2009-12-22

तीन टुक्रा




टुक्रा

एक टुक्रा

खुलेआम खोरबाट एउटा विस्फोट हुन्छ

नयाँ आन्दोलनको उद्घोष सँगै

येन तेन प्रकारेण

यो सरकार अक्षम पार्नु छ

अनि,

आफू सरकारमा जानु छ ।

कसै गरी सत्ता हत्याउनु छ ।


जाँडको झोँकमा पेटीमै भए पनि

आधा दर्जन निमुखा

कुल्चिन्छन् भने कुल्चिऊन्,

हाम्रो सत्ता हत्याउने आन्दोलन जारी छ ।

हामी पनि एक कमान्डर हौं

आखिर हाम्रा नि सैन्य गुन्डा छन् ।

दुइ टुक्रा

महँगी बढ्दैन अब

छिमेकीले यसै भन्नु भनेका छन्

अब सबै मिली शान्ति गरूम् रे !

यो सरकारले नुनको सोझो त गर्नै पर्छ

लगाएको गुण त तिर्नै छ

मात्र शान्ति भए पुग्छ रे

भाड मे जाए देश, हम तो उन्ही के कठपुतली हैँ ।

कसले गर्ने खबरदार ?

हामी सबै कान चिरेका जोगी हुम् ।

तीन टुक्रा

काँग्रेसः म के भन्छु भने, सबलाई थाङ्नामा सुताउँछु अनि मात्र सरकारमा जाने

एमालेः हामीलाई प्रभु र गीर्जाबाउको आशीर्वाद भए पुग्छ ।

माऒवादीः हामी ठूलो दल, सरकार हाम्रो मात्र हुनु पर्छ नत्र ...(?)

फोरमः हमारा नेपाल महान है ।।।



- विष्णु प्याकुरेल, उदयपुर, हाल अरब


No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।