेशागत हकहित, मर्यादा, सुविधा र सम्मानको रक्षा र सर्म्बर्द्धनको सम्बन्धमा शिक्षा नियमावलीमा संशोधन गरी शिक्षकहरूको सेवा शर्त र सुविधामा सुधार भएको छ र यस क्रममा अध्ययन विदाको सुविधाका साथै उपदान, पेन्सनको दरमा समेत वृद्धि गरिएको छ । यसबाहेक शिक्षकहरूको तालिमको लागि तालिम केन्द्रहरू स्थापना गरी सबै प्राथमिक शिक्षकहरूलाई तालिमको व्यवस्था गर्न सबै जिल्लामा प्राथमिक शिक्षा विकास परियोजना लागू गर्ने क्रममा हालसम्म २५ जिल्लामा लागू भइसकेको छ । यसले प्राथमिक शिक्षाको गुणस्तरमा वृद्धि हुनेछ ।
..२ कृषि, भूमि, वन
·      कृषि क्षेत्रलाई बढी आकर्ष, सम्मानजनक र कम समय तथा लगानीमा राम्रो आय दिने पेशाका रूपमा विकास गर्राई ग्रामीण गरीवी र वेरोजगारी हटाउन "व्यावसायिक कृषि विकास कार्यक्रम" शुरू गरिएको छ ।
·      भूमिमा भएको द्वैध स्वामित्व हर्टाई मोहीको हक सुरक्षित गर्दै जग्गाधनीलाई समेत चित्त बुने कार्यक्रम ल्याउन र हदवन्दी लगायतका भूमि समस्या समाधान गर्न नेपाली कांग्रेसको सरकारले आवश्यक विधेयकको मसौदा तैयार पारिसकेको छ । तापनि संवैधानिक प्रावधानमा संशोधनसमेत गर्नुपर्ने परिस्थितिले उपस्थित गरेको अड्चनका कारण तत्काल संसद्मा प्रस्तुत गर्न नसकिएको हो ।
·      किसानहरूको हितको लागि कृषि विकास बैङ्क र अन्य बैङ्कबाट उपलब्ध गराइने ऋणमा व्याज घटाइएको छ । चक्रवृद्धि व्याज अन्त्य गरिएको छ ।
·      गरीवीको रेखामुनी रहेका जनताहरूको आर्थिक स्थिति उठाउन कबुलियती वनको रूपमा सरकारको स्वामित्व रहेको ऐलानी जमिन आर्थिक रूपले विपन्न समूहहरूलाई हस्तान्तरण गर्ने कार्य शुरू गरिएको छ ।
·      सुकुम्वासी जनतालाई भूमि वितरण गरी बसोबास कार्यक्रम शुरू गरिएको छ र यसका लागि छुट्टै सुकुम्वासी आयोगको स्थापना गरिएको छ । सो आयोगले १५ हजार सुकुम्वासी परिवारलाई बसोवासका लागि जमिन उपलब्ध गराइसकेको छ ।
·      कृषि ऋण लगानीको व्यापक वृद्धि गरी वाषिर्क लगानी करिब एक अरबबाट करिब दर्ुइ अरब पुर्याइएको छ ।
·      निर्वाचित सरकारको प्रथम ३ वर्षा करिब १ लाख ५० हजार विगाह जमिनमा थप सिंचाई सुविधा पुर्याइएको छ ।
·      आधुनिक खेती प्रणाली र उन्नत पशुपालनमा सहयोग पुर्याउन ७५ जिल्लाका प्रत्येक इलाकामा सेवा केन्द्रहरूको व्यवस्था गरिएको छ ।
·      गत आमनिर्वाचनमा गरिएको घोषणाअनुसार जिन्सीमा तिर्नुपर्ने गुठी जमिनलाई रैंकरमा परिणत गर्ने कार्यक्रम देशभरि चलाइएको छ ।
·      दूध उत्पादन वृद्धि गर्ने कार्यक्रम चलाइएको छ र विराटनगरमा धुलो दूध कारखाना स्थापना गरिएको छ ।
·      देशभरि गोवरग्यास र साना विद्युत केन्द्र स्थापना गर्न अनुदानको व्यवस्था गरिएको छ । वर्षा करिब ६ हजार गोवरग्यास सरकारी अनुदानमा निर्माण हुने परिस्थिति प्रारम्भ भएको छ ।
·      जग्गाधनी, मोही र मालपोतको लगत निर्माण गर्ने कार्यमा अब कम्प्यूटर प्रविधि शुरू गरिएको छ ।
..३ यातायात, सञ्चार र जलविद्युत
·      दश वर्षभत्र अधिराज्यका ७५ वटै जिल्लालाई राष्ट्रिय यातायात प्रणालीसंग आवद्ध गर्ने नीति अनुरूप नेपाली कांग्रेसको सरकारले हालसम्म यातायात सेवाबाट वञ्चित रहेका जिल्लाहरूमा सडक निर्माण कार्य जोडतोडले शुरू गरेको छ । चाहे सुदूर पश्चिमाञ्चलको दार्चुला, बझाङ, बाजुरा र अछाम जस्ता जिल्ला हुन् वा मध्यपश्चिमाञ्चलको कर्ण्ााली अञ्चल वा जाजरकोट, दैलेख र रूकुम हुन् वा पश्चिमाञ्चलको म्याग्दी वा मध्यमाञ्चलको रामेछाप वा पर्ूवाञ्चलको ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङ होस् यी सबै जिल्लाहरूमा निकट भविष्यमा नै यातायात सेवा पुग्ने स्थितिमा पुर्याइएको छ र अन्य जिल्लाहरूलाई पनि राष्ट्रिय यातायात कार्यक्रममा समावेश गर्ने कार्यक्रम बनेको छ । शाही सेनामा भएको श्रम शीपलाई राष्ट्रिय विकास कार्यमा प्रयोग गर्ने नीतिअनुरूप सडक निर्माण काममा उपयोग गरिएको छ । यति मात्र होइन ठूला ठूला राजमार्गहरूको मरम्मत संभार, अन्य क्षेत्रहरूलाई जोड्ने सहायक मार्गहरूको निर्माण, ग्रामीण मोटर बाटो, घोडेटो, गोरेटो र ट्रेक्टर बाटोको कार्यक्रम पनि सञ्चालन गरिएको छ । कतिपय ठाउँमा नयाँ विमानस्थलहरूको निर्माण शुरू गरिएको छ भने अन्य कतिपय दर्ुगमस्थानहरूलाई जोड्न रोपवेेेेेेेेेेेे सेवाको संभावना बारे अध्ययन भैरहेछ । कतिपय नयाँ स्थानहरूमा हेलिकप्टर सेवा सञ्चालन भएका छन् । चिसापानीको कर्ण्ााली पुललाई अत्यन्त तदारुकताका साथ निर्माण गरी मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चललाई जोड्ने काम भएको छ ।
·      प्रत्येक गाउँमा कुशल हुलाक सेवा पुर्याउने नीति अनुरूप अब अधिराज्यभरिका सम्पर्ूण्ा गा.वि..हरूमा ग्रामीण हुलाकको व्यवस्था भैसकेको छ ।
·      टेलिफोन सेवा नपुगेका थप २० जिल्लामा टेलिफोन सेवा उपलब्ध गराइएको छ भने अन्य क्षेत्रमा सेेेेेेवा विस्तार गरिएको छ । तीन वर्षभत्र मात्र टेलिफोन लाईन १४२ हजार थपी पुरानो स्थितिमा तेव्वर बनाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा भी.एच.एफ यसै आर्थिक वर्षभत्रमा जडान गरिने भएको छ ।
·      देशभरि रेडियो सेवा राम्ररी पुर्याउन र प्रमुख क्षेत्रीय भाषाहरूमा रेडियो कार्यक्रम सञ्चालन गर्ने घोषणाअनुरूप धनकुटा, बर्दिबाश, पोखरा, सर्ुर्खेत र दिपायलमा मेडियम वेभ रेडियो प्रसारण केन्द्र खोलिएको छ भने देशका अन्य प्रमुख आठ राष्ट्रिय भाषाहरू भोजपुरी, थारू -पर्ूर्वी र पश्चिमी ), मगर, तामाङ, र्राई, गुरूङ, लिम्बु र अवधीमा रेडियो नेपालबाट समाचार र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रसारण गरी देशका राष्ट्रिय भाषाहरूको संरक्षण र विकास गरी सम्बन्धित भाषाभाषीको सांस्कृतिक पहिचानलाई सुरक्षित गरिएको छ । नेपाल टेलिभिजनको प्रसारण समयमा पनि वृद्धि गरिएको छ । साथै टेलिभिजनको प्रसारण सेवा क्षेत्र पनि लगभग ४० प्रतिशत जनताले हर्ेन सक्ने भएका छन् ।
·      जलस्रोतको विकास गरी नेपालको आर्थिक विकासमा टेवा पुर्याउने नीतिअनुरूप नेपाली कांग्रेसको सरकारले कतिपय ठूला, मझौला, साना र ग्रामीण स्तरमा जलविद्युत आयोजनाहरू सरकारी, निजी र सामुदायिक क्षेत्रमा सञ्चालन गरेको छ । अरूण ३, काली गण्डकी "" र पश्चिम सेती जस्ता ठूला आयोजना, खिम्ती, भोटेकोशी जस्ता मझौला, मोदी, पुवाखोला, अछाम, तातोपानी, कालिकोट, डोल्पा र दिक्तेल जस्ता साना परियोजनाहरू अहिले कार्यान्वयनका विभिन्न चरणमा छन् । ग्रामीण क्षेत्रमा निजी र सहकारी क्षेत्रमा ग्रामीण सहभागिताको आधारमा सञ्चालन गर्न चाहने सयकडौं साना विद्युत आयोजनाहरूलाई अनुदानको व्यवस्था गरिएको छ ।
·      व्यापक रूपमा ग्रामीण विद्युतीकरणको कार्यक्रम सञ्चालन गरिएको छ । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म केन्द्रीय विद्युत प्रसारण लाइन पुगेको छ । गत ३ वर्षा मात्र करिब ४ लाख १९ हजार थप जनताहरू विद्युत सेवाबाट लाभान्वित भएका छन् । रक्सौल वीरगञ्जसम्म रेलवे ब्रोडगेज कार्यक्रम शुरू हुने भएको छ ।
..४ वाणिज्य, उद्योग, पर्यटन
·      नेपाली कांग्रेसको सरकारको आगमनपश्चात् नै नेपालमा स्वस्थ व्यापारको प्रारम्भ भएको छ । निकासी व्यापार रू. ७६० करोडबाट बढेर १९६० करोड पुगेको छ । भारतसंग भएको नयाँ व्यापार सन्धिको फलस्वरूप भारतमा नेपाली वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि आएको छ । स्वस्थ व्यापारमा रहेका कतिपय झण्झट र बन्देजहरू घटाइएका छन् । राष्ट्रकै लागि दर्ुनाम कमाएको "झििट गुण्टा" प्रथा पर्ूण्ातः नियन्त्रित भएको छ । तस्करी र कालो बजार घटेको छ ।
·      नयाँ औद्योगिक नीति र औद्योगिक व्यवसाय ऐनले कम विकसित, पिछडिएका र दर्ुगम क्षेत्रमा उद्योग धन्दा खोल्नेहरूको लागि विभिन्न अतिरिक्त सुविधाहरू प्रदान गरेको छ । स्वदेशको सीप, श्रम र कच्चा पदार्थमा आधारित घरेलु उद्योगहरूमा सम्पर्ूण्ा करहरू छुट दिएको छ ।
·      नयाँ आर्थिक नीतिको फलस्वरूप गत तीन वर्षा स्वदेशी र विदेशी लगानीकर्ताहरूले अभूतपर्ूव रूपमा नेपालमा औद्योगिक लगानी गर्ने उत्सुकता देखाएका छन् । संयुक्त लगानीमा मात्र करिब ४० अरब रूपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता लगानीकर्ताहरूले देखाएका छन् । यीमध्ये कतिपय उद्योगहरू जस्तै जुट, सावुन, चिनी, कागज, तैयारी पोशाक, कपडा, धागो, कम्प्यूटर सटवेयर, च्याउ उत्पादन, धुलो दूध, टुथपेष्ट, रोलिङ्ग मिल्स, आल्मुनियममा आधारित उद्योग, छाला जुत्ता, होटेल रिसोर्ट र विद्युत संबन्धी उद्योगहरू स्थापना भैसकेका छन् र निकट भविष्यमै सञ्चालन हुने स्थितिमा पुगेका छन् ।
·      आन्तरिक हवाई यातायातमा प्रतिस्पर्धा बर्ढाई मेचिदेखि महाकालीसम्मको हवाई सेवालाई सुविधाजनक र सुगम बनाउन नयाँ हवाई कम्पनीहरू खोल्ने अनुमति दिइएको छ । जसको फलस्वरूप हवाई ट्राफिक करिब डबल बढ्न गई र्सवसाधारणलाई आवागमनमा सजिलो पारेको मात्र होइन पर्यटन व्यवसाय समेतमा वृद्धि हुन आएको छ ।
..५ गाउँको विकास र शक्ति विकेन्द्रीकरण
·      नेपाली कांग्रेसले विगतमा अख्तियार गरेका विभिन्न राष्ट्रिय तथा क्षेत्रगत नीति र कार्यक्रमको मूल पक्ष नै ग्रामीण विकास हो र विकास कार्यक्रमको मुख्य केन्द्रविन्दु नै गाउँ हो । ग्रामीण जनताकै जीवनस्तर सुधार्न शिक्षा, स्वास्थ्य सेवा, यातायात विकास, खानेपानी, सिंचाई, गोवरग्यास, ग्रामीण विद्युतीकरण नीतिहरू सञ्चालित छन् । विकास खर्चको ७० प्रतिशत गाउँका विकासको लागि लगानी गर्ने घोषित लक्ष्य बमोजिम सरकार अगाडि बढेको छ । यसबाहेक गरीवी निवारण कार्यक्रम अर्न्तर्गत गरीवी कम गर्ने उद्देश्यले साना किसान विकास आयोजना, ग्रामीण महिलाहरूका लागि उत्पादन ऋण, प्राथमिक क्षेत्र कर्जा, सघन बैङ्कङि जस्ता कार्यक्रमहरूमा प्रभावकारिता ल्याइएको छ । आज प्रत्येक गाउँ विकास समितिमा साना ठूला विकास कार्यक्रम पुगेको छ र प्रत्येक जिल्लामा एउटा मात्रै भए पनि यातायात विकासको नयाँ योजना पुगेको छ । ग्रामीण जनताको जीवनस्तर उठाउन सरकारी प्रयास मात्र पर्याप्त नहुने हुनाले अन्तर्रर्ााट्रय तथा राष्ट्रिय गैरसरकारी संस्था -एन.जि..)लाई सरकारले ग्रामीण विकासमा सहभागी बनाएको छ । यसैक्रममा ग्रामीण क्षेत्रको ऋण आवश्यकतालाई पूरा गर्ने उद्देश्यले पर्ूवाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रहरूमा दर्ुइ ग्रामीण विकास बैङ्कहरू स्थापना गरिएको छ । यी विभिन्न कार्यक्रमहरूबाट विना धितो समूहगत जमानीमा गत तीन वर्षो अवधिमा थप एक लाखभन्दा बढी परिवारलाई रू. एक अरबभन्दा बढी ऋण उपलब्ध गराइएको छ । विशेष कार्यक्रम लागू भएका ठाउँमा १५ हजारसम्मको ऋणलाई एक तिहाई व्याजमा र सबै ठाउँमा ५ हजारसम्मको ऋणलाई ८० प्रतिशतसम्म व्याज छुट दिइने व्यवस्था गरिएको छ । यी सबै प्रयासको फलस्वरूप आज देशमा ग्रामीण विकासको एक नयाँ लहर सृजना भएको छ र देशको कुना कन्दरामा बस्ने जनताहरू पनि देश विकासको मूल प्रवाहमा आउन थालेका छन् ।
