2011-02-19

राजनैतिक पूराणः २०६७

-महेश गजुरेल , फेसबुक मित्र ।
कुमार जी आज्ञा गर्नुहुन्छ हे अगस्थ त्यहा उप्रान्त नेपाल नामको देशमा भिषण पारस्परिक युद्ध सुरु हुँदा भया ! युध्हाका चपेटा मा परी धेरै क छोरा छोरि लोग्ने मरे ! १२००० जना को मरण पछि नेपालले केहि राहतको श्वास फेर्यो!तर नेपाली जनताको राहतको स्वाश ले धेरै समय पाएन!त्यहाँ पछि नेपालमा ३ भयानक दैय्त्य उत्पति हुदाभय!तिनी संगै अनेकै साना साना बिखण्डनकारी पिचास पैदा हुदा भया ! दैत्यहरु मध्यका अरु भन्दा ठुला अनि बल्साली दैत्यराज प्रचनडासुर नेपाल राज्यका पहिलो दैत्यराज बने ! बनमा राज गर्ने उनको बानीले सबै लाइ कायल पार्यो ! फलस्वरूप जनता र अरु दैय्त बात सत्ताच्युत हुनु अगाबै उनि कु.ले. ठोक्दा भय!फेरी दैय्त हरु माझ ठुलो कोलाहल मच्चियो नेपाल लाइ अब कसले अनि कसरि घाँटी निमोठ्ने भन्ने बारे!धेरै गन्थन र मन्थन पछि अलि ज्याद्रो अलि चाम्म्रो अर्को दोश्रो दैय्त नेपाल को बाघडोर सम्हाल्न निस्किदा भया ! बडा नाक
बडा भुडी भएका ति दैत्यवीर माधबासुर बडो फुर्तिसाथ सत्तासिन हुदा भया ! बडो गर्जनका साथ् सत्तासिन हुदासाथ नेपाल लाइ दैविक प्रकोपले नराम्रो संग खरानी पार्यो!यतिनै बेला चुरेपर्बत देखि तलतिरका भूभाग मा केहि अनौठा किसिमका समुदाय देखा पर्न थाले! आफुलाई भुमि पुत्र बताउने ति पिचाशका २९ बटा जति समुहले तराइलाई नराम्रो संग अस्थ ब्स्थ पार्यो!उता शैवालिग़ पर्बत को मुन्तिर पटिको पठार मा सुरा सुर र असुरासुर जुर्मुरौदै चिर निन्द्रा बाट खाजा खान लाइ उठ्दा भय!यस्ता धेरै असुर को निर्माण भयो प्रचण्डसुरको पथ अनि माधबसुर को रथमा!कोहि यस्ता सुर बाट बच्न आरक भस्मासुर को संगठन बनाउने लागे यसै गरि हे अगस्तमुनि नेपाल मा सुर असुर को ब्यबस्थापन भयो जम्मा जम्मी सबै जात क सुर असुर ले आफ आफ्नु हैकम जमौदा भय! उता प्रदेश लागेका नेपालीका छोराछोरी ले पनि आफ्नु आफ्नु जातको या आफ्नु आफ्नु क्षेत्रको संघठन बनाउदा भय!यसरी हे मुनि नेपाल नामक देश को अस्तित्व बिस्तारै बिस्तारै लोप हुने अवस्था बन्दै जाँदो भया !सत्ता को खेल मा धेरै झेल भयो भाग बन्डा नपाएर दैत्य हरु तै छाड मै छाड गर्न लागे! माधबासुर धेरै टिक्न सकेनन यिनी पनि कु.ले. ठोक्ने सुरमा लाग्दा भए! राजिनामा दिदै यिनले ७ महिना का. मु. बस्ता भए!दैत्य हरुले हलो अड्काएर जनताका रगत पसिनाका लुट्दा भए! धेरै खेल खेलियो नेपाली जनता सामु ! सात महिना को अवधिमा धेरै पैसा फालिए होटल रिसोर्टमा ! अनन्तत सात महिना पछि थप्पड का प्रताप ले दैत्य हरु आतिदा भए ! तब झाल्लासुर र प्रचनड़ासुर को सहमतिमा झाल्लासुर प्रधानमन्त्री को पदमा आसिन हुदा भए!झाल्लासुर लाइ कुरो टुङ्गो मा पुर्याउन गारो भयो ! मन्त्रीमंडल गठनमा धेरै कठिनाई आए ७ बुँधे को सहमति पालना भएन!यी र यस्ता धेरै कुकर्मिक खेल नेपाली जनता सामु खेलिदा नेपाल झन् झन गहिरो दल दलमा भासिदो भयो!यो नेपाल को कहिले नसकिने रोग हो!अतः हे अगस्थ मुनि मैले अहिलेसम्मको वृतान्त सुनाए अब गृहका लागि खेल हुदै छ माधबासुर र क्यापेसुर झाल्लासुर का पछि छन् यी नरपिचासका कोटिमा पर्ने हरु ले अझै हलो अड्काई नेपाली जनता लुट्ने काममा झाल्लासुर लाइ आफु जस्तै बनाउने कार्य तर्फ लाग्दा भए ! हे मुनि यी सार संक्षेप मा मैले तिमीलाइ यो नेपाल र नेपाली जनता को कथा सुनाए अरु हेर्दै जानु मुनि इति श्री.....................

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।