2009-12-22

आजका आधुनीक राष्ट्रवादीहरू



एक राष्ट्र द्रोहीको अवसानमा
हड्ताल रूचाउने
तथाकथित नेताहरू
एक अर्को देश द्रोहीको उदयमा
लालायित बन्दै
बन्दको बन्दमा बन्दी बन्दैछन्
अनि,
फेरि एक पटक
निरिह, निमुखा, निर्दोष, र लाचार
जनताका नाममा भन्ने गर्छन्
यो सरकार असंवैधानीक छ,
नागरिक सर्वोच्चता कायम गर !
हिजो स्वयं असंवैधानीकको कात्रो छोडेर बाहिरिएकाहरू ।
राष्ट्रियताको तस्करीमा अभ्यस्त
बन्दुके राष्ट्रवादीहरू
महंगी र राष्ट्रवादको कर्कशामा
सत्ताको दाउपेचमै व्यस्त भइदिँदा
हजारौँका आला रगत
व्यर्थै दिनानु दिन चिसिँदै छन् ।



- विष्णु प्याकुरेल, उदयपुर, हाल अरब

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।