·      ग्रामीण विकासको लागि विगतको केन्द्रमुखी नीति महङ्गो, ढिलो, अदक्ष र अनुपयुक्त भएकोले ग्रामीण विकास र जिल्ला विकासको लागि अब जिल्ला विकास समिति, नगरपालिका र गा.वि..हरूलाई अझ बढी अधिकार र साधन, स्रोत तथा प्राविधिक जनशक्ति सम्पन्न बनाइएको छ । यसले गर्दा हिजोसम्म केन्द्रद्वारा कर्मचारीतन्त्रको माध्यमबाट सञ्चालित विकास कार्यक्रमहरू स्थानीय निकाय, उपभोक्ता समिति आदिद्वारा जनताको प्रत्यक्ष सहभागितामा कम लागतमा समयमा नै दिगो हिसाबले सम्पन्न हुन थालेका छन् । सम्बन्धित जिल्लामा उठाइने मालपोत र सम्पत्ति कर जिल्लाभित्रै खर्च गर्ने व्यवस्था गरी सो रकमबाट सम्पन्न गरिने विकासनिर्माण कार्यमा आवश्यक हुने प्रविधिहरू केन्द्रबाट उपलब्ध गराइने व्यवस्था भएको छ ।
..६ प्राकृतिक प्रकोपमा राहत र पुनर्निर्माण
·      नेपाली कांग्रेसले शासन सम्हालेपछि कहिले खडेरी र कहिले बाढी पहिरोको समस्या राष्ट्रिय रूपमा भोग्नु नपरेको होइन तर यस अवस्थामा पनि सरकारले स्वदेशी र विदेशी स्रोतहरूबाट साधन जुर्टाई खडेरीसंग जुध्न कामको लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्यो जसको फलस्वरूप तर्राई र पहाडका कतिपय जिल्लाहरूमा न्यून आय भएका जनताहरूमा राहत मात्र पुगेको होइन कि हजारौं किलोमिटर मोटर बाटो, घोडेटो, गोरेटो, नदी तटबन्ध, साना सिंचाई, बाँध, पैनी र कुवाहरू निर्माण भएका छन् ।
·      त्यस्तै २०५० श्रावणमा आएको बाढी पहिरोले लाखौं परिवारलाई पुर्याएको क्षतिलाई सरकारले स्वदेशी र विदेशी स्रोतहरू परिचालन गरी बाढी पीडित जनताहरूको राहत र पुनःस्थापना मात्र गरेको होइन सडक पुल व्यारेज, विद्युत गृह, तटबन्धको अत्यन्त कुशलतापर्ूवक पुनर्निर्माण गरियो र स्थानीय स्तरका घर जमिन, विद्यालय, स्वास्थ्य चौकी, कुलोहरूलाई पनि समयमै पुनःनिर्माण गर्यो । बाढीबाट विस्थापित करिब दर्ुइ हजार परिवारलाई नमूना गाउँको निर्माण गरी बसोवासको प्रबन्ध गर्यो । बाढी पीडित किसानहरूलाई गाई, बाख्रालगायतका अन्य चौपायाहरूसमेत उपलब्ध गराइएको छ । पाँच हजारसम्म ऋण लिएका सम्पर्ूण्ा भूकम्प पीडित परिवारहरूको ऋण मिनाह गरिएको छ ।
..७ शहीद र राजनीति पीडित
·      नेपाली कांग्रेसको सरकारले देशमा प्रजातन्त्र स्थापनाका लागि भएका जनसंर्घष्ाहरूमा मारिएका संपर्ूण्ा सपूतहरूको सम्मानस्वरूप शहीदका परिवारहरूलाई सम्मान र सहयोग गर्ने कार्यहरू सम्पन्न गरेको छ । शहीदका छोराछोरीहरूको शिक्षादीक्षाका निम्ति विशेष प्रबन्ध स्वरूप छात्रवृत्तिहरूको व्यवस्था गरिएको छ ।
·      उच्च स्तरीय राजनीति पीडित सहायता समिति गठन गरी सो समितिमार्फत लामो प्रजातान्त्रिक आन्दोलनमा अनेक कष्ट र यातना भोग्दै संर्घष्ा गरेका प्रजातन्त्रका सेनानीहरूको अधिकारिक लगत बनाई साधन र स्रोतले भ्याएसम्म यथोचित सम्मान र सहयोग गर्ने कार्य चालु रहेको छ ।
..८ नागरिकता सम्बन्धी समस्या
·      नेपाली कांग्रेस नेपालका सबै नागरिकहरूले नागरिकताको प्रमाणपत्र पाउने सरल व्यवस्थाका निम्ति प्रयत्नशील रहँदै आएको हो । सोही बमोजिम नेपाली कांग्रेसको सरकारले संविधानअर्न्तर्गत रही सम्भव भएसम्मका सरल प्रक्रियाका आधारमा नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्थाका लागि आवश्यक कानूनी प्रबन्ध गरेको छ । जसअनुसार नेपाल अधिराज्यको संविधानअर्न्तर्गत रही नेपाली नागरिकहरूलाई नागरिकताको प्रमाणपत्र दिने व्यवस्थालाई सरल पारिएको छ । आधिकारिक लिखत राख्ने राम्रो प्रचलन नभएका कारणले र आना माता पिताको नागरिकताको प्रमाणपत्र नभएको कारणले नागरिकताको प्रमाणपत्र लिन कठिनाई पर्नेहरूलाई कुनै पनि किसिमको सरकारी लिखतमा भएको आवश्यक व्यहोरालाई आधिकारिक मान्ने गरी सरल बनाइएको छ । यसबाहेक रोजेको नागरिकता लिने र अंगीकृत नागरिकता लिने क्रममा पहिलेदेखि नै निवेदन परेकाहरूको हकमा पनि कानूनअर्न्तर्गत रही सरल पारिएको छ ।
..९ परराष्ट्र सम्बन्ध
·      संयुक्त राष्ट्र संघको आदर्श र मान्यताप्रति नेपालको प्रतिवद्धता अझ सुदृढ गराउन नेपालले विश्वशान्ति, समझदारी, न्याय, स्वतन्त्रता, मानवाधिकार, आर्थिक एवम् पर्यावरणीय विकास तथा सन्तुलन जस्ता अत्यावश्यक पक्षहरूमा बढी योगदान दिंदै आएको छ । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघको आहृवानमा नेपालले इराक, युगोस्लाभिया, कम्बोडिया, सोमालिया, मोजम्बिक र लेवनानमा आना सेना तथा प्रहरीलाई शान्ति सेनामा सरीक गर्राई सक्रिय भूमिका निर्वाह गरेको छ ।
·      नेपालले गत तीन वर्षा अन्तर्रर्ााट्रय क्षेत्रमा देखाउन सकेको छविको फलस्वरूप विभिन्न देशहरूले नेपालमा आवासीय दूतावासहरू खोल्न थालेका र अन्तर्रर्ााट्रय संगठनहरूले क्षेत्रीय कार्यालयहरू स्थापना गर्न थालेका छन् । गत तीन वर्षा फिनल्याण्ड, डेनमार्क र श्रीलङ्काले नेपालमा आना आवासीय राजदूतावास खोलेका र यूनिसेफ, यु.एन.एफ.पी.. र आई.टी.यू. जस्ता अन्तर्रर्ााट्रय संस्थाहरूले आफनो क्षेत्रीय कार्यालयहरू नेपालमा खोलेका छन् ।
·      नेपाल भारतबीच डिसेम्बर ६, १९९१ मा भएको व्यापार तथा पारवहन सन्धिहरू र फेब्रुअरी १६, १९९३ मा नेपाल र भारतबीच भएको सहमतिको नयाँ व्यवस्थाबाट निषेधात्मक सूचीमा समावेश भएका केही वस्तुहरू बाहेक नेपाली श्रम वा नेपाली र भारतीय कच्चा पदार्थ ५० प्रतिशतसम्म सम्मिश्रण गरी तयार भएका नेपाली उत्पादित वस्तुले भारतीय बजारमा भन्सार र परिमाणात्मक बन्देज नलागी सहुलियतपर्ूण्ा प्रवेश पाएका छन् । साथै पहिलेको प्रोफर्मा व्यवस्था खारेज गरी श्री ५को सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सहमति भएकाले यी दर्ुइ थप व्यवस्थाबाट भारतमा हुने निर्यात व्यापारमा वृद्धि हुन थालेको छ ।
·      चीनको स्वशासित क्षेत्र तिब्बत -हृलासा) र काठमाडौंबीच ट्रक तथा बससेवा सोझै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसबाट पर्यटन तथा व्यापार विकासमा महत्वपर्ूण्ा सहयोग पुग्नेछ ।
·      नेपाल आएका भूटानी शरणार्थी समस्याको समाधानका निम्ति प्रारम्भ गरिएका प्रयासहरूमा केही प्रगति भएको छ । सम्भव भएसम्म द्विपक्षीय आधारमा समस्याको समाधान गर्ने नेपालको चाहनाअनुरूप नेपाली कांग्रेसको सरकारले यसबारे मुलुकभित्र र्सवदलीय सहमति कायम गरी सोही नीतिअनुरूप आनो कार्यलाई अघि बढाउँदै आएको छ । पारस्परिक वार्ता र समझदारीको परिणाम भूटानबाट वलपर्ूवक लखेटिएका शरणार्थीहरूको समस्यालाई स्वीकार गर्ने स्थितिमा भूटान आइपुगेको छ ।
. निर्वाचित भएमा हामी के गर्नेछौं -
.१ आर्थिक विकास ः उत्पादन र आयमा वृद्धि
गरीव, निमुखा र दरिद्रताबाट पिल्सिएका जनताहरूको जीवनस्तर सुधारका लागि राष्ट्रिय उत्पादन र आय नबर्ढाई सुख्खै छैन । यसो भएपछि मात्र रोजगारीका अवसरहरू खुल्ने छन् र जनताको आयमा वृद्धि आउनेछ । यसै तथ्यलाई मनन गरी नेपाली कांग्रेसको सरकारले सत्तामा आएपछि आर्थिक विकासको क्रममा सरकारी क्षेत्र र निजी क्षेत्रको भूमिका स्पष्ट गर्दै निजी क्षेत्रलाई बढी स्वतन्त्रतापर्ूवक लगानी र बचत गर्ने वातावरणको सृजना गर्न आवश्यक नीति नियमको तर्जुमा गर्ने क्रममा उदार आर्थिक नीतिको प्रतिपादन गरी कार्यान्वयन गरेको सबैमा विदितै छ । यसबाट अर्थव्यवस्थामा धेरै सकारात्मक परिणामहरू देखिएका छन् जुन कुरा माथि नै उल्लेख गरियो । उद्योग, वाणिज्य, पर्यटन, बैकिङ, वित्तीय आदि क्षेत्रको विस्तारले राष्ट्रिय आय र रोजगारीको अवसर दुबैमा वृद्धि ल्याएको छ । उदारवादी आर्थिक नीतिको सकारात्मक पक्षको जगर्ेना गर्दै यस नीतिलाई अगाडि बढाउन र अझ बढी जनमुखी बनाउन नेपाली कांग्रेसले आगामी वर्षरूमा थप पाइलाहरू चाल्नेछ ः
·      खासगरी र्सवसाधारण निमुखा र गरीवीको जीवनयापन गर्न बाध्य भएका समूहहरूको जीवनस्तर उचाल्न उत्पादन वृद्धि तथा रोजगारीका थप अवसरहरू प्रदान गर्न मूलतः आर्थिक वृद्धि तथा उत्पादन बढ्ने कार्यहरूलाई आधार बनाइनेछ ।
·      हाल अपनाइएका उदार अर्थ नीतिलाई निरन्तरता प्रदान गर्न थप सुधारात्मक कदमहरू चालिने छन् । सरकारी खर्चलाई बढी उत्पादनमूलक बनाई तथा आन्तरिक साधनको परिचालन बर्ढाई बजेट घाटा कम गराउँदै लगिनेछ । राजस्व वृद्धि गर्न कर सुधारका कार्यक्रमहरूलाई बढी पार्रदर्शक तथा सरल बनाइनेछ ।
·      स्वदेशी शीप तथा श्रमको अधिकतम उपयोग गरी आन्तरिक साधनको परिचालनद्वारा निजी क्षेत्रलाई उद्योग, व्यापार तथा पर्यटन विकासमा बढी लगानी गर्न लगाइनेछ साथै यी क्षेत्रहरूमा वैदेशिक लगानीलाई पनि बढीभन्दा बढी आकषिर्त गरिनेछ ।
·      निजी क्षेत्रमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन दिइनेछ तर स्वदेशी उद्योगहरूको पर््रवर्द्धनको लागि आयात वस्तुको तुलनामा उपयुक्त संरक्षणको व्यवस्था पनि गरिनेछ ।
·      हाल अपनाइएको निजीकरण नीतिलाई बढी व्यापक बनाउन श्रमिक तथा बढीभन्दा बढी जनताहरूको स्वामित्व बर्ढाई देशका विभिन्न क्षेत्रहरूमा शेयरको बाँडफाँडको व्यवस्था गरिनेछ । साथै शेयर कारोवारमा बढी जनताको संलग्नता गराउन देशका विभिन्न भागमा शेयर बजारको व्यवस्था गरिनेछ । निजी क्षेत्रको लगानीमा बढी जनसहभागिता जुटाउन पब्लिक लिमिटेड कम्पनीको स्थापनाको लागि प्रोत्साहन प्रदान गरिनेछ । स्वस्फूर्त रूपमा स्थापित र सञ्चालित सहकारी संस्थाहरूलाई आर्थिक प्रणालीको महत्वपर्ूण्ा अंगका रूपमा विकसित गर्दै लगिनेछ ।
