कहिले के त कहिले के गर्दा गर्दै निकै पो भैसके छ . अब त यो ब्लगमा नेपाली मा सिधै पो लेख्न मिल्दो रहेछ .
केही कुरा आफ्नै लेखौं , केही कुरा घरभित्र कै लेखौं, कति लेख्नु तिम्र मात्रै कुरा हरु / मुलुकमा भएको अस्थीरताका कुरा गरौँ, संबिधानका नाममा भएको लूट र आतंकका कुरा गरौँ, नेताले बिगारेका भ्रस्ट कर्मचारीका कुरा गरौँ, मानव अधिकारका लागि एकोहोरो भाषण फलाक्ने हत्यारा नेताहरुका कुरा धेरै गरियो / सत्ता , भत्ता र भाषणमै ब्यस्त , अभ्यस्त दोहोरो चरित्र भएका दोर्जे हरुका कुरा थुप्रै गरियो . अब त रोल्पा र रुकुम अनि कर्णाली पनि सबैले बिर्सी सके . जिउंदै घांटी रेत्नेहरु , शिक्ष्यकलाइ मृतुदंड दिनेहरु, क्रियापुत्रिलाई मर्नेहरु आज कुर्शीमा छन् . देशको शासन भार यिनको झोलीमा छ . गुन्डा पालेर राष्ट्रवादी बनेकाहरु . खै कसको मात्रै पो कुरा गर्नु र ?
"गणतन्त्र को खेती" नामक कविता संघ्रहका कवि विक्रम शुब्बका कविताहरु म झल्झली सम्झन्छु . मुलुकको बर्तमानलाई कविले जसरी यथार्त परक ढंगले प्रस्तुत गर्नु भएको छ वास्तव मै त्यो अति जल्दो-बल्दो लाग्छा .
कविकै भाषामा सापटी लिएर भन्दै छु ,
नेता केटीहरुलाई वेश्यालय पठाइरहेछ
बाबु छोरालाई दर्बानालय पठाइरहेछ
सरकार युवक बेच्ने-किन्ने
सम्झौता नवीकरण गर्न प्रतिनिधि पठाइरहेछ
छोरो अस्पतालमा पुर्याएकै दिन
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
यो भयानक र विषम परिस्थिती मा हामी आम नागरिक कन्लामुनिको भ्यागुतो झैं सिमित कुवा भित्रै बाट कराई रहेका छौं फगत कराई रहेका छौँ .
No comments:
Post a Comment
आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.
धन्यवाद ।