एक पानामा अतित
मार्नु सम्मन मारेकै थेम् निर्दोस् सोझा जनतालाइ,
राम्रो गर्छु त भनेकै थेम् बाचा गर्देम् नेपालीलाइ ।
हुँदा सम्मन दुःखै पायौं जङ्गल जङ्गल चहार्दामा ,
खादै हिड्थेम् गाइ–वस्तु , लुट्दै गाउँ–गाउँमा ।
विरोध हाम्रो गर्नै देनम् , थियो बन्दुक हातमा ,
बन्द गरी स्कूल जति, लगेम बाल सैन्य क्याम्पमा ।
विरोध गर्ने मास्टरलाई , झुण्ड्याएथ्यौं रूखमा ,
बस्नै गाह्रो भयो जब , लखेटिए युवा विदेशमा ।
झिंगो मार्न डराउने , झस्किन्थ्यो बालक रातमा ,
भिराइ दियौ बन्दुक त्यस्लाई, थियो त्यो वर्ष आठमा ।
छुटाएर पाठशाला , भिरे बन्दुक काँध – काँधमा ,
यस्तै थियो हिजोसम्म, अझै छ त्रास गाउँ–गाउँमा ।
-अज्ञात अज्ञात
साउदी अरब
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।