·र्     पर्यटन सेवालाई रोजगारी प्रदान गर्ने प्रमुख क्षेत्रको रूपमा विकास गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसका लागि ग्रामीण पर्यटन, पर्वतीय पर्यटन तथा थप पर्यटन स्थलहरूको निर्माण गरी पर्यटन सामग्रीहरू समेत स्थानीय स्तरमा उत्पादन गराउने वातावरण सृजना गरिनेछ ।
.. र्सवाङ्गीण ग्रामीण विकास ः किसानको घरदैलोमा उज्यालो प्रकाश
नेपाली कांग्रेस आफूले गत तीन वर्षेखि प्रारम्भ गरेको विकास अभियानको केन्द्रमा पहाड र तर्राईका गाउँहरूलाई राखेर तिनलाई स्वावलम्बी र आत्मनिर्भर गाउँका रूपमा विकसित गरी किसानको घरदैलोमा उज्यालो प्रवेश गराउन चाहन्छ । खानेपानी, ग्रामीण विद्युतीकरण, ग्रामीण सडक, पुलपुलेसा, व्यवसायमुखी खेती प्रणाली, सिंचाई, स्वास्थ्य सेवा, निःशुल्क माध्यमिक शिक्षाको माध्यमबाट गाउँको विकासलाई तीव्रता दिने पक्षमा नेपाली कांग्रेस कटिवद्ध रहेको छ । यसै क्रममा नेपाली कांग्रेस प्रतिज्ञा गर्दछ ः
·      आगामी ५ वर्षा नेपाल अधिराज्यको ८० प्रतिशत जनतालाई खानेपानी उपलब्ध गराइनेछ । तर्राईका हकमा भने यसै अवधिमा ९० प्रतिशत जनतालाई यो सुविधा पुर्याइनेछ ।
·      गाउँ विकास समितिको भूमिकालाई कानूनद्वारा सशक्तिकरण गर्दै आ-आफ्ना ठाउँको स्रोत संरक्षण, परिचालन र सदुपयोगद्वारा स्वावलम्बी र आत्मनिर्भर बनाइनेछ ।
·      उत्तरी तथा दर्ुगम क्षेत्रका गाउँ विकास समिति तथा जिल्ला विकास समितिहरूमा स्रोतको कमी भई हुनपुग्ने अप्ठ्यारोलाई हटाउन त्यस क्षेत्रको चरन, खर्क, पर्यटनस्थल तथा राष्ट्रिय निकायहरूलाई समेत भागिदारी बनाइनेछ ।
·      स्थानीय निकायहरूलाई सेवामूलक र पर्ूवाधार निर्माण गर्ने कार्यमा मात्र सीमित नराखी गाउँघरमा उत्पादन र रोजगारीका अवसरको वृद्धि गराउने कार्यमा जनजागरण ल्याउने कार्यमा सक्रिय गराइनेछ ।
·      आगामी ५ वर्षा झोलुङ्गेपुलको गुणस्तरयुक्त निर्माण सामग्री र निर्माण प्रविधिलाई अरू व्यापक बनाई जनसंलग्नताबाट आवश्यक मात्रामा पुलहरूको निर्माण गरिनेछ ।
·      ग्रामीण महिलाहरूलाई आत्मनिर्भर बनाउन महिला विकास कार्यक्रमलाई व्यापक र विस्तार गरिनेछ ।
·      दर्ुगम क्षेत्रको विकासका लागि अति पछाडि परेका जिल्ला तथा गाउँहरूको न्यूनतम विकास आधार बनाई सो आधारसम्म पुर्याउन जो चाहिने स्रोत साधनको व्यवस्था केन्द्रका तर्फबाट गरिनेछ ।
·      सामुदायिक वन व्यवस्था प्रणाली अपनाई वन पैदावारको स्थानीय आवश्यकता परिपर्ूर्ति स्थानीय स्तरबाटै गराउँदै लैजाने व्यवस्था बसाल्न सक्रिय उपभोक्ता समूहहरू तयार गरी वन क्षेत्र हस्तान्तरण गर्ने प्रक्रियालाई तीव्र पारिनेछ ।
.३ मानव शक्तिको विकास ः राष्ट्रिय विकासको मेरुदण्ड
मानवीय क्षमताको विकास नै सबैखाले विकासको मूल आधार हो । त्यसैले नेपाली कांग्रेस जनताको शारीरिक, शैक्षिक, बौद्धिक विकासलाई उन्नत र सुदृढ गरेर नै राष्ट्रिय विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा विश्वास राख्तछ ।
·      नेपाल अधिराज्यका सम्पर्ूण्ा गाउँ विकास समितिमा न्यूनतम एक स्वास्थ्य उपकेन्द्र स्थापना गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
·      प्रत्येक निर्वाचन क्षेत्रभित्र ३ शैय्याको एक एक वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्यअनुरूप आगामी ५ वर्षा जम्मा १५० निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा विस्तार गरिनेछ ।
·      स्तरयुक्त स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गर्राई विदेशमा गैरहको राष्ट्रिय धनलाई रोक्न स्वदेशभित्र सरकारी र निजी क्षेत्रमा उच्च स्तरीय अस्पताल, नर्सिङ होम आदिको व्यवस्था गरी गुणस्तरीय सेवा पुर्याउनेछ ।
·      आयर्ुर्वेद शिक्षाको गुणात्मक विकास र विस्तारका लागि जोड दिनेछ ।
·      प्राकृतिक चिकित्सा प्रणालीलाई प्रोत्साहित गरी स्वास्थ्य सेवाको विविधीकरण गरिनेछ ।
·      जनसंख्याको अत्यधिक वृद्धिलाई कम गर्न जनचेतना जगाउनका साथै परिवार नियोजनको सेवा विस्तार गरी हालको २४ प्रतिशत परिवार नियोजन गर्ने संख्यालाई अभिवृद्धि गरी आगामी ५ वर्षा ४० प्रतिशतमा पुर्याउनेछ ।
·      जनसंख्याको चापको अनुपातमा जिल्ला अस्पताल तथा त्यसमाथिका रिफेरल अस्पतालको शैघ्या तथा सेवा विस्तार गरिनेछ ।
·      आगामी ५ वर्षा प्राथमिक विद्यालय जान सक्ने उमेरका सबै विद्यार्थीहरूका लागि प्राथमिक शिक्षाको अवसर उपलब्ध गराइनेछ । अनौपचारिक शिक्षा विस्तारमा हाल नेपाली कांग्रेसको सरकारले जनप्रतिनिधिहरू तथा गैरसरकारी संस्थाहरूलाई संलग्न गर्राई आवश्यक पर्ूवाधार खडा गरिसकेको छ र आगामी ५ वर्षा अनौपचारिक शिक्षालाई प्रभावकारी बनाई २५ लाख भन्दा बढी निरक्षरलाई साक्षर गराइनेछ ।
·      नेपालको ग्रामीण क्षेत्रमा रहेका अधिकतम श्रमलाई व्यावसायिक दक्षता दिई प्राविधिक ज्ञान सीप अभिवृद्धि गरी श्रमको गुणात्मक विकास गरेर स्वआर्जनमा वृद्धि गर्ने हेतुले व्यवसायिक तथा प्राविधिक शिक्षाको विस्तार गर्न दीपायल, नेपालगञ्ज, दाङ, मुस्ताङमा थप शिक्षालयको पर्ूवाधार खडा गरिसकेको छ । अतः ५ वर्षा ग्रामीण क्षेत्रमा व्यावसायिक ज्ञानको विस्तार अधिकतम गरिनेछ ।
·      आर्थिक कमजोर भएका र सामाजिक दृष्टिले पिछडिएका समुदायका छात्राहरूलाई छात्रवृत्तिको विशेष व्यवस्था गरिनेछ । हाल यस्ता सहुलियत पाउने छात्राहरूको संख्या वर्षोनी करिब ४१ हजार भएकोमा आगामी ५ वर्षा यो संख्या करिब ७० हजार को लगभगमा पुर्याइनेछ ।
·      प्रत्येक प्राथमिक विद्यालयमा १ जना महिला शिक्षिका अनिवार्य रूपमा राख्नुपर्ने हालको व्यवस्थामा अरू विस्तार गरी महिला शिक्षिकाको संख्या प्राथमिक तथा माध्यमिक विद्यालयमा विस्तार गरिनेछ ।
·      जनआन्दोलनमा शहीद भएकाहरूका छोराछोरीहरूलाई निःशुल्क शिक्षा दिने व्यवस्था कायम गरी अरू थप सुविधाहरू दिइनेछ ।
·      त्रिभुवन विश्वविद्यालयको सुदृढीकरण र विशिष्टीकरणको प्रक्रिया बढाइनेछ र नयाँ स्थापित र खुल्ने तयारीमा रहेका विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूलाई तोकिएको शर्तभित्र राखी अलग अलग प्राज्ञिक पहिचान र विशिष्टीकरणको दिशामा प्रोत्साहित गरिनेछ ।
·      साक्षरता विकासका निम्ति अनौपचारिक शिक्षा लगायत व्यावहारिक तथा प्रयोजनमूलक शैक्षिक कार्यक्रमहरूको विस्तार गरिनेछ ।
·      गाउँ र शहरका साधारण विद्यालयहरूको गुणस्तर वृद्धिका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
·      माध्यमिक शिक्षालाई निःशुल्क गर्ने कार्यक्रम चालु राखिनेछ ।
·      दर्ुगम क्षेत्रका छात्राहरू, सामाजिक रूपले पछाडि परेका वर्ग र जातिका विद्यार्थीहरू र दर्ुगम क्षेत्रका विद्यालयबाट उत्तर्ीण्ा हुने विद्यार्थीहरूको प्राविधिक उच्च शिक्षाका क्षेत्रमा हुने प्रवेशलाई प्रोत्साहित गर्न विशेष आधारहरू तयार पारिनेछ ।
·      प्राथमिक स्तरसम्म आ-आफ्नै मातृभाषामा शिक्षा प्रदान गर्न राष्ट्रिय भाषा नीति सुझाउ आयोगको सिफारिस बमोजिमका कार्यक्रमहरूलाई तदारुकता साथ अघि बढाइनेछ ।
·      संस्कृत शिक्षालाई बढी वैज्ञानिक र प्रयोजनमूलक ढंगबाट विकसित गरिनेछ ।
·      निजी क्याम्पसहरूको सुदृढीकरणका लागि प्रोत्साहित गरिनेछ ।
.४ गरीवी निवारण र रोजगारमुखी विशेष कार्यक्रम
व्यवसायमूलक कृषि, साना ठूला उद्योग, विविध व्यवसाय र र्सार्वजनिक निर्माणका विविध योजनाहरूमा आधारित रोजगार अभियान सञ्चालन गरेर नेपाली कांग्रेसले सबैले रोजगारी पाउने अवस्थाको सृजना गर्नेछ ।
गरीवी हाम्रा सबै किसिमका विकास प्रयासको मूल अवरोध हो । त्यसैले नेपाली कांग्रेसले आनो आर्थिक कार्यक्रमको मूल लक्ष्यमा गरीवी निवारणलाई राखेको छ । गरीवी निवारण गर्ने कार्य आफैमा बहुपक्षीय प्रकृतिको हुने भएकाले यसका लागि सबै क्षेत्रका कार्यक्रमहरू एकीकृत रूपमा गरीवी निवारण गर्ने दिशातर्फ उन्मुख गराउँदै लैजानु आवश्यक छ भन्ने नेपाली कांग्रेसको धारणा छ । हामी चाहन्छौं गरीवी निवारणका लागि अपनाइने कार्यक्रम केही टाठाबाठा र सम्पन्न वर्गकै पोल्टोमा नपुगोस् र खास गरीवीद्वारा पीडित व्यक्ति नै प्रत्यक्ष रूपले लाभान्वित हुन सकोस् । आगामी पाँच वर्षम्म गरीवी निवारणका लागि सम्पर्ूण्ा राष्ट्रिय प्रयत्नहरूलाई व्यापक मात्रामा रोजगारीको विस्तार र उत्पादनमूलक रोजगार योजनाको कार्यान्वयनमा वितेका तीन वर्षा नेपाली कांग्रेसको सरकारले हासिल गरेको अनुभवलाई समेत अधिकतम रूपमा प्रयोग गर्दै नेपाली जनताको पुनः विश्वास र र्समर्थन प्राप्त भएमा निम्नअनुसार गरीवी निवारण र उत्पादनमुखी ठोस रोजगार योजनाहरूका सञ्चालनमा दृढताका साथ लाग्नेछ ।
·      व्यावसायिक कृषि र कृषि वन कार्यक्रम, साना किसान कार्यक्रम, महिला विकास कार्यक्रम, साना तथा घरेलु उद्योग कार्यक्रम, ग्रामीण बैड्ढ विस्तार कार्यक्रम, कामको लागि खाद्यान्न कार्यक्रम, निरक्षरता उन्मूलनको विशेष कार्यक्रम, परिमार्जित ग्रामीण स्वास्थ्य सेवा कार्यक्रम, ग्रामीण सञ्चार कार्यक्रम, शहरी सरसफाई र वातावरण सुधार कार्यक्रम, पशु औषधी पसल विस्तार कार्यक्रम, ग्रामीण तथ्याड्ढ संकलन कार्यक्रम, उपयुक्त प्रविधि प्रसार कार्यक्रम र प्राविधिक सीप विस्तार कार्यक्रम जस्ता कार्यक्रमहरूलाई समन्वय गरी विशेष रोजगार कार्यक्रम सञ्चालन गरेर त्यसको अनुगमनसमेत गर्न आवश्यक व्यवस्था गरिनेछ । यसबाट शिक्षित, सामान्य तालिम प्राप्त र र्सवसाधारण लाखौं जनतालाई वर्षोनी नयाँ थप रोजगारी उपलब्ध गराइनेछ ।
·      वेरोजगारी र अर्धवेरोजगारीको समस्या सबैभन्दा बढी ग्रामीण क्षेत्रमा नै हुने गरेकाले थप रोजगारीका लागि ग्रामीण पर्ूवाधार विकास कार्यक्रमलाई जोड दिइनेछ ।
·      वैदेशिक रोजगारीका अवसरहरूको पहिचान गरी तदनुकूल नेपाली कामदारहरूलाई तालिम दिलाउने र व्यवस्थित ढले गुणात्मक किसिमको वैदेशिक रोजगारी दिलाइनेछ ।
·      रोजगारी खोज्ने ठूलो समुदाय अझै पनि अशिक्षित र अदक्ष नै रहेकाले तिनलाई एकीकृत रूपमा आधारभूत शिक्षा र प्राविधिक तथा व्यावसायिक तालिमको विशेष योजना बनाई ग्रामीण क्षेत्रमा विस्तार गरिनेछ ।
·      नेपालका गाउँहरूको प्रमुख समस्या गरीवी भएकाले गरीवी निवारणका लागि ग्रामीण क्षेत्रमा कर्जा विस्तार गर्नाका साथै लक्षित वर्गका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि हाल सञ्चालन भइरहेका पर्ूवाञ्चल र सुदूर पश्चिमाञ्चल ग्रामीण विकास बैड्ढको सेवा क्षेत्र विस्तारित गरिनेछ तथा मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलमा ग्रामीण विकास बैङ्क खोलिनेछ ।
