2011-02-25

यी नेपाली 'दलाल' - नेपाल साप्ताहिक


यी नेपाली 'दलाल'
साभारः नेपाल अनलाइनमा प्रकाशित यो समाचार हेर्न यहाँ पनि जान सक्नुहुनेछ । http://www.ekantipur.com/nepal/article/?id=2023

तीनदेखि पाँच लाख रुपियाँसम्म असुलेर युवाहरूलाई अवैध बाटोबाट हङ्कङ् र मकाउ पुर्‍याई बिचल्लीमा पार्ने समूहका प्रमुख हुन्, अमृत राई। उनको अर्को नाम अनुदान राई पनि हो। खोटाङ जिल्ला प्रशासन कार्यालयबाट उनले दुवै
नाममा भिन्नाभिन्नै नागरिकताको प्रमाणपत्र र सोही अनुसार राहदानी लिएका छन् । १२ वैशाख ०५४ मा अमृत राईका नाममा १५२६ नम्बरको नागरिकता लिएका उनले १० साउन ०६५ मा फेर अनुदान राईका नाममा १२२०१४/१०७ नम्बरको नागरिकता लिएका छन्। दुवै नागरिकतामा उनको तस्विर , बाबुको नाम र ठेगाना एउटै भए पनि जन्म मिति भने फरक छ। राईका दुवै नागरिकतामा स्थायी ठेगाना खोटाङ बडकाटिया वडा नम्बर ८ उल्लेख छ। राईले लिएको पहिलो नागरिकतामा उनको जन्म मिति २० असार ०२५ र दोस्रोमा १५ असार ०२७ छ। उनले १५ चैत ०६१ मा २५२५७९६ र ३० फागुन ०६५ मा ४४२०५४६ नम्बरको राहदानी लिएका थिए। युवाहरूलाई समुद्रपार पुर्‍याई बिचल्ली पार्ने उनीविरुद्ध छ जनाले हालै काठमाडौं स्थीत श्रम विभागमा ठगीको उजुरी दर्ता गरेका छन्। सोही आधारमा विभागले उनलाई पक्राउ गरी छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको छ। 

प्रहरीको खोजीमा रहेका राई हाल थाइल्यान्डमा रहेका आशंका छ। भक्तपुरका रामहर िभण्डारी र काभ्रेका दामोदर हुमागाईंबाट समेत राईले हङ्कङ् परचियपत्र -आईडी) बनाइदिने बताउँदै १०-१० लाख रुपियाँ असुलेर बेपत्ता भएका गोरखाका पदमबहादुर आलेको भनाइ छ। आले नेपाल टेलिकमको  भद्रकालीमा कार्यरत छन्। "हङ्कङ् आईडी बनाइदिन्छु भनेपछि मैले नै उहाँहरूलाई चिनाइदिएको हुँ," अहिले आपत्मा परेको बिलौना गर्दै आले भन्छन्, "ऊ पैसाजति लिएर बेपत्ता भयो, मान्छेहरू दिनहुँ कराउन आउँछन्, म के गरुँ ?" जावलाखेल स्थीत मोबाइल ग्राहक सेवामा कार्यरत रहँदा आउनेजाने क्रममा आफूसँग राईको परचिय भएको उनी बताउँछन्। 

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।