2009-04-26

विजुलीका कुरा र फेसबुक

विजुलीका कुरा धेर भए फेसबुकमा, कलम चलाउन खप्पीस अग्रजहरू एक पटक हात चलाउने हिम्मत जुटाए केही हुन्थ्यो की ? फेसबुकका नेपालीको मात्र १-१ डलर जम्मा गर्दा पनि २०-२५ लाख रूपैयाँ त सजिलै हुने रै छ । नेता कै मुख ताक्नु पर्ने भनेर शास्त्रमा लेख्या जस्तो त छैन नि। खाली यो भएन र त्यो भएन भनेर कुरो उठाउने अनि आन्दोलनलार्इ मात्र लिस्नो ठन्ने बुझक्की मित्रहरूको हौसला पनि गजबकै रै छ बा ! खाली फेसबुकमा आफ्नो अस्न्तुष्टी स्वरूप तिर चलाएर मात्र नेपाल बन्छ त ? के नयाँ नेपालको ठेक्का-पट्टा नेताले मात्रै बोक्नु पर्ने भन्ने छ ? अथवा नागरीकको दायित्व केही हुदैन त ? नेता त तेसै दलाल हुन त्यो पनि भारत, चिन र अमेरिकाका लेण्डुप दोर्जेहरू । त्यसैले आफ्नो घर आफैँ बनाउँदा के बिग्रन्छ ?

1 comment:

  1. तपाईंको बिचार राम्रो लाग्यो । धन्यवाद !
    Jitman, University of York, England

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।