·      गरीवहरूलाई श्रममूलक रोजगार दिलाई ग्रामीण पर्ूवाधारको विकास गर्ने कामका लागि खाद्यान्नको व्यापक रूपमा विस्तार गरिनेछ । स-साना जग्गाधनीले फाइदा पाउने खालको साना सिंचाई योजनाको विस्तारको लागि अनुदान र ऋण उपलब्ध गराइनेछ । स्थानीय निकायहरूबाट जाने कार्यक्रमलाई बढीभन्दा बढीमात्रामा विपन्न वस्ती र गाउँहरूमा प्रवाहित गराइनेछ ।
·      पहाड र तर्राईमा रहेका वन बुट्यानको विकास गर्नको लागि कबुलियत वन कार्यक्रमको विस्तार गरिनेछ । त्यस्तो कार्यक्रममा भूमिहीन र सीमित किसानलाई समूहगत रूपमा सरिक गराइनेछ । सामाजिक र गैर सरकारी संस्थाहरूलाई गरीवी उन्मूलन सम्बन्धी कार्यक्रममा बढी उन्मुख गराइनेछ । ग्रामीण स्वावलम्वन कोषलाई अझ बढी परिचालन गरी ग्रामीण स्वावलम्वन कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाइनेछ ।
·      सुकुमवासीहरूलाई वसोवास गराउन र उनीहरूको जीविकोपार्जनका लागि जग्गा र आवश्यक सेवा सुविधा उपलब्ध गराइनेछ । गरीवहरूलाई पूँजीगत साधनमा पहुँच बढाउन वर्तमान भूमि व्यवस्थामा आमूल परिवर्तन गरिनेछ ।
·      गुठीलाई रैकर गर्ने काम व्यापक गरिनेछ । गुठीलाई रैकर गर्दा वर्तमान व्यवस्थामा मोहीलाई पर्ने व्यावहारिक कठिनाइलाई ध्यानमा राखी धर्मलोप नहुने गरी किसानलाई हित हुने किसिमले रैकरमा परिणत गरिनेछ ।
·      सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले पछाडि परेका क्षेत्र र गरीव परिवारको पहिचान गर्ने सरल र भरपर्दो तरिका विकास गरी यसको प्रयोग सबै पक्षगत कार्यक्रमहरूमा एकरूपताका साथ लागु गर्ने व्यवस्था गरिनेछ ।
·      गरीवी निवारणका निम्ति जनसंख्या वृद्धिदर कम गर्ने कृषि उत्पादकत्व वृद्धि गर्ने, गैरकृषि रोजगारीको विस्तार गर्ने विभिन्न कार्यक्रमहरू तदारुकताका साथ सञ्चालन गरिनेछ ।
·      उत्पादनका साधनहरूमा आर्थिक दृष्टिले कमजोर वर्गको पहुँच बढाउने खालका कार्यक्रमहरू ल्याइनेछ ।
उपर्युक्त कार्यक्रमहरूलाई समन्वय गरी विशेष रोजगारी र आयमूलक योजना राष्ट्रिय अभियानको रूपमा सञ्चालन र अनुगमनको समेत व्यवस्था गरिनेछ ।
.५ कृषि क्षेत्रको गुणात्मक विकास
नेपाली कांग्रेस कृषि क्षेत्रको गुणात्मक विकासका निम्ति कृषि प्रणाली र भूमि व्यवस्थामा परिवर्तन वन तथा भूसंरक्षण कार्यक्रमको सुदृढीकरण एवम् तर्राई र पहाडमा सिंचाईको विशेष व्यवस्था गरी खाद्यान्न उत्पादनमा दरिलो बन्दै कृषकहरूको जीवनस्तर उकास्न पर्ूण्ातः प्रयत्नशील रहनेछ । यसका लागि हाम्रो प्रतिवद्धता यसप्रकार छ ः

..१ कृषि
·      निर्वाहमुखी कृषि प्रणालीलाई बजारमुखी उत्पादनमूलक कृषि प्रणालीमा परिवर्तन गर्दै लाने दृष्टिकोणबाट कृषि क्षेत्रको दर्ीघकालीन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गरिनेछ ।
·      छिटो र कम खर्च लाग्ने प्रणालीको छनौटबाट सिञ्चित क्षेत्रको विस्तार गर्ने, रासायनिक मलको सन्तुलित उपयोग गरी खाद्यान्न उत्पादन बढाउने, प्राङ्गारिक र हरियो मलको प्रयोगलाई व्यापक गराउने ग्रामीण सडकको निर्माण गरी राजमार्ग वा सहायक मार्गसम्म जोड्ने, उत्पादन क्षेत्रलाई विद्युतीकरण गर्ने र खास गरी पहाडी क्षेत्रमा बढी मूल्यका कृषि वस्तुहरू उत्पादन गराउने कार्यहरूमा प्राथमिकता दिइनेछ ।
·      स्थानीय स्तरमा कृषि सेवा कार्यक्रमहरू कार्यान्वयन गर्न सम्भाव्य क्षेत्रमा कृषक समूहसंगको छलफलका आधारमा उनीहरूले नै प्राथमिकता निर्धारण गरेका तुलनात्मक लाभ भएका स-साना आयोजना तयार गरी कार्यान्वयन गर्ने व्यवस्था गरिनेछ ।
·      कार्यान्वयन गरिएका आयोजनाहरूको अनुगमन र मूल्याङ्कनमा पनि कृषक समूहकै सहभागिता रहने व्यवस्था लागु गरी कृषि योजना तर्जुमा र अनुगमन तथा मूल्याङ्कनमा पनि स्थानीय कृषक सहभागिता अभिवृद्धि गर्दै लगिनेछ ।
..२ भूमिसुधार तथा व्यवस्था
·      जमिनमा रहेको द्वैध स्वामित्व समाप्त पार्न केही संवैधानिक कठिनाई उत्पन्न भई ढिलाई हुन गएकाले आगामी वर्षसो अप्ठ्यारा फुकाई सो संबन्धी विधेयक ल्याइनेछ ।
·      कानूनद्वारा जमिनको स्वामित्वको निश्चित हक तोक्ने प्रणालीबाट कालान्तरमा समस्या दोहोरिंदै जाने हुँदा प्रगतिशील कर प्रणालीको अवलम्बन गरी बजारको माध्यमबाट उपयुक्त हदवन्दी निर्धारण हुने प्रणालीको विकास गरी समस्याको स्थायी समाधान गरिनेछ ।
·      जमिनको खण्डीकरण रोक्न र चक्लावन्दीमा टेवा पुर्याउन आवश्यक कानूनी आधारहरू समेतबाट उपयुक्त वातावरण तयार गरिनेछ ।
..३ वन तथा भूसंरक्षण
·      सामुदायिक वन व्यवस्था प्रणालीअर्न्तर्गत सक्रिय उपभोक्ता समूहहरू तयार गरी वन क्षेत्र हस्तान्तरण गर्ने प्रक्रियालाई तीव्र पारिनेछ ।
·      व्यावसायिक व्यवस्थापनको माध्यमबाट व्रि्रँदो वनको हैसियतलाई सुधार्न खास गरी तर्राईको वन जंगलको वैज्ञानिक व्यवस्थापन गर्दै लगिनेछ ।
·      राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण तथा आरक्ष केन्द्रहरूको संरक्षण गरिनेछ ।
·      महत्वपर्ूण्ा जडिवुटीको स्रोत संरक्षण र सड्ढलनमा उपयुक्त प्रविधिको विकास र व्यवस्थापनबाट जडिवुटी खेती, प्रशोधन र निकासी पर््रवर्द्धनमा विशेष जोड दिइनेछ ।
·      भूस्खलन रोक्न, वातावरण संरक्षण गर्न, पहाड र तर्राई क्षेत्रमा बाढीको समस्या कम गराउन तथा भूमिगत जलको आपर्ूर्तिमा निरन्तरता राख्न शिवालिक क्षेत्रलाई सुरक्षित क्षेत्र घोषित गरिनेछ । जनसहभागिताका आधारमा यस्ता क्षेत्रको संरक्षण गर्दै लगिनेछ ।
..४ तर्राई र पहाडमा सिंचाइ
·      देशमा उपलब्ध नदीनाला एवम् भूमिगत जलस्रोतलाई समेत उपयोग गरी सीमित भूमिबाट अधिकतम उत्पादन गराउन सिंचाई विकासमा जोड दिइनेछ ।
·      कृषकहरूको मागअनुसार सिंचाई प्रणालीहरूको पहिचान, संभाव्यता अध्ययन, छनौट र कार्यान्वयनमा समेत कृषकहरूको संगठित सहभागिता जुटाएर सिंचाई प्रणालीको सञ्चालन र व्यवस्थापनको पर्ूण्ाजिम्मा उपभोक्ता कृषकहरूलाई दिइनेछ ।
·      ठूला आयोजनाहरूबाट धेरै जमिनमा सिंचाई सुविधा पुर्याउने भए तापनि समयमा निर्माण कार्य सम्पन्न नहुने जस्ता कठिनाई भएकाले उपभोक्तामूलक सिंचाई आयोजनाहरू जस्तै आई.एल.सि., इरिगेसन सेक्टर प्रोजेक्ट एवम् कृषि विकास बैङ्कबाट सञ्चालन हुने सिंचाई कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
·      तर्राईमा २ हजार र पहाडमा ५ सय हेक्टर भन्दा घटीका सरकारी स्तरमा निर्माण भएका साना सिंचाई आयोजनाहरू उपभोक्ता समितिलाई हस्तान्तरण गर्दै लगिनेछ ।
·      कृषकहरूलाई सेवा उपलब्ध गराएमा मात्र पानीपोत असूल गरिनेछ ।
·      सतह सिंचाईको सम्भाव्यता नभएका क्षेत्रहरूमा प्राथमिकताको आधारमा भूमिगत जल सिंचाईको निर्माण एवम् विकास गरिनेछ ।
·      कृषि विकास बैङ्कले साना सिंचाई आयोजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको तथ्यलाई ध्यानमा राखी ट्यूववेल, सतहगत स्प्रीड्ढलर प्रणाली आदिबाट सिंचाई सुविधा पुर्याउन जोड दिइनेछ । किसानको मागका आधारमा जनसहभागिता जुट्ने सिंचाई आयोजना सञ्चालन गर्न अनुदान व्यवस्था बढाइनेछ ।
·      पूरा भएका आयोजनाहरूको उपादेयतालाई घट्न नदिन यस्ता आयोजनाहरूको मरम्मत सम्भार तथा सुधारमा विशेष ध्यान दिई आयोजनाहरू क्रमशः कृषकहरूलाई हस्तान्तरण गर्दै लैजाने नीति रहनेछ ।
·      नदीहरूले व्यापक रूपमा खेतीयोग्य भूमिको कटान गर्ने क्रमलाई रोक्न तथा सिंचाई संरचनाहरू बचावटको लागि स्थानीय जनसहभागितालाई प्रोत्साहित गरी नदी नियन्त्रण कार्य गरिनेछ ।
·      भेरी-बबई डार्इभर्सन, सुनकोशी डार्इभर्सन जस्ता महत्वपर्ूण्ा सिंचाई आयोजनाले तर्राईका अधिकांश सुख्खा भागलाई सिंचित गर्ने आयोजनालाई विस्तृत अध्ययन गरी अघि बढाइनेछ ।
.६ भौतिक पर्ूवाधार ः विकास गतिविधिको मूल आधार
नेपाली कांग्रेस मुलुकको आर्थिक विकासका निम्ति प्रारम्भिक रूपमा भौतिक पर्ूवाधारको निर्माणतर्फ आना प्रयासहरूलाई केन्दि्रत गर्न चाहन्छ । नेपाली कांग्रेसले वितेका तीन वर्षा धेरै समय साधन र स्रोत भौतिक पर्ूवाधारको निर्माणतर्फ नै खर्च गर्दै आएको हो । आउने ५ वर्षपनि मूलतः हाम्रो प्रयास राष्ट्रिय विकासका निम्ति भौतिक पर्ूवाधारका रूपमा रहेका सडक, सिंचाई, विद्युत र उर्जाको उत्पादन र सञ्चार जस्ता महत्वपर्ूण्ा पक्षमा केन्दि्रत रहनेछ ।
..१ सडक, पुल तथा अन्य यातायात
·      सडक सुविधा पुर्याउन बाँकी रहेका कर्ण्ााली जस्ता दर्ुगम क्षेत्र तथा सडक सुविधाबाट वञ्चित रहेका जिल्लाहरूमा सडक पुर्याउने कार्यलाई पहिलो प्राथमिकता दिइनेछ ।
·      नेपालको दक्षिणी र उत्तरी भागलाई मोटर यातायातले आवद्ध गरी तर्राई, पहाड र हिमाली क्षेत्रलाई भौतिक र आर्थिक रूपले एकीकृत गरी राष्ट्रिय एकताको भौतिक आधारशीलालाई अझ सुदृढ बनाइनेछ ।
·      गाउँ घरदेखि शहर बजारसम्म जोड्ने सडक निर्माण गरी गाउँ घरमा उत्पादन भएका वस्तुहरूलाई शहर बजार पुर्याई ग्रामीण जनताको आर्थिक विकासमा सहयोग पुर्याइनेछ ।
·      कम चौडा तथा कम खर्चिलो सडक निर्माण गरी सीमित साधनबाट सकेसम्म बढी जनतालाई सडक सुविधा पुर्याइनेछ ।
·      ग्रामीण यातायात विकासको लागि तर्राईका हुलाकी सडकहरूमा बढीभन्दा बढी पुल तथा कर्ल्भर्ट निर्माण गरिनेछ ।
·      पहाडी इलाकाहरूमा भए ट्याक्टर बाटो र नभए सजिलोसंग आवत जावत गर्न सकिने घोडेटो बाटोहरू र झोलुङ्गे पुलहरू बनाइनेछ ।
·      महेन्द्र राजमार्गमा बनाउन बाँकी पुलहरू चाँडै बनाई सुदूर पश्चिमाञ्चलको यातायात सुविधामा विस्तार गरिनेछ ।
·      पर्ूवाञ्चल क्षेत्रलाई काठमाडौंसंग छोटो दूरीमा आवद्ध गरी त्यस क्षेत्रको विकासमा मौलिक परिवर्तनहरू ल्याइने वर्दिवास­ सिन्धुली-काठमाडौं राजमार्गको निर्माण शुरू गरिनेछ ।
·      विद्यमान सडक तथा पुलहरूको उचित मरम्मत संभार नियमित र व्यवस्थित ढंगको कार्यसेवा सञ्चालन गरी यातायात सुविधा व्रि्रन दिइनेछैन ।
·      विजुलीबाट चल्ने ट्रलिबस सेवाको निर्माण तथा विस्तार गरी वातावरणलाई स्वच्छ राख्ने कार्य गरिनेछ ।
