2009-12-22

राष्ट्रियताको नाममा - कान्तीपुरको स्लोगन ‘रेडियो राष्ट्रको’

संघियताको कुरो उठ्छ तर राष्ट्रमा विकेन्द्रीकरणको खाँचो छ । जल्दा बल्दा अप्ठ्यारा र समस्याले देश आक्रान्त छ । आक्रान्ताहरूले देश भद्रगोल बनाएको यो घडीमा हरेक नेपालीमा राष्ट्र प्रेमको भावना उजागर गर्न सक्नुमा नै हरेक नेपालीको आवश्यकता हो । संघियताको नाममा देश टुक्रा टुक्रा पार्न लालायित छन् तथाकथित राष्ट्रवादी नेता भनाउँदाहरू । दुःख लाग्छ यि जाली फाटाहा वेश्या प्रबृत्तीका सत्ता रूपेण मनोदशामा ग्रस्त नालायक खलपात्रहरूलाइ नेपाली नेता भन्नु पर्दा । पार्टी पार्टी र मात्र पार्टी अनि यस्कै औरे भौरेहरूको पालन पोषणमा व्यस्त बाँदर जस्ता नेताहरूको हातमा गएको यो मुलुक कति दिन यथास्थितिवाद मै टिक्ने हो ?


नेता मात्र होइन हाम्रा मुलुकका ९० प्रतिशत एफ एम रेडियो र टेलीभिजनहरू सकुन्जेल भारतीय विस्तारवाद भन्छन् तर तिनीहरू नै हिन्दी भाषाका गीत र चलचित्रहरू नेपाली भाषाका भन्दा बढी समय घन्काइ रहेका हुन्छन् । कान्तीपुरको स्लोगन ‘रेडियो राष्ट्रको’ रे, तर यो स्वयंमै कति राष्ट्रभक्त छ यो स्वयंमै लज्जास्पद छ । यही टेलीभिजनमै पनि हरेक शनिबार गैर नेपाली चलचित्र देखाइन्छ । कान्तीपुर प्रति मेरो कुनै बैमनस्यता चाहीँ छैन । नेपाल टेलीभिजन र रेडियो नेपालको त कुरै बेग्लै छ । भो नगरौँ , घिन गाग्छ ।
कान्तीपुर एक उदाहरण मात्र हो, तपाइकै मोबाइल सेटमा भएको रिङटोन पनि एक उदाहरण हुन सक्छ राष्ट्रियताको नाममा । मैले सबैलाइ भनेको होइन तर तपाइ हामी धेरै पर्छौँ यो यो अराष्ट्रियताको रोगबाट ग्रस्त अनेपाली । यदी हामीमा राष्ट्रियता छैन भने हामी कदाचित पनि नेपाली हुन सक्दैनौँ । नेपाली नागरिकतालेमात्र हामी स्वयंलाइ नेपाली कहलाउनु म उचित ठान्दीनँ ।
क्रमशः ...

1 comment:

  1. दाई ब्लग धेरै राम्रो छ । आज धेरै समय लगाएर हेरेँ । धेरै information and knowledge पाएँ । यति सुन्दर ब्लगको लागि हार्दिक बधाई । अझै धेरै कुराहरु सिक्न पाइयोस !!!

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।