·      ठाउँ ठाउँमा स-साना स्तरका आयोजनाबाट विजुली निकाली त्यसबाट चल्ने स्थानीय आवश्यकता पर्ूर्ति गर्ने खालका रोपवे चलाउने नीति लिइनेछ । केवुलकारको सम्भाव्यताको अध्ययन गरिनेछ ।
·      काठमाडौं उपत्यकाको सडक समस्यालाई दृष्टिगत गरी यसको सुधारका साथै आन्तरिक चक्रपथको सिद्धान्तलाई अघि बर्ढाई निर्माणको क्रम शुरू गरिनेछ ।
·      सडक यातायात नपुगेका ठाउँमा हवाई यातायातको सुविधा पुर्याउन भएका विमानस्थलहरूको सुदृढीकरण गर्ने र निर्माणाधीनलाई अन्य आवश्यक ठाउँमा संभाव्यता हेरी नयाँ निर्माण समेत गरिनेछ ।
·      शहरी क्षेत्रमा यातायात सुविधा पुर्याउन र्सार्वजनिक यातायातको विकास गरिनेछ ।
..२ विद्युत तथा ऊर्जा
·      -साना खोलाको पानीलाई उपयोग गरी निजी स्तरबाटै कम लागत र छोटो समयमा विद्युत उत्पादन गर्न हिमाली र पहाडी क्षेत्रमा सरकारबाट अनुदान सहयोग वृद्धि गरी ग्रामीण क्षेत्रमा लघु जलविद्युतको विकासलाई प्रोत्साहन गरिनेछ ।
·      केन्द्रीय प्रसारण लाइनको आसपासका ग्रामीण क्षेत्रहरूमा केन्द्रीय ग्रीडबाट लाईन तानी ग्रामीण विद्युतीकरण गर्दै लगिनेछ ।
·      केन्द्रीय विद्युत प्रणालीबाट विद्युत सेवा पुर्याउन सम्भव नभएका क्षेत्रहरूमा निजी क्षेत्रलाई समेत सहभागी गर्राई साना जलविद्युत केन्द्रहरू निर्माण गरी ग्रामीण विद्युतीकरण गर्दै लगिनेछ ।
·      हालसम्म पनि विद्युत सेवा उपलब्ध नभएका जिल्लाहरूमा विद्युत सेवा पुर्याइनेछ ।
·      बढ्दो विद्युत मागलाई ध्यानमा राखी विद्युत आपर्ूर्तिको निमित्त निम्न कदमहरू चालिनेछ ः
. खिम्ती, मोदी, भोटेकोशी, पश्चिम सेती जस्ता जलविद्युत आयोजनाहरू निजी क्षेत्रबाट सञ्चालन गरी सकभर छिटो संपन्न गर्न प्राथमिकता दिइनेछ ।
. तत्काल नपुग विद्युत आपर्ूर्तिको लागि भारतबाट ५० हजार किलोवाटसम्म विद्युत आयात गर्न हुने गरी आ.. २०५१/५२ सम्ममा प्रसारण लाईन निर्माण कार्य संपन्न गरिनेछ । साथै आवश्यक ठाउँमा डिजेल प्लाण्ट स्थापना गरी विद्युत आपर्ूर्ति गर्नेतर्फ आवश्यक व्यवस्था मिलाइनेछ ।
. त्रिशुली देवीघाट, सुनकोशी जस्ता जलविद्युत आयोजनाहरूको पुनः निर्माण र क्षमता विस्तार पूरा गरी थप विद्युत शक्ति उपलब्ध गर्ने व्यवस्था मिलाइनेछ ।
. विगत वर्षरूमा निर्माण पूरा भएका साना जलविद्युत केन्द्रहरूको आवश्यक मरम्मत तथा सुधार एवम् क्षमतामा वृद्धि गरी थप ग्रामीण क्षेत्रहरूमा विद्युत सेवा पुर्याइनेछ ।
·      भविष्यको विद्युत मागलाई ध्यानमा राखी अरुण तेस्रो, कालीगण्डकी "", इलाम -पुवा खोला) जलविद्युत केन्द्रहरू निर्माण गर्नेतर्फ आवश्यक व्यवस्था मिलाइनेछ ।
·      व्यापक रूपमा गोवर ग्याँस प्लाण्ट स्थापना गरी उर्जा आपर्ूर्ति गर्न पहार्डतर्फ प्रति प्लाण्ट रू. १० हजारसम्म र तर्राईमा रु. ७ हजारसम्म अनुदान दिंदै आएको नीतिलाई जारी नै राखिनेछ ।
·      बूढीगण्डकी, सप्तगण्डकी, कर्ण्ााली, सप्तकोशी, सुनकोशी, पञ्चेश्वर जस्ता बृहत् आयोजनाहरू विद्युत निर्माण समेत गर्ने लक्ष्य राखी विस्तृत अध्ययन तथा कार्यान्वयनको लागि अगाडि बढाइनेछ ।
..३ सञ्चार
·      नेपाल अधिराज्यका हरेक गाउँ विकास समितिहरूमा पुर्याइएको हुलाक सेवालाई थप सुदृढीकरण गर्दै लगिनेछ ।
·      सम्भाव्य क्षेत्रमा हुलाक वचत बैङ्क र धनादेश सेवा क्रमशः उपलब्ध गराउँदै लगिनेछ ।
·      रेडियो नेपाललाई नेपाल अधिराज्यको संपर्ूण्ा क्षेत्रमा सुन्न सकिने बनाइनेछ ।
·      राष्ट्रिय भाषामा समाचार प्रसारण गर्ने क्रममा हाल १० भाषामा समाचार प्रसारण शुरू भैसकेको र अन्य बाँकी राष्ट्रिय भाषाहरूमा पनि समाचार प्रसारण गर्दै लग्नाका साथै यी भाषाहरूमा अन्य सूचनामूलक र मनोरन्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै लगिनेछ ।
·      नेपाल टेलिभिजनले हालसम्म प्रदान गर्दै आएको प्रसारण सेवालाई क्रमशः अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिनेछ । साथै नेपाल टेलिभिजनको प्रसारणलाई स्याटेलाईट मार्फत प्रसारण गरिनेछ । शैक्षिक र मनोरञ्जनात्मक कार्यक्रमका निम्ति निजी क्षेत्रलाई टेलिभिजन विस्तारका निम्ति प्रोत्साहित गरिनेछ ।
·      दर्ुगम ग्रामीण र तत्काल टेलिफोन लाईन जडान गर्न नसकिने जिल्लाका विभिन्न क्षेत्रहरूमा मार्टस् प्रणालीअर्न्तर्गत दूर सञ्चार सेवा उपलब्ध गराउँदै लगिनेछ ।
·      टेलिफोनको बढ्दो मागलाई ध्यानमा राखी सरकारी प्रयास तथा निजी स्तरको सहभागिता लिई मागअनुरूप सम्पर्ूण्ा क्षेत्रहरूमा टेलिफोन सुविधा पुर्याइनेछ ।
·      आगामी एकवर्षभत्र टेलिफोन सेवा नपुगेका हरेक निर्वाचन क्षेत्रमा र अन्य सम्भाव्य क्षेत्रमा भी.एच.एफ. सेवा पुर्याइनेछ ।
.७ उद्योग तथा व्यापार
नेपाली कांग्रेसको सरकारले विगतमा लिएको उदारवादी आर्थिक नीतिअनुरूप उद्योग र व्यापारको क्षेत्रलाई विकास गरी राष्ट्रिय विकासको प्रक्रियालाई तीव्र पार्न आगामी पाँच वर्षा हामी निम्नलिखित कार्यमा विशेष जोड दिनेछौं ः
·      आधारभूत स्वदेशी कच्चा पदार्थमा आधारित, निर्यातमूलक दैनिक उपभोगका सामानहरू उत्पादन गर्ने र उच्च प्रविधिमूलक उद्योगहरूको स्थापनामा निजी क्षेत्रलाई तथा वैदेशिक लगानीलाई उत्प्रेरित गरिनेछ ।
·      उपर्युक्त किसिमका उद्योगहरू स्थापना गर्दा आवश्यक पर्ने उचित वातावरण तथा सुविधा तथा संरचनाहरूको विकास गर्दै लगिनेछ ।
·      मुख्यतया यी उद्योगहरूमा बढी मानवीय श्रम प्रयोग हुने प्रविधिमा जोड दिइनेछ जसबाट बढी रोजगारीका अवसरहरू सृजना हुन जानेछ । साथै औद्योगिक उत्पादन तथा उत्पादकत्व बढाउने खालका प्रविधिहरूको विकासको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
·      देशमा उपलब्ध शीप, श्रम एवम् कला कौशल झल्कने र ग्रामीण तथा घरेलु क्षेत्रमा रहेका सृजनात्मक प्रतिभाहरूलाई उकास्ने खालका घरेलु तथा साना उद्योगहरूको विकास तथा सर्म्वर्द्धनमा ज्यादा ध्यान दिइनेछ । यसको लागि उचित तालिम तथा कुशल व्यवस्थापनमा बढी जोड दिइनेछ । यी उद्योगहरूबाट उत्पादित वस्तुहरूलाई आन्तरिक तथा अन्तर्रर्ााट्रय बजारहरू उपलब्ध गराउन विभिन्न पर््रवर्द्धनात्मक कार्यहरू सरकारी तथा निजी क्षेत्रको समन्वयात्मक प्रयासद्वारा सञ्चालन गरिनेछ । यी उद्योगहरूलाई गरीवी निवारण तथा ग्रामीण वेरोजगारी हटाउने प्रमुख स्रोतको रूपमा लिइनेछ ।
·      निर्यात अभिवृद्धिद्वारा व्यापार घाटा कम गर्न हाल निकासी भइरहेका वस्तुहरूलाई स्थायित्व प्रदान गरी यिनीहरूको वस्तु तथा बजार विविधीकरणका कार्यक्रमहरूलाई अगाडि बढाइनेछ ।
·      तुलनात्मक लाभ तथा देशमा उपलब्ध साधन र सीपका आधारमा नयाँ र बढी मूल्य अभिवृद्धि हुने निकासीयोग्य वस्तुहरूको विकास तथा यी वस्तुहरूको बजार पर््रवर्द्धन गर्ने कार्यक्रमहरूमा जोड दिइनेछ ।
·      निकासी पर््रवर्द्धनका कार्यक्रमहरूलाई बढी व्यापक र सघन प्रकारले सञ्चालन गर्न आवश्यक सहयोगहरू जुटाइनेछ ।
·      औद्योगिक विकास गर्दा वातावरण संरक्षणलाई उचित ध्यान दिनु अत्यावश्यक हुने सर्न्दर्भमा उद्योग स्थापना गर्दा यी पक्षहरूमा उचित ध्यान पुर्याई आवश्यक नियम कानूनको आधारमा औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापन गरिनेछ ।
·      काठमाडौंमा रहेका सिमेन्ट उद्योगहरू जस्ता वातावरणमा प्रतिकूल असर पार्ने उद्योगहरूलाई वातावरण प्रदूषण नियन्त्रण गर्ने व्यवस्थाहरू गर्न लगाइनेछ भने गार्मेण्ट र कार्पेट जस्ता कतिपय उद्योगहरूलाई नयाँ क्षेत्रहरूमा वातावरणको संरक्षणका उपायहरूको अवलम्वनद्वारा स्थानान्तरण गर्न प्रेरित गरिनेछ । यसरी स्थानान्तरण गर्दा त्यस क्षेत्रमा सम्बन्धित उद्योगलाई चाहिने पर्ूवाधार तयार पार्न आवश्यक व्यवस्था गरिनेछ ।
·      समष्टिगत रूपमा उद्योग तथा व्यापार विकासको लागि मौदि्रक, विनिमय तथा वित्तीय नीतिहरूलाई आवश्यकताअनुरूप समायोजन गर्दै लगिनेछ ।
·      उद्योग तथा व्यापार विकासका लागि हाल प्रचलित नीतिहरू र त्यसमा क्रमिक रूपमा गर्नुपर्ने सुधारहरूलाई दृष्टिगत गरी प्रचलित ऐन, नियम तथा कानूनी प्रावधानहरूमा सामयिक परिवर्तन गर्दै लगिनेछ ।
.८ पर्यटन विकास र सांस्कृतिक सम्पदाको संरक्षणर्
पर्यटन विकासको आवश्यकता, उपादेयता र यसले अर्थव्यवस्थामा दिएको योगदान र साथै नेपाललाई अन्तर्रर्ााट्रय क्षेत्रमा परिचित गराउन यस क्षेत्रले खेलेको भूमिकालाई समेत दृष्टिगत गरी यस क्षेत्रको विकासमा हाल आएर देखिएका केही कमीहरूलाई हर्टाई यसको दर्ीघकालीन विकासमा विशेष जोड दिने पक्षमा नेपाली कांग्रेस रहेको छ ।
·      नेपालको ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपर्ूण्ा रहेका स्थलहरूको विशेष सुरक्षा, संरक्षण गरी पर्यटन पर््रवर्द्धनका निम्ति पनि ती स्थलको प्रयोग गर्ने व्यवस्थित योजना बनाइनेछ ।
·      नयाँ पर्यटन स्थलहरूको पहिचान तथा ती स्थलहरूमा आवश्यक पर्ूवाधारहरूको विकास गरिनेछ ।
·      नेपाललाई दक्षिण एशियाको प्रमुख संगम स्थलको रूपमा परिचित गराउन पर्यटन पर््रवर्द्धनका कार्यक्रमहरूलाई निजी क्षेत्रको सहयोगमा व्यापक रूपमा सञ्चालन गरिनेछ । यसका लागि पर््रवर्द्धनका नयाँ उपायहरू र क्रियाकलापमा जोड दिइनेछ ।
·र्     पर्यटन आकर्षालाई बढाउन नयाँ खालका पर्यटन कार्यक्रमहरूको पहिचान गरी तिनीहरूको विकास गरिनेछ ।
·      विभिन्न आरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जहरू हिमाली पर्यटन तथा ट्रेकिङका लागि गर्नुपर्ने विकास कार्यक्रमलाई अगाडि बढाइनेछ ।
·      देशमा नै पर्यटनका सामग्रीहरू उत्पादन गर्ने र पर्यटन सेवाको विकासद्वारा रोजगारीका अवसरहरू बढाउने कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गरिनेछ ।
·र्     पर्यटन विकासका लागि थप आवश्यक पर्ूवाधारहरू जस्तै होटेल, रेष्टुरा, रिसोर्ट केन्द्रहरूको विकासका लागि निजी क्षेत्र तथा वैदेशिक लगानीलाई प्रोत्साहित गरिनेछ । यसका लागि थप सुविधा, नीतिगत तथा संस्थागत आधारहरू स्थापित गर्दै लगिनेछन् ।
·      उद्योग तथा व्यापार क्षेत्रमा जस्तै पर्यटन क्षेत्रको समुचित विकासका लागि निजी क्षेत्रलाई नै अग्रणी भूमिका खेल्न उत्प्रेरित गर्दै लगिनेछ र नीतिगत प्रोत्साहन तथा ऐन नियमको उचित व्यवस्था गरिनेछ ।
·      हाल वातावरण प्रदूषणले गर्दा पर्यटन क्षेत्रमा देखा परेका नकारात्मक असरहरूलाई निराकरण गर्न सरसफाई तथा वातावरण संरक्षणका आवश्यक कार्यक्रमहरूलाई तीव्रताका साथ अगाडि बढाइनेछ ।
·      हवाई यातायातको विकास पर्यटनको लागि आवश्यक पर्ूवाधारको रूपमा रहने हुनाले नयाँ पर्यटनस्थलहरूमा विमानस्थलहरूको निर्माण गरिनेछ । विमानस्थल नभएका ठाउँमा सजिलैसंग हवाई सेवा पुर्याउन हेलिकप्टर सेवालाई समेत प्रोत्साहन दिइनेछ । साथै पर्यटकहरूको चापलाई दृष्टिगत गरी आगामी ५ वर्षभत्र अन्तर्रर्ााट्रय विमानस्थल निर्माणको प्रारम्भिक कार्य शुरू गर्नेछ ।
·      निजी क्षेत्रमा हाल सञ्चालित वायुसेवालाई आवश्यकताअनुरूप विस्तारित तथा व्यवस्थित गर्दै लगिनेछ ।
·र्     पर्यटन विकासका लागि थप आवश्यक तालिम तथा व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
.९ अव्यवस्थित शहरीकरण र पर्यावरणीय समस्या
नेपालका शहरी क्षेत्रको आवादी परम्परागत ढंगबाट मात्र नभएर अत्यन्त अव्यवस्थित किसिमबाट समेत रहेकाले कतिपय न्यूनतम सेवा उपलब्ध गराउन पनि प्राविधिक रूपले कठिन र खर्चिलो भएको छ । त्यसैले नेपाली कांग्रेस पुराना शहरहरूको समस्यालाई समाधान गर्नका निम्ति पनि नयाँ शहरहरूको निर्माण र शहरी विकास जरुरी भएको ठान्दछ । शहरको अव्यवस्थित रूपमा बढ्दो आवादीलाई व्यवस्थित ढंगमा नयाँ शहरहरूमा नसारी पुराना शहरहरूको संरक्षण गर्न सकिने स्थिति छैन र शहरी समस्याको दर्ीघकालीन समाधान पनि सम्भव छैन । त्यसैले नेपाली कांग्रेसको अठोट के छ भने ः
·      काठमाडौं लगायत अन्य शहरी क्षेत्र र ग्रामीण क्षेत्रहरूमा समेत फोहरमैलाको व्यवस्थापनमा सुधार ल्याउन अत्यन्त आवश्यक भएकाले काठमाडौं र अन्य ठूला शहरहरूमा उच्च प्रविधिको प्रयोग समेतबाट र अन्य ग्रामीण क्षेत्रमा उपयुक्त प्रविधिको माध्यमबाट स्वच्छ, सफा र मानवोचित वातावरण सृजना गराउनलाई जोड दिइनेछ ।
·      काठमाडौं उपत्यकामा जटिल बन्दै गएको खानेपानी समस्या तत्काल हल गर्न कोड्कु खानेपानी योजनाको यसै वर्षेखि कार्यान्वयन शुरू गरिनेछ । मेलम्ची खानेपानी योजनाको पुनः अध्ययन गराइएकाले केही ढिला भए पनि पहिले गरिएको अनुमानभन्दा कम लागतमा काम गर्न सकिने भएको हुँदा आगामी वर्षेखि सो खानेपानी आयोजनाको कार्यान्वयन शुरू गरिनेछ । साथै कुलेखानी जलाधार क्षेत्रबाट पनि काठमाडौंमा खानेपानी आपर्ूर्ति गर्न यसै वर्षा विस्तृत प्राविधिक अध्ययन गरी थप खानेपानी उपलब्ध गराइनेछ ।
·      नेपाल अधिराज्यका अन्य शहरी क्षेत्रमा पनि खानेपानीको व्यवस्थामा गुणात्मक तथा परिमाणात्मक सुधार गरिनेछ ।
·      देशको प्रमुख शहरी भूभागमा बढ्दै गइरहेको सवारी प्रदूषणलाई नियन्त्रण प्रभावकारी रूपले कार्यान्वयन गरिनेछ ।
·      शहरी क्षेत्र भई बग्ने नदीहरूमा प्रदूषण कम गर्न विशेष योजना बनाई लागू गरिनेछ । यसैक्रममा श्री पशुपतिनाथ पर्ूवको बागमती नदीलाई आगामी २ वर्षभत्र प्रदूषणरहित तुल्याइनेछ ।
·      कुनै ठूला उद्योगहरूबाट नदीमा सीधै यालिने तरल पदार्थहरूको प्रदूषण रोकथाम गर्न उपचारविधि प्रयोग गर्न लगाइनेछ ।
·      काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन गर्नाका लागि लागि छानिएको नुवाकोटको ओखरपौवामा आगामी २ वर्षभत्र बाटो तथा अन्य आवश्यक सबै कार्य सम्पन्न गरिनेछ ।
·      फोहरमैला व्यवस्थापनको निमित्त निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
·      खानेपानीको निमित्त हुनुपर्ने गुणस्तरको मानदण्ड आगामी एक वर्षभत्र तयार गरी कडा रूपमा लागु गरिनेछ ।
·      जिल्ला विकास समितिहरूले आनो जिल्लाको विकास योजना तर्जुमा गर्दा वातावरणलाई समेत एकीकृत गर्ने दृष्टिकोण अपनाइनेछ र यसको निमित्त जिल्ला विकास समिति तथा जिल्ला स्तरीय अन्य आयोजनाको वाषिर्क बजेटमा १० प्रतिशत बजेट छुट्टयाइने गरी प्रोत्साहन गरिनेछ ।
·      पोखराको फेवाताल तथा वेगनास ताल संरक्षण तथा विकासको निमित्त एक बृहत् योजना तयार गरी ताल सफा सुग्घर पारी पर्यटनयोग्य पारिनेछ ।
·      नयाँ उद्योगको स्थापना तथा ठूला निर्माणका कार्यहरू गर्दा अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याड्ढनको अध्ययन गरेर मात्र सञ्चालन स्वीकृति दिइनेछ । यस्ता हरेक उद्योगले वातावरण सुरक्षाका निम्ति निश्चित बजेटको व्यवस्था गर्नुपर्ने नियम बनाइनेछ ।
.१० वैदेशिक सहायता र यसको उपयोग सम्बन्धी नीति
नेपाली कांग्रेस राष्ट्रिय विकासका निम्ति वैदेशिक सहायताको उपयोग सन्तुलित र संयमित ढंगबाट गर्न चाहन्छ । राष्ट्रिय आवश्यकता, उपयोगिता र प्राथमिकतालाई वैदेशिक सहयोग ग्रहण गर्ने र परिचालन गर्ने मूल आधार बनाइनेछ ः
·      नेपालको आर्थिक विकास प्रक्रियामा वैदेशिक सहायताको महत्वपर्ूण्ा भूमिका रहिआएको छ र भविष्यमा पनि देशको आर्थिक उन्नतिका निमित्त यस्ता स्रोत र साधनको महत्वलाई दृष्टिगत गरी यी स्रोत साधनको अधिकतम परिचालनतर्फ नेपाली कांग्रेसको सरकारले विशेष जोड दिनेछ ।
·      विदेशी सहायताको उपयोगमा क्रमशः वृद्धि गर्दै लैजान विगत तीन वर्षा अपनाएको विभिन्न क्रियाकलापको फलस्वरूप यसको उपयोग अनुपातमा दोब्बर वृद्धि भएको छ र यो अनुपातमा अझै वृद्धि गर्दै लान आयोजनाको छनौटमा ध्यान दिनाका साथै यस्ता सहायता प्राप्त गर्ने क्षेत्रहरूको पनि निर्धारण गरी ती क्षेत्र र यस अर्न्तर्गतका निर्दिष्ट उत्पादनशील आयोजनाहरूमा मात्र यस्तो सहायता स्वीकार गरिनेछ ।
·      यसरी विदेशी सहायता अर्न्तर्गत प्राप्त हुने ऋणका सम्बन्धमा ऋण सहायता लिंदा उक्त ऋण सदुपयोग गर्ने क्षेत्र, यसको अर्थतन्त्रमा पर्ने प्रभावका साथै आन्तरिक साधन परिचालन नीति संगको सामञ्जस्य आदिबारे विस्तृत विचार गरिनेछ ।
·      विदेशी सहायताको उपलब्धताले आन्तरिक साधन परिचालन प्रयासमा प्रतिकूल प्रभाव पर्न नजाओस् भन्नर्ेतर्फ पनि र्सतर्कता अपनाइनेछ ।
·      विदेशी सहायताको रूपमा अनुदान तथा ऋण मात्र हाल उपलब्ध भइरहेको र कुल वैदेशिक सहायताको अनुपातमा अनुदानको अंश घट्दै गएको प्रवृत्ति देखा परेको छ र साथै अन्तर्रर्ााट्रय वातावरण अनुदान सहायता वृद्धि गर्नेतर्फ अनुकूल नदेखिएको र बढ्दो ऋण सहायताबाट अन्ततोगवा आन्तरिक तथा बाहृय स्थिरतामा समेत प्रतिकूल असर पार्ने संभावनालाई ध्यानमा राखी वैदेशिक प्रत्यक्ष लगानीलाई यथासम्भव प्रोत्साहन गरिनेछ ।
·      साथै देश विकासको प्रयासलाई विस्तार एवम् सशक्त गर्न चाहिने प्राविधिक शीपको सृजना गर्दै जान प्राविधिक सहायता लिंदा अति आवश्यक क्षेत्रमा र स्वदेशी शीपलाई प्रतिस्थापना नहुने क्षेत्रमा केन्दि्रत गरिनेछ ।
.११ अन्तर्रर्ााट्रय सम्बन्ध र हाम्रो परराष्ट्र नीति
नेपाली कांग्रेसले सबै राष्ट्रहरूसित पारस्परिक सद्भाव र समानताका आधारमा मित्रता कायम गर्ने परराष्ट्रनीतिलाई अवलम्बन गर्नेछ । नेपाली कांग्रेस कुनै पनि दर्ुइ मित्रराष्ट्रका बीचको सम्बन्ध कुनै एउटा आधारमा वा एकै दृष्टिकोणबाट मात्र विकसित नभई निरन्तरको सम्बन्ध, संवाद र प्रयासले मात्र गाढा र स्थायी हुन्छभन्नेमा विश्वास राख्तछ । संयुक्त राष्ट्र संघको सदस्यका रूपमा नेपालले आनो छविलाई शान्तिप्रेमी, प्रजातान्त्रिक र स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्दै आनो अन्तर्रर्ााट्रय सम्बन्धलाई विस्तार गर्नुपर्छ भन्ने दृढ विश्वासमा नेपाली कांग्रेस प्रतिवद्ध छ ।
·      नेपाली कांग्रेस प्रत्येक मुलुकको स्वाधीनता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको पक्षधर हुनेछ । प्रजातन्त्र र मानवअधिकारका निम्ति रंगभेद, जातिभेदका विरुद्ध हरेक शान्तिपर्ूण्ा संर्घष्ाका प्रति नेपालले ऐकवद्धता प्रदर्शित गर्नुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस रहेको छ ।
·      नेपाली कांग्रेस कुनै पनि मुलुकको आपसी विवादलाई युद्धको विनासकारी बाटोद्वारा होइन शान्तिपर्ूण्ा वार्ता, आपसी छलफल तथा संयुक्त राष्ट्र संघको मर्यादित परिधिभित्र रही समाधान खोज्ने कुराको पक्षमा छ ।
·      विश्व शक्ति सन्तुलनको परिवर्तित सर्न्दर्भमा नेपाली कांग्रेसले अन्तर्रर्ााट्रय सम्बन्धमा सक्रिय असंलग्नता, विश्व शान्ति तथा संयुक्त राष्ट्र संघको अझ बढी प्रभावकारी भूमिकाको निम्ति प्रयास गर्नेछ ।
·      नेपाली कांग्रेसले आना महान् छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसंग मित्रता र आपसी विश्वासको बलियो सम्बन्ध राख्नेछ ।
·      भूराजनैतिक अवस्थाका कारण मित्रराष्ट्र भारतसंग रहेको नेपालको बहुपक्षीय सम्बन्धलाई आधुनिक अन्तर्रर्ााट्रय सम्बन्धको अवधारणा र व्यावहारिक एवम् वस्तुनिष्ठ आधारमा परिस्कार र परिमार्जन गर्दै गाढा र सुदृढ बनाइनेछ ।
·      नेपाली कांग्रेस क्षेत्रीय विकास र समझदारीका लागि दक्षिण एशियाली राष्ट्रहरूका बीच अझ बढी ठोस र मित्रतापर्ूण्ा सम्बन्ध तथा र्सार्क संगठनको भूमिकालाई व्यावहारिक रूपमा र परिणाममुखी ढंगले र्सार्थक र प्रभावकारी बनाउने प्रयत्न गर्नेछ ।
·      भूटानी शरणार्थी समस्यालाई पारस्परिक समझदारीका आधारमा समाधान गरी भूटानी शरणार्थीहरूलाई ससम्मान स्वदेश र्फकने वातावरणको सृजना गरिनेछ ।
. वर्गीय र व्यावसायिक क्षेत्रबारे हाम्रो नीति
.१ नारी सहभागिता र वाल विकास
नारी र पुरुषबीच विद्यमान कानूनी तथा सामाजिक भेदभावहरूलाई अन्त्य गरी नारीहरूले समानताका आधारमा आ-आनो हक-अधिकार प्राप्त गर्नुपर्छ भनेर आनो स्थापनाकालदेखि नै संर्घष्ा गर्दै आएको नेपाली कांग्रेस राष्ट्रिय विकास प्रक्रियामा नारीहरूको समान र अर्थपर्ूण्ा सहभागिताका निम्ति प्रतिबद्ध रहेको छ ।
·      नारी समानताका निम्ति अवरोधक बनेका कानूनी प्रावधानहरूलाई सुधार गर्ने र आवश्यक संशोधन गर्ने प्रक्रिया चालू राखिनेछ ।
·      राष्ट्रिय नीति निर्माण गर्ने निकायहरू र राजनीतिक संस्थाहरूमा नारीहरूको प्रतिनिधित्वलाई ठोस रूपमा वृद्धि गरिनेछ ।
·      नारी शिक्षालाई बढाउने किसिमका सबै खाले प्रक्रियाहरू अपनाइनेछ । रोजगारीको अवसर वृद्धिका निम्ति सरकारी र गैरसरकारी क्षेत्रमा विशेष उपायहरूको व्यवस्था गरिनेछ ।
·      मातृ मृत्युदर कम गर्नका निम्ति व्यापक किसिमबाट स्वास्थ्य योजनाहरू सञ्चालन गरिनेछ । चेलीवेटीको विक्रि व्यापारलाई समाप्त पार्न प्रभावशाली सामाजिक अभियान र कानूनी प्रयास थालिनेछ ।
·      नारी समस्याको निराकरण र राष्ट्रिय विकास प्रक्रियामा नारी सहभागिताको वृद्धिका निम्ति उपयुक्त वातावरण तयार पार्न र आवश्यक समन्वय गर्न एक वर्षभत्रै केन्द्रीय स्तरमा अलग संगठनात्मक ढाँचा निर्माण गरिनेछ ।
·      नेपाली कांग्रेसले बालबालिकाको हक अधिकार सम्बन्धी कानूनी प्रावधानहरूलाई क्रियाशील बनाई बालबालिकाको सुरक्षा र उन्नतिका लागि ठोस कार्यक्रमहरू लागू गर्ने कुरामा जोड दिनेछ ।
·      संयुक्त राष्ट्रसंघीय बाल कोषले तयार पारेको सन् १९९० को दश वषर्ीय योजनाको हार्दिक र्समर्थन गर्दछ र यसलाई उक्त समयपरिधिभित्रै सक्षम रूपमा कार्यान्वित गर्ने अठोट गर्दछ ।
·      र्सार्वजनिक उद्योग व्यवसाय र निजी क्षेत्रमा प्रयोग हुँदै आएको बाल श्रमको व्यवस्थालाई हटाउँदै लैजान त्यसको अभिलेख राख्ने प्रक्रिया प्रारम्भ गरिनेछ ।
·      बाल स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरण गरिनेछ ।
·      असहाय, टुहुरा, मगन्ते तथा लागू पदार्थको दर्ुर्व्यसनबाट पीडित बालबालिकाहरूको अवस्थालाई ध्यानमा राखी विभिन्न सामाजिक पुनःस्थापनमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
·      आर्थिक, सामाजिक, भौगोलिक र शैक्षिक दृष्टिबाट पछाडि परेका समुदायहरूका बालबालिकाको शिक्षाका लागि विशेष व्यवस्था गरी प्रोत्साहित गरिनेछ ।
·      बाल विकासका कार्यहरूलाई तीव्रता दिन एकवर्षभत्र राष्ट्रिय बाल विकास परिषद्को स्थापना गरिनेछ ।
.२ पछाडि परेका वर्ग र जनजाति
नेपाली कांग्रेस मुलुकको र्सवाङ्गीण विकासका निम्ति जनजाति र पछाडि परेका वर्गको समानुपातिक विकास र उत्थानका निम्ति आवश्यक योजना र कार्यक्रम तर्जुमा गरी तदारुकताका साथ कार्यान्वयन गर्न क्रियाशील रहनेछ ः
·      आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका र सामान्य प्रतिस्पर्धामा उत्रन नसक्ने वर्ग एवम् जातिको विकास र प्रोत्साहनका लागि शिक्षा र विशेष कानूनी व्यवस्था गरिनेछ ।
·      प्राविधिक उच्च शिक्षाका क्षेत्रमा आर्थिक, सामाजिक, शैक्षिक रूपले पछाडि परेका वर्ग र जनजातिका विद्यार्थीहरूको प्रवेशलाई प्रोत्साहित गर्न विशेष आधारहरू तयार पारिनेछ ।
·      नेपालका सबै जाति-प्रजाति र जनजातिका भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न तिनको वैशिष्ट र पहिचानलाई कायम राख्न सम्बन्धित निकायमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालित गरिनेछ ।
.३ श्रमिक र मजदूर
नेपाली कांग्रेस नेपालमा पहिलो पटक श्रमिक तथा मजदूर्रवर्गको हक हितका लागि आवाज उठाउने पार्टर्ीीो । यसले आजसम्म पनि श्रमिक मजदूरको हक हितका लागि आफूलाई क्रियाशील राख्दै आएको छ ।
·      उत्पादन व्यवस्थापनमा श्रमिकहरूको सहभागिता बढाउने नीति र कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्दै लगिनेछ ।
·      श्रम ऐन र ट्रेड यूनियन ऐनलाई श्रमिक मजदूरहरूको हक हितको पक्षमा क्रमशः समयानुकूल परिवर्तन गर्दै लगिनेछ ।
·      श्रमिकहरूको जीवनयापन प्रक्रियालाई सरल र सुविधायुक्त बनाउन विमा, निवृत्तिभरण लगायत सबै प्रकारका व्यवस्थाहरूमा पुनरावलोकन गरी आवश्यक सुधार गरिनेछ ।
·      वेरोजगार श्रमिकहरूको सीपलाई उत्पादनमूलक कार्यमा लगाउन विना धितो सहुलियत दरमा ऋण दिई रोजगारीको विस्तार गरिनेछ ।
·      नेपाली श्रमिकहरूको निम्ति वैदेशिक रोजगारीका अवसरहरूको विस्तार गर्न श्रमिकहरूको हक हितको रक्षा हुने गरी वैदेशिक रोजगार सेवालाई व्यवस्थित पारिनेछ ।
.४ शिक्षक र बुद्धिजीवी
नेपाली कांग्रेस शिक्षक, प्राध्यापक र बौद्धिक कार्यमा संलग्न सम्पर्ूण्ा व्यक्तिहरूमा गहिरो सम्मान र आदर प्रकट गर्दछ । मुलुकमा प्रजातन्त्रको पुनःस्थापनामा बौद्धिकवर्गको गहकिलो योगदान रहेजस्तै प्रजातान्त्रिक संस्कार र संस्कृतिको विकासमा बौद्धिक वर्गको विशेष भूमिका रहन्छ भन्ने कुरामा नेपाली कांग्रेस गहिरो विश्वास राख्तछ । यसैले नेपाली कांग्रेस निम्नलिखित विषयमा आनो प्रतिवद्धता प्रकट गर्दछ ः
·      विभिन्न बौद्धिक कार्यमा संलग्न व्यक्तिहरूमा राष्ट्रिय महत्वका विषयहरूमा व्यापक अन्तःक्रिया र छलफललाई अभिवृद्धि गर्ने कार्यमा व्यक्तिगत र संस्थागत प्रयासलाई प्रोत्साहित गरिनेछ ।
·      शिक्षक, प्राध्यापक र अन्य बौद्धिक पेशामा संलग्न व्यक्तिहरूको पेशागत हक हित, मर्यादा, सुविधा र सम्मानको रक्षा गर्दै प्राज्ञिक दक्षताको वृद्धि र आत्मोन्नतिका अवसरहरू उपलब्ध गराउन विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
.५ विद्यार्थी र तरुणहरू
नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी र तरुण वर्गको अत्यन्त विशिष्ट र क्रान्तिकारी भूमिका रहेको छ । प्रजातान्त्रिक नेपालको नवनिर्माण र मुलुकमा प्रजातान्त्रिक अभ्यासको सुदृढीकरणका निम्ति पनि विद्यार्थी र तरुण वर्गको भूमिका उत्तिकै महत्वपर्ूण्ा रहेको छ भन्ने नेपाली कांग्रेसको दृढ धारणा रहेको छ । वास्तवमा विद्यार्थी र तरुणहरू नयाँ नेपालका भविष्य हुन् र प्रगति तथा परिवर्तनका मूल बाहक हुन् ः
·      विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा जोड दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
·      राजधानी र विभिन्न शैक्षिक केन्द्रहरूमा विद्यार्थीहरूको सुविधाका निम्ति र्सार्वजनिक छात्रावासहरूको निर्माणमा आवश्यक व्यवस्था गरिनेछ ।
·      देशका तरुण शक्तिहरूलाई सृजनात्मक र बौद्धिक क्रियाकलापमा संलग्न राख्न राष्ट्रिय र अन्तर्रर्ााट्रय स्तरमा शैक्षिक तथा सांस्कृतिक भ्रमण कार्यक्रमहरूको नियमित सञ्चालनको व्यवस्था गरिनेछ ।
.६ भूतपर्ूव सैनिक तथा प्रहरी
नेपाल र विभिन्न मित्रराष्ट्रका सैनिक तथा प्रहरी सेवाबाट निवृत्त भएका भूतपर्ूव सैनिक तथा प्रहरीहरुले २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिदेखि नै प्रजातन्त्रका पक्षमा संर्घष्ा गर्दै आएको प्रसंगलाई नेपाली कांग्रेस गहिरो सम्मानका साथ संझना गर्दछ । देश र विदेशमा विभिन्न सीप र तालिम हासिल गरी दक्ष र अनुशासित जनशक्तिका रूपमा रहेका भूतपर्ूव सैनिक तथा प्रहरीहरूको क्षमतालाई राष्ट्र निर्माणको कार्यमा क्रियाशील राख्न नेपाली कांग्रेस कटिबद्ध छ ।
·      भूतपर्ूव सैनिकहरूको योग्यता र दक्षतालाई समेत ध्यानमा राखी विभिन्न राजनैतिक निकाय र नियुक्तिहरूमा समुचित प्रतिनिधित्व गराइनेछ ।
·      मुलुकको उद्योगधन्दा र विकास निर्माणका कार्यमा संलग्न हुन प्रोत्साहित गरिनेछ । साथै सीप र तालिम अनुसार उद्योग तथा नगदेवाली व्यवसाय सञ्चालन गर्न सहुलियत दरमा ऋण सुविधा दिइनेछ ।
·      भूतपर्ूव सैनिक तथा प्रहरीका छोराछोरीको शिक्षादीक्षाका निम्ति छात्रावासको प्रवन्ध गर्नेतर्फ समुचित ध्यान दिइनेछ ।
.७ विकास प्रशासन र विकेन्द्रीकरण
देशको परिवर्तित परिस्थिति र विकास आकाङ्क्षालाई समेत ध्यानमा राखी प्रशासनलाई दक्ष र चुस्त बनाउनु आजको आवश्यकता हो । प्रशासनिक क्षेत्रमा रहेका दोहोरोपन र अनेक प्रकारका जटिलतालाई कम गरी छिटोछरितो र बढी क्रियाशील, विकासमुखी र मितव्ययी बनाउनर्ेतर्फ नेपाली कांग्रेस प्रयत्नशील रहनेछ ।
·      प्रशासन सुधारका निम्ति भएका सिफारिस र सुझाउहरूलाई क्रमशः लागू गर्दै प्रशासनयन्त्रलाई अझ बढी जिम्मेवार, अधिकार सम्पन्न तथा विकासमूलक र सेवामुखी बनाइनेछ ।
·      विभिन्न तहका कर्मचारीहरूको दायित्व र कार्य विवरण स्पष्ट पारी निर्ण्र्ाादिने भूमिकामा वृद्धि गरिनेछ र प्रशासनलाई वास्तविक रूपमा विकेन्दि्रत गरिनेछ ।
·      निजामति सेवालाई प्रजातान्त्रिक र प्रभावकारी बनाउन प्रचलित ऐन नियममा भएका परस्पर विरोध देखिने र विसंगतिपर्ूण्ा प्रावधानहरूलाई समयानुकूल सुधार गरिनेछ ।
·      वस्तुगत मूल्याङ्कनको परिपाटी बसाली पदोन्नतिलाई पारदर्शी बनाउन र प्रशिक्षण कार्यक्रमलाई पदीय दायिव र वृत्ति विकाससंग आवद्ध गर्न आवश्यक नीति नियम बनाइनेछ ।
·र्     वर्तमान प्रशासनयन्त्रलाई वास्तविक रूपमा विकास प्रशासनमा रूपान्तरित गर्न आर्थिक प्रशासनका नियमहरूमा व्यापक सुधार गरिनेछ । संसद्बाट बजेट पारित हुनसाथ स्वतः सम्बन्धित कार्यालयमा खर्च गर्ने अधिकार प्रत्यायोजन हुने आवश्यक कानूनी व्यवस्था गरिनेछ ।
·      स्थानीय स्तरका कार्यालयहरूको व्यवस्थापन क्षमतामा अभिवृद्धि गरिनेछ । र्सवसाधारणलाई प्राप्त हुने सेवा र सुविधा सुनिश्चित गरी सेवा सुविधाको गुणस्तर वृद्धि गरिनेछ ।
.८ र्सवसुलभ न्याय र न्याय प्रणालीमा सुधार
प्रजातान्त्रिक शासन प्रणालीको मेरुदण्ड भनेको नै कानूनी राज्यको मान्यता हो । यसैले मुलुकमा संवैधानिक सर्वोच्चताको अवधारणालाई स्थापित गरी सबै प्रकारका क्रियाकलाप र व्यवहार संविधान र कानूनको मर्यादाभित्र रहेर गर्ने परिपाटीले मात्रै प्रजातन्त्रलाई बलियो बनाउन सक्छ भन्ने नेपाली कांग्रेसको धारणा छ । यसैले कानूनका दृष्टिमा कोही ठूलो वा सानो नहुने परिपाटीलाई संस्कारगत तहमा नै विकसित गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ ।
·      नेपाली कांग्रेस मुलुकको संविधान र कानून अर्न्तर्गत रही र्सवसुलभ न्याय जनताको घरदैलोमा पुग्ने गरी न्यायिक निकायहरूको व्यवस्थापन गर्न प्रयत्नशील रहनेछ ।
·      नेपाली कांग्रेस ठूलालाई चैन सानालाई ऐन भन्ने सामन्ती परिपाटीको अन्त्य गरी आम जनतालाई सरल र सहज रूपमा न्याय प्राप्त हुन सक्ने स्वतन्त्र र निष्पक्ष परिपाटी निर्माण गर्न चाहन्छ ।
·      नेपाली कांग्रेस न्यायिक निकायमाथि राजनीतिक वा अन्य प्रकारका सबैखाले दवावको विपक्षमा छ र मुलुकभित्र वास्तविक रूपमा विधिसम्मत वातावरण कायम गर्न चाहन्छ ।
·      आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछि परेका र सामान्य प्रतिस्पर्धामा उत्रन नसक्ने वर्गको विकास र प्रोत्साहनका लागि र बालक, वृद्ध वा शारीरिक वा मानसिक रूपले अशक्तहरूका संरक्षण एवम् सहायताका लागि विशेष कानूनी व्यवस्था गरिनेछ ।
.९ भाषा, साहित्य र संस्कृति
भाषा, साहित्य र संस्कृतिको विकासले नै कुनै पनि राष्ट्रलाई जिउँदो र गतिशील बनाइराख्न सक्छ । नेपाली कांग्रेस नेपालको राष्ट्रभाषा नेपाली लगायत मातृ भाषाका रूपमा बोलिने राष्ट्रिय भाषा र तिनका साहित्यको संरक्षण, सर्ंवर्द्धन गर्ने पक्षमा छ । नेपाली कांग्रेस नेपालका सम्पर्ूण्ा जात-जाति, समुदाय विशेषका मौलिक विशेषता र तिनमा रहेका सनातन सांस्कृतिक चरित्रको विविध पहिचान सुरक्षित गर्दै राष्ट्रिय एकतालाई सुदृढ गर्ने पक्षमा छ ।
·      नेपाली कांग्रेस नेपाली भाषालाई राष्ट्रभाषा र सरकारी कामकाजको भाषाका रूपमा संविधानले प्रदान गरेको भूमिका समुचित रूपमा निर्वाह गर्न सक्ने गरी त्यसको सर्ंवर्द्धन र विकासका पक्षमा छ ।
·      नेपाली कांग्रेस मातृभाषाका रूपमा बोलिने नेपालका सम्पर्ूण्ा राष्ट्रिय भाषाहरूलाई शिक्षा र संचारका क्षेत्रमा क्रमशः उपयोग गर्दै तिनको संरक्षण र प्रयोग बढाउने पक्षमा छ ।
·      राजधानीमा सबै दृष्टिले सम्पन्न र्सार्वजनिक पुस्तकालय खोलिनेछ । यस्तै गरी मुलुकका विभिन्न भागमा पुस्तकालय र वाचनालय क्रमशः खोल्दै जाने नीति लिइनेछ ।
·      नेपालका विभिन्न भाषामा प्रकाशित उत्कृष्ट कृतिहरूलाई सरकारका तर्फबाट वाषिर्क रूपमा खरिद गरी आवश्यकतानुसार विभिन्न पुस्तकालयहरूलाई अनुदानका रूपमा दिइनेछ ।
·      हरेक सरकारी र अर्धसरकारी निकायमा नेपाली कलाकारहरूले उत्पादन गरेका सबै प्रकारका कलाकृतिहरूलाई नियमित रूपमा प्रयोग गर्ने परिपाटी बसाइनेछ ।
·      मुलुकका विभिन्न सांस्कृतिक गतिविधिलाई प्रोत्साहन र सहयोग गर्न स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा आवश्यक केन्द्र वा प्रतिष्ठानको स्थापना र स्थापित भएका निकायहरूको समुचित सञ्चालनमा सकारात्मक र र्सार्थक सहयोग गरिनेछ ।
·      नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानलाई भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, संगीत नाट्य र कला कौशलका क्षेत्रमा ठोस योजनाहरू सञ्चालन गर्न साधन स्रोतहरू उपलब्ध गराइनेछ ।
.१० सरकारी सञ्चार माध्यम र सञ्चार नीति
नेपाली कांग्रेस विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा प्रत्येक नागरिकलाई र्सार्वजनिक महत्वको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकप्रति पर्ूण्ातः प्रतिवद्ध छ । सूचना र सञ्चारका क्षेत्रमा उपलब्ध आधुनिकतम प्रविधि र प्रक्रियाको प्रयोग गरी प्रजातन्त्रका लाभहरूलाई जनता समक्ष पुर्याउन नेपाली कांग्रेसको सरकारले विगतमा अख्तियार गर्दै आएको राष्ट्रिय सञ्चार नीतिलाई समयानुकूल र अनुभवसिद्ध परिमार्जन गर्दै सक्रियतापर्ूवक कार्यान्वयन गर्नेछ ।
·      सरकारी सञ्चार माध्यमका रूपमा रहेका विद्युतीय माध्यम रेडियो नेपाल र नेपाल टेलिभिनलाई बढी विश्वसनीय र पारदर्शी बनाउन संस्थागत र अन्य प्रयासहरू गरिनेछ । साथै यसको स्वायत्त स्वरूप विकसित गर्न र आवश्यक समन्वय गर्न प्राधिकरणका रूपमा संगठित गरिनेछ ।
·      गोरखापत्र र राइजिङ नेपाल जस्ता सरकारी स्वामित्वमा रहेका छापा माध्यममा निजी क्षेत्रको सहभागिता बढाउँदै क्रमशः सरकारी सहभागिता समाप्त गरिनेछ ।
·      राष्ट्रिय समाचार समितिमा निजी क्षेत्रको सहभागिता बढाइनेछ र निजी क्षेत्रमा समाचार समितिहरू खोल्न आवश्यक प्रोत्साहन गरी समाचार संकलनका क्षेत्रमा गुणात्मक र प्रतिस्पर्धात्मक स्थितिको सृजना गरिनेछ ।
·      पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, मर्यादित र उत्तरदायित्वपर्ूण्ा तुल्याउँदै प्रतिस्पर्धात्मक रूपमा निजी क्षेत्रको पत्रकारिताको विकास गरी उद्योगका रूपमा विकसित गर्न थप सहयोग र सुविधाहरू प्रदान गरिनेछ ।
.११ विज्ञान र प्रविधि
मुलुकको चौतर्फी विकासमा टेवा पुर्याउने किसिमबाट विज्ञान र प्रविधिको विकास गर्दै देशमा उपलब्ध विज्ञान र प्रविधिको क्षमतालाई वृद्धि गर्न नेपाली कांग्रेस प्रतिवद्ध छ । नेपाली कांग्रेस हरेक क्षेत्रमा वैज्ञानिक चिन्तन र प्रविधियुक्त सीपको विकासका पक्षमा छ ।
·      कृषि, उद्योग, अन्य आर्थिक क्षेत्र र गाउँको विकासका लागि उपयुक्त र धान्न सकिने खालको प्रविधिहरूको विकासमा जोड दिइनेछ ।
·      प्रत्येक क्षेत्रका लागि उपयुक्त र धान्न सकिने प्रविधिको विकासका निम्ति नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायत निजी क्षेत्रमा रहेका विज्ञान तथा प्रविधि अनुसन्धानमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई वैज्ञानिक अनुसन्धानका निम्ति यथासम्भव साधन जुर्टाई परिचालन र प्रोत्साहन गरिनेछ ।
·      प्रविधि हस्तान्तरण, नयाँ र उपयोगी प्रविधिको प्रचार र यसका निम्ति सारयुक्त जनशक्तिको विकासका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
·      विज्ञान र प्रविधि क्षेत्रको विकासका निम्ति राखिएका उद्देश्य, नीति र कार्यक्रमहरूको कार्यान्वयनका लागि सरकारी तहमा पनि आवश्यक निकायको व्यवस्था गरिनेछ ।
.१२ धार्मिक स्वतन्त्रता र सांस्कृतिक सद्भाव
नेपाली कांग्रेस सबै धर्मकाप्रति समान दृष्टिकोण राख्ने पार्टर्ीीो । यो सवै धर्म मान्नेलाई आ-आनो सनातन संस्कृति एवम् आनो अन्तरात्मको विश्वास अनुरूपको धमर्-कर्म तथा विधि-व्यवस्थाको अनुसरण गर्न र त्यसअनुसार चल्न पर्ूण्ा स्वतन्त्रता दिनर्ुपर्छ भन्ने कुरामा विश्वास राख्तछ ।
·      नेपाली कांग्रेस मुलुकका सबै धर्म र संस्कृतिका अनुयायीका बीच पारस्परिक सद्भाव र मित्रता एवम् बन्धुत्वलाई बढाउने पक्षमा सक्रियतापर्ूवक क्रियाशील रहनेछ ।
·      नेपाली कांग्रेसले देशका विभिन्न पुरातन र ऐतिहासिक महत्वका धार्मिक स्थलहरू, मन्दिर र गुम्बा एवम् मस्जिद आदिको पुरातात्विक र सांस्कृतिक पहिचानलाई कायमै राखी जीर्णोद्धार गर्ने तथा उचित संरक्षण र विकास गर्ने कार्यक्रम बनाउनेछ ।
.१३ क्षेत्रीय विकास तथा स्थानीय स्वायत्त शासन
नेपाली कांग्रेस क्षेत्रीय विकासका अवधारणालाई स्वीकार गरी मुलुकको र्सवाङ्गीण विकासको प्रक्रियामा सबै खाले सन्तुलनको पक्षमा छ । हरेक क्षेत्रको आ-आनो विशेषता र कठिनाईलाई अध्ययन गरी विकासको प्राथमिकता निर्धारण गर्न अझ बढी स्वायत्तता र अधिकार स्थानीय निकायहरूलाई प्रदान गरिनेछ । भौगोलिक दृष्टिले विकट र आर्थिक क्रियाकलापका हिसाबले पछि परेका क्षेत्रहरूलाई राष्ट्रिय विकासको औसत स्तरमा उकास्न प्राथमिकताका साथ विशेष योजना र कार्यक्रमहरू स्वीकार गरिनेछ ।
·      स्थानीय निकायहरूलाई स्थानीय सरकारको रूपमा रूपान्तरित गर्ने प्रयास गरिनेछ ।
·      स्थानीय निकायहरूलाई आयोजनाहरूको तर्जुमा साधनको बाँडफाँड, आयोजनाको कार्यान्वयन र लाभ वितरणसम्बन्धी निर्ण्र्ाागर्नसक्ने अधिकारको व्यवस्था गरिनेछ ।
·      स्थानीय निकायहरूलाई विभिन्न कर दस्तुर लगाउने तथा अन्य उपयुक्त स्रोतबाट साधनहरू संकलन गर्ने अधिकारको व्यवस्था गर्ने र स्थानीय राजस्वको अंश खर्च गर्ने सम्बन्धमा कानूनी व्यवस्था गरिनेछ ।
·      जिल्लास्तरीय आयोजनाहरू निर्धारण गर्ने र सञ्चालन गर्ने सम्पर्ूण्ा जिम्मेवारी र अधिकार जिल्ला विकास समितिलाई दिइनेछ ।
·      केन्द्रीय स्तरका आयोजनाहरूको तर्जुमा गर्दा आयोजनाबाट प्रभाव पर्ने जिल्ला विकास समिति र गाउँ विकास समितिसंग राय लिने र उत्पादनमूलक आयोजना भएमा स्थानीय निकायहरूलाई पनि लाभांश दिने व्यवस्था गरिनेछ ।
·      शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता क्षेत्रहरूमा स्थानीय निकायहरूको अधिकार र जिम्मेवारी हुनेछ र आवश्यकतानुसार ऐन-नियमहरूको संशोधन पनि गरिनेछ ।
. विविध
. खेलकूदको विकासका निम्ति खेलाडीहरूको हक, हित र सुविधाहरूको सुरक्षा गर्दै स्थानीय र राष्ट्रिय रूपमा प्रशिक्षण कार्यलाई नियमित र व्यवस्थित पार्ने र खेलाडीहरूको स्तर वृद्धिका निम्ति विशेष कार्यहरूको कार्यान्वयन गर्ने एवम् बढीभन्दा बढी अन्तर्रर्ााट्रय प्रतियोगितामा भाग लिन लगाउने व्यवस्था गरिनेछ ।
. अन्ध, अपाङ्ग, असक्त एवम् निसहायहरूका निम्ति सम्मानपर्ूवक जीवनयापन गर्ने अवस्था सृजना गर्न विशेष रोजगारीको व्यवस्थाका साथै सुहाउँदो खालका विभिन्न व्यवसायहरूको निम्ति आवश्यक तालिम केन्द्रहरूको विस्तार गरिनेछ ।
. वृद्ध नागरिकहरूलाई राष्ट्रिय संरक्षण प्रदान गर्ने उद्देश्यले आवश्यक योजना र कार्यक्रम बनाइनेछ ।
. राष्ट्रिय विकासमा गैरसरकारी क्षेत्रको भूमिका वृद्धि गर्न गैरसरकारी संस्थाहरूको क्रियाकलापलाई बढी स्वतन्त्र, उत्तरदायित्वपर्ूण्ा, पारदर्शी र समन्वयात्मक ढंगबाट अघि बढाउन आवश्यक कानून तथा अन्य व्यवस्थाहरू गरिनेछ ।
. हाम्रो प्रतिज्ञा ः हाम्रो अनुरोध
नेपाली कांग्रेसको निम्ति राजनीतिको मार्गद्रष्टा जनता हो । सरकारमा बस्ने वा जान चाहने सबै राजनैतिक पार्टर्ीी जनविश्वासको कसीमा खारिनर्ुपर्छ । त्यसैले राजनीतिक पार्टर्ीीे नीति र कार्यक्रम जनताद्वारा जाँचिनर्ुपर्छ र हरेक परिस्थितिको मूल्याङ्कन गर्न पाउनर्ुपर्छ भन्ने अवधारणामा विश्वास राखेर नै नेपाली कांग्रेसले आनो राजनीति र देश विकासको अठोटलाई नीति र कार्यक्रमका रूपमा जनताको सामु राखेको छ ।
नेपाली कांग्रेसको आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवादको प्राप्ति र रक्षा गर्नु हो । यो मूल आदर्श तर्फको यात्रामा हाम्रो उपलब्धि र कमजोरीहरूको लेखाजोखा समय समयमा जनताले गर्न पाउनर्ुपर्छ भन्ने धारणाले गर्दा नेपाली कांग्रेस आवधिक चुनावको प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्दछ । वि.सं. २०४८ मा भएको पहिलो निर्वाचनमा जनसमक्ष हामीले गरेका प्रतिज्ञा र संकल्पलाई मूल्याङ्कन गरी हामीले प्रारम्भ गरेका राष्ट्रिय विकासका अनेकौं कार्यक्रमलाई निरन्तरता दिन र पूरा गर्न समेत आगामी महानिर्वाचनमा नेपाली कांग्रेस सम्पर्ूण्ा नेपाली दिदीबहिनी, दाजुभाइहरूसंग "रुख" चिन्हमा अमूल्य मतको सहयोग माग्दछ । तपाईंहरूको मत देश विकास गर्ने निर्ण्ाायक मत हुनेछ । त्यसैले देशमा राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र विकासका लागि, गरीवी शोषण र वेरोजगारी हटाउनका लागि तपाईहरू सबैसंग "रुख" चुनाव चिन्हमा मतदान गर्न नेपाली कांग्रेस विनम्र अनुरोध गर्दछ ।
जय नेपाल !

प्रकाशक ः नेपाली कांग्रेस, केन्द्रीय चुनाव प्रचार समिति, २०५१
नयाँ बानेश्वर, काठमाडौं । फोन नं. ः २२७७४८


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।